ए कवि तिमीले मानवीय रेखा मेटेर
बेस्कन गाली खायौ नी यो बर्ष ।
म अकविलाई पो बेस्कन लाज लाग्यो
किन त्यस्तो कविता लेख्यौ हँ ?
जुन ग्रामीणेले बुझ्न सकेन
र तिमीले मात्र बुझ्यौ ।
आदीमकाल भूलिनहाल है ?
तिमीलाई भौतिकवादले च्याँपेको छैन ।
के का लागी कोर्याै कविता, कवि तिमीले ?
जिवनको रेखा नबुझी
गाली खान ठुला कविहरुको ?
या रहरै रहरमा ?
थाहा छ तिमीले रहरैमा कविता लेख्यौ म जस्तै
लेल्दै जाँदा तिमीले
कुनै आधारमा कविता कोर्याै ?
कुन समयको कविता लेख्यौ
कुन कतै बकवास भएहुन्
कुन आधारहीन भएहुन्
कतै लुकेका देखायौ
कतै हराएको देखायौ
कतै जिवन खोज्यौ
कतै जगत खोज्यौ
कतै गाउँ खोज्यौ
कतै पहाड खोज्यौ ।
तर,
सबैले बुझ्ने शब्द पो छानेछौ ।
अनि कवि तिमी कहाँ कवि भयौ त यति चाँडै !!
भुसुक्कै भुलेछौ !
भएङ्कर बडा—बडा चाक्ला शब्दका जग लाउनु तिमीले ।
तिम्रा कविताका टँुडालहरुमा !!
कविता बुझ्न र लेख्न त;
सिक्नु पर्छ रे  सिक्नु !
देख्यौ कि कतै यस्को बोधीबृक्ष  ?
सुन्यौ कि कतै यस्को  पाठशाला ?
देख्या छैन भने भो नखोज है !
म जस्तो कालालाई हाँडी÷अँगार
सेतोलाई तमोर ÷ हिमाल ठान्नेले
के कुल्र्लिनु कवि भनेर ?
जहाँ रेखाकोर्दै सीमाना थप्छौ तिमी
हाँस्दै छु म यता तिर र तिमी रुदै ।
कवितात तिम्रै बोधको सङ्केत हो नी कवि ।
थुइइइइइइएएएएए !!
झ्याँक्ने कवि तिमीले त
विम्बै बिनाको कविता पो कोर्दै रै’छौ आजभोली
अस्तिनै थाहाँ थियो
बकबास टुम्गिदैन तिम्रो भन्ने
तर म तिम्रो नास्त्रादामुस पनित हैन ।
अव तिमीले कविता कोर्नुहुन्न
कविते गुरुवर्गबादलाई नढोगी ।
तर के तिम्रो मन मान्छ त ?
गुरु मानेर भोग दिने÷माग्ने बानी
जस्को तर म शब्दनै छाम्दिन भने
तिमी नामर्दा किन बन्ने ?
हामी सामानान्तर रेखा
ती रेखाहरु वास्तवमा कहिल्यै जोडिन्नन्
टाढाको दुरीमा÷हेराईमा बाहेक ।
थाहा भै’राखेस्
यो शताब्दी अझै ढोगीको यूग हो भनेर
भोकाबादको अनुहार बिर्सन पनि नछाड
जहाँ हाना थापका गर्भे मनहरुले
बिमारी आमाको छातीका तुनाहरु
लाजै विना फुकाईहरेछन् र चुसिरहेछन्
पालै पालो लाम्टाहरु ।
देख्या छौ छातीका अनगिन्ती
बेदनाका विबश ती रेखाहरु तिमीले ?
हैन भने तिमी किन युद्ध रच्छौ ।
तिमी आफै पनि महाकवि ठान यो युगको
नत्र तिम्रा कविता अकविता हुन्छन्
र तिमी म जस्तै अकवि ।
दाँतमा ढुङ्गा तिम्रो लाग्छ त्यता
म सिरिङ्ग हुन्छु यता !
कस्ता फितला अक्षरहरु तिम्रा
अलिकति शब्दकोष हेरेर
शब्द छान्नु पर्दैन मूर्ख कवि ?
खित् खित् !! खित् खित् खित् !!!
नहास धेरै फेरी उत्ताउलाको संज्ञा मिल्छ ।
अनि तिम्रो कवितामा
अलिकति अंग्रेजीको थिम पनि त छैन ।
टुक्राटाक्री दायाँ बायाँ निमोठेर
खैं ? बङ्गाएको त तिम्रो कवितालाई ?
उहिलेका कवि चार गेडा हुन्थे
सबैले नाम सम्झन्थे कविहरुका
आज तिम्रा पालामा
च्याँउ जस्ता कवि निस्केर
तमोर —छेक्छु भन्छन्
खिम्ती— सुकाउछु भन्छन्
रोसी, तामाकोशी — बिर्सन्छौ
र त्रिशुलीमा आत्महत्या गर्छाै , किन ?
जंघार तारेका छौ कुण्ठाहरु बोकेर
भूसको —आगो तापेका छौ जाडोमा
माकुरी भञ्याँङमा— देउराली पनि ढालेछौ ।
उपद«े कवि तिमी !!
खैः उस्ले सम्झन सकेको, हरफहरुमा तिम्रो नाम ?
खैः उस्ले कुँदेको
शिल्यानासमा तिम्रो आदिम बस्तिको चित्रण ?
खैः उस्ले कोर्नेगरेको चित्रमा तिम्रो आकृर्ती ?
खैः दार्शनिकहरुको गिदीमा बर्तमान विम्ब विचार ?
खैः तिमी मरेको जिउदो कथामा तिमी पात्र ?
अब कविकै घरमा आगो लगायो अकविले
र जलाई दियो उस्का पाण्डुलिपिहरु ।
देख्यौ तिमीहरुले
कविका कविता
लिखु र खिम्तीको तिरमा
चित्तामा जलेको बल्ल ?
अनि एकहुल अघोरी बाबाहरुले
तिम्रा कविताका लप्काको राप कति न्यानो भन्दै
पशुपतीमा आगो तापेका !!
तापिरहु जस्तो हगी कविताको तातो
आ..था..था..था…
म डढ्छु, तिमी सकिन्छौं र मर्छाै जलेर !
तर
धन्य एकहुल रेखे कविहरुले
धावा बोली भ्याएछन् आज
नत्र म मात्र कवि भन्थे, (म मात्र )
अव म, ‘म’ रहिन
न विचार, रह्यो
न दर्शन, उघ्रियो
न चिन्तन, भेटियो
अहम यूद्धको दुर्गम बस्तिमा
अब मलाई कवि बन्नु छैन
र नभन पनि ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *