-पञ्च विस्मृत के सोच्दै होला यो बू...ढो रूख सडक सौन्दर्यको कर्तव्य वहन गर्दागर्दै चाउरिंदै गएको आयु च्यापेर ठीङ्ग उभिरहेको यौवन बगिरहेको सडक किनारामा कति इर्ष्या लाग्दो हो उसलार्इ भेटेर नयाँ पुस्ता र तिनका हाँगाबिंगाभरि कोसौं प....र भोगिछाडेको जवानी कोसौं प...र थुनिछाडेको वैशको उन्माद तीतामीठा पल मूढ आफ्नो व्यवहार सम्झेर कति सर्माउदो हो स्वैर कल्पनाको खाक्सीले रगडेर मैले जस्तै सारा खोट सारा चोट कति मेट्न चाहदो हो बिचरा बूढो रूख मैले जस्तै पुनः खोटहीन् चोटहीन् शुरूवात गर्नलार्इ जिन्दगानी कति तड्पिंदो हो मैले त मैमाथि निर्घात कुल्चँदै भाग्ने यौवनलार्इ पक्डेर स्मृतिको सङ्ग्रहालयमा कैद गरेको छु मैले त मैमाथि आफूलार्इ खोप्दै आकार परिवर्तन गर्दै दौडने यौवनलार्इ शब्दको मान्द्रोमाथि फिजाएर बिस्कुन सुकाएको छु कहिल्यै नफिकिनेगरि टाढा भइजाने निठूर यौवनलार्इ संवेदनको एल्वममा मायाले पुरस्कृत गरेर सजाइराखेको छु खै कति भनौं आफ्ना कुरा उसलार्इ खै कति सम्झाउँ म यसलार्इ आफ्नो उमेर ! के के सोच्दैहोला यो बु.....ढो रूख विगतको सुदूर गन्तव्यतर्फ बढ्दा बढ्दै आगत बिर्सेर वर्तमान गुमाइरहेको वर्तमान बगिरहेको सडक किनारमा । रचनाकालः २ वैशाख २०६७ , १५ अप्रिल २०१० इटहरी ४ सुनसरी
Please follow and like us: