एकपटक एउटा सपना बाँचेर हेर
एकपटक पंख उचालेर हेर
तिमि उडेर हेर
उड्दै जाँदा
तिमी खस्ने छौ
तर
खसेको कुरा बिर्सिदै
पुनः पंख उचालेर हेर
आकाशको नयाँ पाटो छिचोलेर हेर
उद्दा उड्दै तिमी थाक्ने पनि छौ
आकाशको बिशालातामा तिमि कोक्किने पनि छौ
तब तिमि छितिजमा हेर
पल पल तिमी सूर्य अस्ताएको मात्रै देख्ने छौ
अनि बढेको अँध्यारो संगै तिमी भयभित हुनेछौ
तब
तिमी चन्द्रमालाई हेर
चन्द्रमाको किरण संगै उडेर हेर
बिपनामा जस्तै
सपनामा तिमी दु:खी पनि हुनेछौ र सु:खी पनि हुनेछौ
सपनामा तिमीले पाप पनि देख्नेछौ र धर्म पनि देख्ने छौ
सपनामा तिमीले मित्र पनि भेट्ने छौ र शत्रु पनि भेट्ने छौ
सपना र बिपना उस्तै – उस्तै देख्नेछौ
अनि तिमी निराश हुनेछौ
तब
फेरी एकपटक
अर्को सपना बुनेर हेर
अनि फेरी त्यो सपना बाँचेर हेर
सपनामा भिजेर हेर
सपनामा जुधेर हेर
सपनामा रोएर हेर
सपनामा हाँसेर हेर
एकपटक एउटा सपना बाँचेर हेर
एकपटक पंख उचालेर हेर