रामकृष्ण पौडेल "अनयास" लाजको तिम्रो गहना लाई किन राख्छ्यौँ लुकाएर कति चढ्य़ो बैँश अब हेर्छु चोली फुकाएर । भरिएको यौवनमा बैँश आज चढ्दा खेरी यो उमेरमा लाग्ने प्यास, बस्छ्यौँ कति सुकाएर । फलेको फल बाँड्नुपर्छ झर्छ जोवन डल्दै जाँदा हिड्नु पर्ला फेरी पछी नजर तिम्ले झुकाएर । रहरहरु भित्र भित्रै जति ईच्छा भएपनि मुखले अझै बोल्दीनौ रे फाल्छौँ मौका चुकाएर । भरतपुर-13,गजलकुन्ज चितवन
Please follow and like us: