एकलाई बथान नगनियोस् मूर्खलाई शिक्षित नभनियोस् हुँदा हुँदा अब त अती भयो तला छाप्न आगन नखनियोस ।
म सत्यलाई पापले गुनौला सत्रु जति छन् तीनलाई चुनौला अब ठीक पार्नु तिमिले डोरी आफ्नो मृत्युको पासो आफै बुनौला।
आपसी कलहलाई आर्यघाटमा पोल्नुपर्छ प्रगाढ सम्बन्धको नयाँ बाटो खोल्नुपर्छ कोरा बिचारले मात्र चल्दैन अब प्रत्येक ओठओठमा हामी नेपाली बोल्नुपर्छ।
यहा अहितको औंला गन्नेहरू छन् यहां अरुको लागि राम्रो बन्नेहरू छन् तैपनि हामीलाई छ चिन्ता यो देशको यस्तो सोच्ने जति मरोस् भन्नेहरू छन्।
म शुखमा हुर्केको छैन म दुखमा फुर्केको छैन तैपनि चेक गर मेरो प्रेम म कतै नी झुकेकेको छैन। बिबेक दुलाल क्षेत्री ूदमक्ू बास्तबिक नाम स्भानु भक्त दुलाल दमक्,झापा हालस्अबुधाबि,यु य यि।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar