*** गजल *** आँगनिको डिलमा यो साल सयपत्री फुल्दै होलान गैँरी खेतमा धानका बाला लहलह झुल्दै होलान । आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा लेक बेशि साथि भाई काम काजले भुल्दै होलान । आउनै लाग्यो बर्ष दिनको दशैँ तिहार तिज अव के कसरि मनाउने हो, भन्दै गाउँमा डुल्दै होलान । पोहर साल त त्यस्तै भयो अर्को चोटी आउँछु भन्थे यसपाली त आमा वैनी मेरै बाटो कुर्दै होलान । रामकृष्ण पौडेल "अनयास" भरतपुर-13, गजलकुन्ज चितवन
Please follow and like us: