-इन्द्रा चामलिंग’खुशेनिछो”
तिमीसंग छुट्ने बेला बेस्सरी रोए
हास्दै जाउ भनेसी म बाध्य भए
आइदिए लाग्थ्यो सधै वरीपरि मेरै
भन्न मात्रै सक्दिन थिए माया गर्छु धेरै
आँखा चिम्ले भक्कानिदै मैले मुटु छोए
हास्दै जाउ भनेसी म बाध्य भए
भेट हुन्थ्यो हाट बजार पानी पंधेरीमा
थाहै नपाई सजाएथे मन को मझेरीमा
सम्झनाको कोशेली त्यो बोकेर गए
हास्दै जाउ भनेसी म बाध्य भए
दिल्ली
Please follow and like us: