सम्पूर्ण आफन्त एवं मित्रहरुमा शुभ दिपावलीको हार्दिक शुभकामना ……………………..
म खेलेको आँगनको फूल, ओईली सबै झर्यो होला
मेरा आँखा बर्षे जस्तै, साउन पनि बर्ष्यो होला
यहाँ शित्तल बतास चल्दा, गाउँ पुगे जस्तो लाग्छ
सम्झनामा रम्दा पनि, पिडा घटे जस्तो लाग्छ
देउरालीको बर पिपल, अझै पनि उस्तै होला
माई जोगमाइ सुसाएर, मलाई नै खोज्दै होला !
रहर भरी चाँप गुराशँ, सन्दकपुर झैं फुलिदिन्छ
सुखदुख जीवनमा, अन्तु जस्तै झुल्कीदिन्छ !
धानवाली मङ्सिर झुल्दा, खुशीयाली छायो होला
सम्झेकै छु साथी सगीँ, मलाई त भुल्यो होला !
एल्बम:- मनोकांक्षा
स्वर:- मिलन अमात्य
संगीत संयोजन:- बि बि अनुरागी
Please follow and like us: