भानु सुनुवार
१४ जुन, दोहा, कतार

अन्तर्राट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारले नेपाली भाषा साहित्यको उत्थानका लागि हरेक महिनाको दोस्रो शुत्रवार पारेर नियमीत रुपले  आयोजना गर्दै आईरहेको अनेसास–नवोदितको वाचन श्रृंखला सत्ताइसौं डवली, अनेसास–नवोदितको वाचन श्रृंखला तथा नवोदित कृति अवार्ड २०७० मा सहभागी कृतिहरुको घोषणा कार्यक्रम शुक्रवारका दिन कतारको दोहा शहर स्थित टपफर्म रेष्टुरेन्टको सभा हलमा भव्यताका साथ सम्पन्न भयो ।wachan-1

 सत्ताइसौं डवलीका विशेष श्रोता गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका— युवा संयोजक तथा व्यवशायी उमेश अधिकारी रहनुभएको थियो । आफ्नो माटोलाई सम्झँदै उपस्थित सबैले संयुक्त राष्ट्रिय गान गाएर शुरु गरेको कार्यक्रममा नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारका अध्यक्ष रेगिस्तानी कवि तिर्थ संगम राईले नवोदित कृति अवार्ड २०७० मा सहभागी कृति र कृतिकारको नाम घोषणा गर्नु भयो । “नवोदित कृति अवार्ड” नवोदित साहित्यिक मोवाईल पुस्तकालय दोहा कतारले हरेक २ वर्षमा कतारबाट प्रकाशित भएका साहित्यिक कृतिहरमध्येबाट उत्कृष्ट कृतिलाई यो अवार्ड प्रदान गंर्दै आएको छ । सोहि अनुरुप संस्थाले सुचना जारी गरेको र संस्थाले तोकेको समायावधीमा जम्मा सात कृतिहरु दर्ता भएका छन् । जसमा प्रेम प्रसाद भट्टराईको गीति काव्य साबित्री, प्रेम प्रसाद भट्टराई तथा रेखा लिम्बु “अन्जान” को संयुक्त गजल संग्रह प्रतिक, ईन्द्रमणि नेपालको कविता संग्रह सम्झनाका तरेलीहरु, जगतराम बर्देवाको गजल संग्रह तिम्रै यादमा आधा रात, वाई पी गौतम “पोख्रेली” को उपन्यास अधुरो मिलन, ज्ञानेन्द्र अम्गाई तथा बद्रि प्रसाद पराजुलीको संयुक्त झ्याउरे गीति काव्य अरव यात्रा तथा भानु सुनुवारको गजल संग्रह रहरका बिस्कुन रहेका छन् । 

 कार्यक्रममा सहभागी तीन दर्जन साहित्यानुरागीहरुले आ–आफ्नो रचना कविता, गीत, गजल तथा चिठी वाचन गरेका थिए । कतारमा श्रम गर्ने साहित्यानुरागीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रम कवि तथा समालोचक विक्रम पालुङ्गवाको संयोजन तथा संञ्चालनमा भएको थियो ।
 
 wachan

 

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *