-कोइँचबु काःतिच
अवश्य नै साह्रो गाह्रो हुन्छ कुनै पनि ढाँचाभित्र बसेर सिर्जना गर्नु । लामो अभ्यास र अनुभवपछि मात्र सम्भव हुन्छ ती साहित्यीक सिर्जनात्मक साँचोमा आफ्नो सिर्जनालाई अर्थपर्ूण्ारुपमा ढाल्न । पैयुँका फूलहरुमा के, कति हाइकु छन् र सेन्यू छन् ? निर्रार्थक हुन्छ मकै च्याँख्ला हेअचा वा गेँ:चा । ‘यहाँ धेरै सेन्यू मिसिए ता पनि मैले हाइकुकै नामाकरण गरेको छु ।’ कविको स्वीकारोक्ति अग्रपृष्ठ लेखकीयमा । छोरीले पस्केको उत्प्रेरणाबाट हाइकु सङ्ग्रह निकाल्न वाध्ये-ऋतु सङ्केत । आपै+m साविती बयन दिन्छन्- ‘रातारात हाइकुको बारेमा रिर्सच गर्न लागेँ ‘यात्रा र्स्पर्श’ का सङ्कलित पाण्डुलिपिलाई सिरानी गपिदिएँ अनि हाइकुको लालित्य भनेर फेसबुकमा पनि खाता खोलेँ, जहाँ मैले आजसम्म यी स्रष्टा (हाइकुका लालित्यको फेसबुकीय साथी ) हरुसँग अन्तरक्रियाको लागि बेलुकीको एक घण्टा समय छुटाएँ ।’ हुन पनि हाइकुको इति वृत्तान्त छ कविको लेखकीयमा ।
गल्ती नजानी नबुझी गर्छन धेरैले तर कविले यहाँ जानेर बुझेर नै गल्ती गरेका छन् शायद यो उनको सिर्जनशील आराजकता हुनर्ुपर्छ । जानी जानी गल्ती गर्नुको अर्थ छ र यसैले वैचारिक ‘संकेत’ पस्केका छन् पैयुँका फुलहरुमा । वैचारिक रुपमा आफ्ना अभिव्यक्ति सरल र प्रष्टरुपमा पोख्ने चतर्ुयता कविमा अति सबल छ । हाइकुका जन्मदाता बासो र कवि केदार उस्ता उस्तै लाग्छन् झट्टा हेदा, पढ्दा । संयोग नै मान्नु पर्छ दुवैसँग नियात्राकारको चिनारी पनि छ । आपै+m जलेको देश (२०६४) बाट पैयुँका फुलहरुसम्म (२०६८) आइपुग्दा सङ्केतको सिर्जनामा धेरै अन्तर आइसकेको छ- हेर्ने दृष्टिकोण, सोच्ने मथिङ्गल र गर्ने व्यवहारहरुमा :-
२
तिर्खा मनको
धमिलिएको कुवा
अँधेरी रात । -पृ.१९)
२०९
झरीमा तिमी
सिमीबारीमा रुझदा
बुन्दै छु घुम ! -पृ.६०
२२०
न्रि्रोका टुप्पा
आलुका फूलहरु
ओइली झरे ! -पृ.६२)
३५६
हरियो देश
धमिलो पानी जस्तै
नेताको खेती ! -पृ.९०)
४९१
गर्नेले गरे
नेपालमा बसेर
नजाऊ पर्देश ।-पृ. ११७)
४९९
जे पायो त्यही
अनुशासन नाघी
बोल्यो मन्त्रीले । -पृ. ११८)
५०६
संस्थै संस्थाले
फिजिँदै जाँदैछन्
नेपालीहरु !
५०८
मारामार छ
डायस्पोराका भित्र
सस्तो साहित्य । -पृ.१२०)
गुराँस, गोदावारी, सेरेम फू ढकामक्क फुलेका छन् आरु, अङ्गुर, आँप, नास्पाती, ऐसेलुका स्वादमा । सिर्जनात्क डुबुल्की मारेका छन् थेम्स नदीदेखि लिखु-खिम्तीसम्म । छताछुल्ला पोखिएको छ जापनी कविको स्वाभावदेखि पस्चिमहरुको गन्द्रुके विचार । लाग्छ पैंयुको फुल भ्यानगागका गतिशील चित्रकला हुन् । पिकासोको अभिव्यञ्जनवाद अटेसमटेस सल्बलाएका छ । नेपाली साहित्यकारको चिरफार गर्ने अपरेशन कक्षा हो पैयुँका फुल नामक सुर्केली कोइँच कोठो भकारी । पीडा छ, आक्रोश छ । नेताका चरित्र प्रष्टाइएको छ । जिरीको दौतरीले ठुस्केको व्यथित मन छाम्ने प्रयत्न छ । ताँबेको बयन छ । माछा र भ्यागुताको गुणगान छ । हाइकु आपै+m ऋतुबिम्बको खानी हो । पैयुँका फुलहरु त्यसबाट त अछुतो रहने कुरै भएन । मुख्यतः यहाँ बेलायती बसाइसराइ भए पनि नेपाली मन छछल्किएको छ :-
४६
सङ्केत सधैं
त्रि्रै हक्दार थियो
चिन्न सकेनौं ! -पृ. २८)
७०
हाम्रो गाउँमा
ऐँसेलु र काफल
चराले खाए ! -पृ.३२)
१७७
मनका कुरा
पहाडले सुनेछ
कोइली रोयो !
१७८
हिमाल हाँस्दा
हिमाली मनहरु
बेस्कन रोए ! -पृ.५४)
१८१
खिम्तीको छाल
सङ्केतको बगाइ
त्रि्रो सुस्केरा ! -पृ.५५)
१८९
ताँबे डाँडामा
चौंरीको सेरगम
गोठमा हाँसो !
देख्या छौ र त्यो
लिखु खिम्ती खोलाको
सुनुवारनी ! -पृ.५६)
२७४
न्वागी खानु छ
मूलखेछ धानको
स्वादै अर्को छ ! -पृ.७३)
४६१
कोदो फुलेछ
पहाडको सुर्कोमा
जिर्मा बसायो !
४६२
किम्बु पाकेछ
गाउँले टिप्दैछन्
लोखर्के भोकै ! -पृ.१११)
आफ्नो पेशा । पेशा प्रतिको इमान्दारिता । चाहँदा चाहँदै पनि भनिने गरेको घरदेश -स्वदेश) मै परदेश भोगेर झनै परदेशी बन्नु परेको पीडा । परदेशमा आफ्नो स्वभिमानको कदर नहुँदाका छट्पटी । उहिले काजी अमरसिंह थापा आफ्ना पल्टन सहित लाहुर -लाहोर) भासिएका सिकोलाई थमौती गर्न चन्द्र शम्सेरको किराती कोइँच (सुनुवार) लाई तत्कालीन कम्पनी सरकारको पल्टनमा जबर्जस्ती भर्ना गर्नु-गराउँनु भन्ने इस्तिहार जारीपछि बाध्येत्मक अवस्थाबाट ब्रिटीश-गोर्खा हुँदै ब्रिटीश बनेका पैयुँका फुलहरुका कुण्ठा । केदारका सहस्रा सङ्केत- ‘आपै+mप्रति, समाजप्रति र जबर्जस्ती पर्राई भुमिमा बसाइ र्सर्नु वाध्ये पार्ने विभेदकारी आफ्नै देशप्रति’ :-
१०
उज्यालो खोज्दा
खै मैले पाएको त्यो
राष्ट्रको टुकी ! -पृ.२०)
२४१
इराक्को धुलो
मनभरि टाँसियो
हरियो पैसो !
२४२
अफगानमा
मरुभूमि फुलेछ
पहाड हाँस्यो !
२४३
बेलायतमा
नेपालीको कमाइ
यता न उता ! -पृ.४३)
३९०
बिदेस्मा बुढो
लाहुरेनि घरमा
रमायो शत्रु ! -पृ.९६)
३९१
पल्टन घर
सुकुम्बासीलाई
सधैं सुहायो !
३९३
गोर्खाली बुद्धु
खुन तातिन्छ चाँडै
गोराले खेले !
३९४
लाहुरे आयो
भन्सारे कर्मचारी
जुँगा मुठार्यो ! -पृ.९७)
कतिलाई पैयुँका फुलहरुले चिरिक्क चिमोट्ने छ । कतिलाई चित्त नबुझला । सबैले स्यालुट गर्नु पर्छ र्सजक यथार्थबाट पछाडि हट्नु हुँदैन भन्ने उनको आदम्य आँटलाई । साहित्य कल्पना त हो नै । तर यथार्थलाई कुल्चेर कुनै पनि कल्पनाको जन्म हुनै सक्तैन । यस अर्थमा यथार्थवादी कवि हुन् केदार सङ्केत । जति भाँडो उति चुबुर्को- खस नेपाली उखान । पैयुँका फुलहरु वैचारिक चुबुर्को ठान्यौं भने जतिसुकै चुबुर्को भए पनि अस्तव्यस्त लाग्दैनन् । प्रत्येक हाइकु र सेन्यू उत्तिकै स्वादिष्ट र रसिला छन् । चिरिचिट्ट लाग्छ । पैयुँको फूल जस्तै स्वच्छा र सुन्दर छन् कवि । यसो भनौं उनको मन पैयुँका फुल जस्तै सुन्दर र कन्चन छ आदिम दार्खा सर्ुर्केको कोइँच मन । जागेको छ कोइँच हुनेको गुढ अर्थ :-
३३८
ढोँगी संस्कार
बाजेलाई अझै पनि
दक्षिणा दिन्छौं ! -पृ.८६)
३५९
चण्डी नाचेर
भाँच्नु थियो कम्मर
बजाई ढोल ! -पृ.९०)
३९७
ढोलको ताल
जस्रि्रुकुमभ्रुकुम
कोइन्च नाच ! -पृ.९८)
४०४
लिखु खिम्तिमा
हर्ुर्केको हाम्रो पर्ुखा
भाङ्रे डोरीले ! -पृ.९९)
४०७
जाली रुमाल
रुमालको गाठो भै+m
कोइँच मन ! -पृ.१००)
थेप्चे लडेछ
भाइसँग लडाइँ
द्वन्द्वका बेला !
४९७
ब्राहृमण लुके
जनजाति युद्धमा
कर्ुर्सर्ीी तिनै ! -पृ.११८)
५४६
मेरो मनमा
तिमि बाहेक अब
को चैं रहला ! -पृ.१२८)
पैयुँका फुलहरुलाई केलाउँदै जाँदा पक्कै पनि सङ्केतका सबै सिर्जना खोटरहित छन् भन्न सकिन्न । कतै कतै हाइकु र सेन्यु दोहरिए कि जस्तो लाग्छ । कतिपय हाइकु र सेन्युमा एउटै बिम्बलाई बाराम्बार उपयोग गर्दा सिर्जनालाई धक्क पुरायो कि भन्ने लाग्छ । स्थानीय -कविको जन्मस्थान, राशनाइलु रामेछाप) विम्बहरुको छेलोखेलो भए पनि कतिपय ठाउँमा बिम्बले बोकेको अर्थले सही न्याय गरेन कि ! पैयुँका फूलहरु जस्तै स्वतन्त्ररुपमा जति फुल्नु पथ्र्यो त्यति फुल्न सकेन कि भन्ने झिनो सङ्केत पैयुँका फूलहरुमा कतै न कतै छ ।
मुख्यतः कवि सङ्केतको कविता किन पढ्ने ? प्रत्येक पाठकमा पुस्तक हातमा लिएपछि मनमथिङ्गलमा उम्रिने कौतुहल हुनसक्छ । नेपाली पाठकका लागि वा खस नेपाली भाषाको केन्द्र नेपाल हो । नेपाली स्वाद खोज्नु स्वभाविकै हो । तर डायस्पोरिक साहित्यले नेपाली स्वाद खोज्न नेपाललाई नै केन्द्र बनाइरहनु पर्दैन । नेपालीमूलका बेलायतीहरुको कथाव्यथा, समस्या, रहस्य, जीवनशैली, सम्मिलन हुन लागेका संस्कृति, त्यसमा पनि आदिवासी जनजाति कोइँच, र्राई, लिम्बु, मगर, गुरुङहरुका र खस-बाहुन, दलितको जनजीवन वीच बसाइसर्राई पछिको जिउने तौरतारिकाहरुमा के कस्ता परिवर्तन वा फरक आए वा छन् भन्ने विषयको अभाव पाठकहरुलाई महसुश गर्ने ठाउँ नदिएको भए पैयुँका फुलहरुको पहिचान अद्वितीय हुने थियो ।
‘गोँकुल गाम्गा’ कसरी ‘गोकुलगंग’ भयो ? ‘राशनाइलु’ कसरी ‘रस्नालु’ भयो ? ‘देशकाहे, ‘ अनुभूति जागेको भए अति सुन्दर र पृथक पहिचान बन्ने थियो पैयुँका फुलहरु । ‘बन्दुक, सन्धि र धर्मशास्त्र (वाइबाल, रामायण, महाभारत, त्रिपिटक)’ ले कसरी केदार क्युइँतिच मुक्दुम विस्थापित छ ? फुर्काइहरुका पहाड कतिञ्जेल चढ्ने ? साँगुरो दायरामा कतिञ्जेल गर्व गर्ने ? फाल्शी होपो, शेतपुलु, इँगिहोपो, तुप्नु पुअखि, दारखा नाअसो, कात, फाचे, दास ग्याँमि, रावाचे, मालेपार्तेन पोइँबो र रागन पोइँबोग्याँमि, मेसेल्मी, नेगनेगि, थानि, नागदेयि के नेपाली साहित्यका सशक्त र प्रतिनिधि बिम्ब हुन सक्दैनन् ? पैयुँका फुलहरुबाट हामीले पाउने भर्भराउँदो आगोको पर्ूव सङ्केत अबका दिनमा केदार सङ्केतले समेट्न सक्ने विविध स्वादका विविध दृष्टिकोण । पैयुँका फुलहरु विविधताभित्रको लुकेको ऐक्यवद्धता । नेपाली मन नेपाली मस्तिष्क । परदेशमा बसेर पनि पर्राई भूमिमा रत्तिना नसकेको कैयौं पैयुँका फुलहरुका साझा-समग्र-छताछुल्ला मन ।
९२
मेरो विचार
चिन्तनको सङ्केत
ग्रामीण खोज ! -पृ. ३७)
४१०
हिमाल हाँस्दा
हिमाली मनहरु
बेस्कन रोए ! -पृ.१००)
४१९
पानीको तिर्खा
मर्दैन कैल्यै त नि
कोक पिएर !-पृ.१०२)
४८१
वर्षौ भरि नै
फूल्दैन पैयुँका फूल
त्रि्रै यादमा ! -पृ.११५)
५११
विचार शून्य
कल्पेर मात्र हुन्न
चिन्तन मर्छ ! -पृ.१२१)
५४७
सकियो कथा
हाइकुमा झुमेर
फेरी भेटौंला ! -पृ. १२८)