अतीतका पाना पल्टाउन, छाडीदिए मैले
बन्धन तोडी पाइला आन्तै , मोडीदिए मैले।।
बियोगमा रोए तिम्रो माया पाइन सकिन
त्यसैलेत आज मन मुटु, गोडीदीए मैले।।
अब य़ाद संगालेर आशु कहिल्ले झार्दिन
आफ्नै हातले मुटु निचारी, फोडीदिए मैले।।
बेबारिसे लास जस्तै कति बसे पर्खाइमा
मन मारेर आन्तै साइनो,जोडीदिए मैले।।
हासी खुशी रहनु सधै सफल ऱ्होस् जिबन
हामी बिचको नाता कसम, तोडीदीए मैले।। .
शेर्पीनी कान्छि
Please follow and like us: