खेमराज गाउँले

जिल्लामा पहिलो पटक मुक्तक प्रतियोगिता हुने भएको छ । ललित साहित्य परिषद्

रोल्पाले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा लिबाङमा प्रतियोगिता गर्न
लागेको हो । परिषद्का अध्यक्ष ओम पन्छीको अध्यक्षतामा शनिबार (आज) सम्पन्न
बैठकले परिषद्को १२ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी यही चैत १४ गते
मनाउने निर्णय गरेको छ । वार्षिकोत्सवको अवसरमा खुल्ला मुक्तक प्रतियोगिता,
कृति लोकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको
परिषद्का महासचिव केवी विरहीले जानकारी दिनुभयो । कार्यक्रममा दिलकुमारी
बुढामगर (दिलु) को पहिलो गजलसङ्ग्रह ‘स्मृतिका पानाहरु’ र लालित्यको आठौं अंक
लोकार्पन गर्ने कार्यक्रम छ । बैठकमा गएको फागुन २६ गते शनिबार माडीचौरमा
सम्पन्न साहित्यिक वनभोजको समीक्षा समेत भएको बताइएको छ ।

खेमराज गाउँलेरखुमेल, रोल्पा

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *