ढुँगा माथि दूध अछेता चढाएर केहि हुन्न निर्जिव त्यो मुर्तिलाई सजाएर केहि हुन्न ढुङ्गो आखिर ढुङ्गोनैहो,जतिपूजा गरेपनि पाखण्डीले दुइचार कुरा बढाएर केहि हुन्न जाग उठ नेपालिहो अन्धोपना तोड्नु पर्छ मन्दिरका घन्टी हरु बजाएर केहि हुन्न कैलेसम्म भगवानकै नाममात्र जप्छौ सुन जिउन लाई कर्म गर लजाएर केहि हुन्न साच्चै धर्म गर्छौ भने सेवा गर दुखियाको तेत्तिसकोटी देउताहरु कजाएर केहि हुन्न राजु मुखिया"दर्पण" दोलखा जिरी,ठुलोपातल ५ हाल दोहा कतार
Please follow and like us: