अन्धकारमा आशा बोकि बल्यौ के कारण
बिछोडिई आफैसँग जल्यौ के कारण
हिम्मत थियो सँगै बढ्ने, साथ पनि उस्तै
गन्तव्य नै नपुर्याई गल्यौ के कारण
हावा हुरी मडारिने यात्रा जिन्दगानी
निराशाको भुँवरीमा ढल्यौ के कारण
विस्वास दियौ वाचा दियौ, दियौ जिवन पनि
के कमि भो विवशलार्इ छल्यौ के कारण
हरि मानन्धर “विवश”
क्याक्मी ९, स्याङ्ग्जा
हाल इजरायल
Please follow and like us: