-अनिल बराइली “गरिब चिराग “
निस्ठुरिले मलाई रूहाएर गई
आखामा आशु सधै चुहाएर गई||
कस्तो मायाको जाल बुनी उस्ले
अमृत भनि बिष खुहाएर गई ||
गल्ति नगरी सजाएको भाग लगाई
साचो मायाको निसानी तुहाएर गई ||
आलै छ बितेका ति सारा पलहरु
तर निष्ठुरीले साथ कुहाएर गई ||
बैमानीले दिल जलाएर मेरो आज
उस्को दिलमा खुसि त्यो सुहाएर गई||
चरम्बी मिलन बस्ति, भोजपुर
हाल : दोहा कतार
Please follow and like us: