नजर के जुध्यो यो मुटु साटु झैं लाग्यो आँखामा छायो नशा माया मागुं झैं लाग्यो जारी छ मन पग्लिने क्रम बिन्ती है सुन निर्लज बनी मुटुमा वास मागु झैं लाग्यो सुकोमल तिम्रो शरिर यौवनले पूर्ण सुम्सुम्याई अझ चुम्बन मागु झैं लाग्यो होला कुंठिइ अब्यक्त भाबना मनमा बिश्वस्त पार्न तिम्रो आशु मागु झैं लाग्यो
Suraj ranjitkar Seattle , WA America
Please follow and like us: