-अन्वभ मन्जरी
परितोषिका पहिलो पटक आफ्नो श्रीमान आरकीडसँग गाउँको घरमा पुग्छिन् । सहरमा जन्मे हुर्केकी उनलाई गाउँलाई राम्रोसँग बुझ्ने र जान्ने रहर थियो । चार वर्षअगाडि गाउँले छोरो आरकीडसँग बिहे भए पनि बल्ल पहिलो पटक उनलाई गाउँमा आउने मौका मिलेको थियो । परितोषिका गाउँ पुग्दा सहरमाझै तीजको रमझम चढिसकेको थियो । सबै तीजमा माइती जाने तरखरमा थिए । तर परितोषिका भने माइतीबाट घर आएकी थिइन् । उनको लोग्नेको घरमा पनि नन्द र आमाज्यूलाई लिन जानुपर्ने कुरा चल्यो । आरकीडको अलावा अर्को छोरा दुई जना पनि थिए घरमा । सासू रमादेवीले सबै छोरालाई दिदी बहिनी लिन जान आदेश दिइन् । यता परितोषिकालाई राम्रोसँग हेरेर बोल्ने कोही पनि थिएन आरकीडको घरमा । ‘न जातै मिल्छ, न भातै मिल्छ… त्यस्ती केटीसँग बिहे गरेर हाम्रो नाकै काटिस् तैँले । बेक्कारै तँलाई सहर पढ्न पठाएछौँ हामीले’ भन्दै गनगन गरिहन्थिन् सासू । आरकीडसँग भने बाबु पनि बोल्दैनथे । यस्तो अवस्थामा परितोषिकालाई विगत चार वर्षअगाडिको आफ्नो निर्णयमाथि पछुतो हुन थाल्यो । उनको घरकाले अन्तै बिहे गरिदिने भएपछि उनले आरकीडसँग बिहे गर्ने निर्णय लिएकी थिइन् । त्यस अवस्थामा उनले आरकीडलाई आफूसँग बिहे गर्ने सल्लाह दिएकी थिइन् । आरकीड प्रेमी थियो । उनको परितोषिकालाई माया पनि थियो । तर नोकरी नभएको कारणले चाहेर पनि बिहे गर्न असमर्थ थियो । परितोषिकाको हिम्मत र हौसलाले आखिरीमा आरकीड तयार भयो बिहे गर्न । उनीहरूको अचानकको निर्णयले भएको विवाहले दुवैको घरपरिवारमा अशुभ घटनाको रूप लियो । परितोषिका र आरकीडबाहेक कोही पनि खुशी थिएन । तर यता परितोषिकाको माइती पक्षले भने केही समयपछि दुवैको सम्बन्धलाई स्वीकारे । आरकीडलाई नोकरी लगाइदिने काममा परितोषिकाको दाइहरूले मद्दत गरे । दुवै जना बिस्तारै सँससँगै नोकरी गर्दै बाँकी अध्ययन जारी पनि राख्दै गए । आरकीडले परितोषिकालाई घर लान खोज्दा पनि परिवारको असहमतिको कारणले राकिनु परेको थियो । यसरी चार वर्ष बितेपछि घरमा आरकीडको हजुरआमा बिरामी परिन् । उनले नाति र नातिनी बुहारी दुवैलाई भेट्ने इच्छा जाहेर गरेपछि बल्ल घर जाने बाटो खुलेको थियो । आरकीडको परिवारले परितोषिकालाई स्वीकार्ने छैनन् त्यति सजिलै भनेर अनुमान नभएको भने हैन उनलाई । ‘मेरै कारणले आरकीडले मसँग बिहे गरेको हो । म नै दोषी छु, उनीहरूको इच्छाविरुद्ध यो घरको बुहारी हुनुमा’ भन्ने सोचिरहिन् परितोषिका । उनलाई न त घरकै सदस्यको दर्जा मिल्यो न त पाहुनाकै । हरकुरामा बेवास्ता र तिरस्कारको अनुभूतिले च्याप्दै लग्न थाल्यो परितोषिकालाई । बिरामी हजुरआमा सकनसकी एक दुई बचन बोल्दा आफूलाई धन्य ठानेकी थिइन् उनले । कमसेकम हजुरआमाले त मलाई स्वीकार्नुभयो, आशिष दिनुभयो भनेर हर्षले आँशु झारेकी थिइन् । ‘त्यति साह्रो हेला गरी नहाल, लेखेको कुरा भागभोगको कुरा हामी मेट्न सक्दैनौँ । के थाहा मर्ने बेलामा उनै बिजात बुहारीको हातको पानी पो पिउनुपर्ने हो कि’ बज्यूसासूले सासू रमादेवीलाई भनेको कुरा परितोषिकाको कानमा पनि ठोकिन पुग्यो । ‘त्यस्तो हुनलाई त बस्नु प¥यो नि गाउँमै । हाम्रै चलन लिन सक्नुप¥यो । एक त कुल, धर्म, जातभात केही नमिल्ने अर्कोतिर सहरकी पढेकी बुहारी । मेरो छोरा आरकीडलाई पनि एकोहोरो बनाइसकी । ऊ पनि अब यो गाउँमा बस्ने छैन । बेकार हामीले सहर पढ्न पठाएछौँ’ सासू रमादेवीको यो वचनले परितोषिकाको मनलाई हल्लाएर छोड्यो । उनले त्यही बेलादेखि अठोट गर्न पुगिन् कि अब उनी आरकीडको परिवारमा रंगिएर यो गाउँलाई आफनो बनाएर छाड्ने छिन् । आखिर त्यो गाउँप्रति अरू गाउँलेहरूसरह आफनो पनि केही दायित्व छ, कर्तव्य छ भन्ने कुारको महसूस गर्न थालिन् । गाउँका शिक्षितहरू सहर पस्ने र सहरका शिक्षितहरू विदेश भासिने वर्तमान अवस्थाले देशलाई गाँज्दै लगेको कुराप्रति मनन गर्न थालिन् । अब उन