लन्डन, २१ नोभेम्बर ११, अनेसास वेलायत च्याप्टर र साहित्य संगालो डटकमको संयुक्त आयोजनामा नोभेम्बर २० आईतबारका दिन ईलिंग ब्रोड वे लण्डनमा विशेष साहित्यिक सामारोहको आयोजना गरियो ।
कार्यक्रमको पहिलो चरणमा कवि तथा नियात्राकार केदार सुनुवार संकेत द्दवारा लिखित हार्ईकु संग्रह “पैयुंका  फूलहरु” प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्री ईश्वर मानन्धर द्दवारा विमोचन भयो । विमोचित कृति माथि कवि गोपीकृष्ण प्रसाईले संक्षेपमा समिक्षा र अवधारण प्रस्तुत गर्नु भयो । अनेसासका केन्द्रिय वरिष्ट उपाध्यक्ष कृष्ण बजगाईले कृति माथि आफ्नो दृष्टिकोण राख्नु भयो । लेखकले आफ्नो कृतिको बारेमा छोटो मन्तव्य पनि राख्नु भएको थियो ।

त्यस्तै अनेसास यूके च्याप्टरकी उपाध्यक्ष जया राईले अनेसास वेलायत च्याप्टरको गतिविध र विकल आयार्यले नेपालमा गएर गरिरहेको साहित्यिक गतिविधिको चर्चा गर्नु भयो । विमोचन समारोहमा हाइकुको ऐतिहासिक प्रसंग कोट्याउदै छोटा नालिबेली साहित्य विकास परिषदका महासचिव सुरेशजगं शाहले प्रस्तुत गर्नु भयो । त्यस्तै सुमलकुमार गुरुगले पनि नेपाली उखान टुक्का संग हाईकुलाई तुलना गर्दै हाइकुको मिठासपूर्ण चर्चा गर्नु भयो ।

त्यस पछि कार्यक्रमको दोश्रो चराण सुरु भयो । साहित्य संगालो ड्टकमले संसार भरि छरिएर रहेका नेपाली सर्जकहरु मध्ये चौध जना श्रष्टाहरुलाई श्रष्टा साहित्य चौतारी पुरस्कार र तीन जनालाई सन २०१० मा सम्मान प्रदान गर्ने घोषणा गरेको थियो । सोहि अनरुप उक्त समारोहमा यूकेबाट दुई जनालाई पुरस्कृत र तीनजनालाई संम्मान प्रदान गरेको थियो । पुरस्कृत हुनेहरुमा कविता विधामा गोपीकृष्ण प्रसाई र कथा विधामा जयालक्ष्मी राई एवम सम्मानित हुनुहुने श्रष्टाहरुमा टंक वानेम, दायाकृष्ण राई र विश्वास दिप तिगेला हुनुन्थ्यो । सबै श्रष्टाहरुलाई प्रमुख अतिथि द्दवारा पुरस्कृत एवम् सम्मानित गरियो । यस अघि पुरस्कृत र संमानित श्रष्टाहरुको बारेमा डा.रुपक श्रेष्ठ र केदार संकेतले संक्षिप्त परिचय दिनु भएको थियो । सोहि अवसरमा डायस्पोरिक साहित्य र सर्जकहरुको बारेमा खगेन्द्र पाठकले आफ्नो अवधारणा राख्नु भयो ।

कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै ईश्वर मानन्धरले डायस्पोरिक श्रष्टाहरुको अथक मेहनत र परिश्रमले यसको भविष्य उज्यालो देखेको कुरा व्यक्त गर्नु भयो । हाईकुकार केदार संकेत र पुरस्कृत र संमानित सबै श्रष्टाहरुमा सफल भविष्यको शुभेक्षा सहित धन्यवाद प्रकट गनु भयो । त्यस्तै सभापतिको आसनबाट बाल्दै कृष्ण बजगाईले बेलायत शाखाका विभिन्न गतिविधिहरुबाट आफु अति उत्साहित भएको र विमोचित कृतिकार र पुरस्कत र संम्मानित श्रष्टाहरुलाई बधाई ज्ञापन गर्नु भयो ।

कार्यक्रममा लण्डनसम्मेलन २०११मा सकृय स्वयम सेवकहरु नीलु देवान, विष्णु देवान र रिना याक्खा आदिलाई र जलपानका प्रयोजकहरुलाई प्रसंसा पत्र र कदर पत्र कार्यक्रमका सभापति द्दारा प्रदान गरिएको थियो । ठूलो संख्यामा उपस्थित साहित्यकार, साहित्य प्रेमीहरु, संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रमको सरुवातमा खगेन्द्र पाठकले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रमको सफलताको कामना गर्दै डा. सषमा आचार्य, शर्मिला खड्का दाहाल, अस्मिता भण्डारी र विकल आचार्यले सन्देश पठाएका थिए ।

कार्यक्रमको मध्यान्तरमा मुकेश राई, राजीव रेग्मी माया क्यालेण्डर,अजिता सिंखडा, सन्तराज याक्खाद्दवारा मिठा- मिठा कविताहरु पाठ गरिएका थिए । कार्यक्रको संचालन सुमधुर स्वारकी धनी शशी थापा सुब्बाले गर्नु भयो । जलपानको प्रायोजन संगालो डटकमका केदार संकेतलले ईलिगको मण्टिज रेस्टुरेण्ट गर्नु भएको थियो भने रात्री भोज आयोजक टीम अनेसास बेलायत तथा साहित्य सँगालो डट कमले गरेका थिए ।  ।

 


 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *