लन्डनमा साहित्यिक अन्र्तकृया र पुस्तक लोकार्पण समारोह
२४ नोबेम्बर २०१३आईतबारका दिन अन्तर्राष्ट्रि नेपाली वांगमय प्रतिष्ठान बेलायतले प्रो.सूर्य सुबेदी को प्रमुख आतित्थ्यमा एक विशेष कार्यक्रम गरेको छ । भर्खरै प्रकासित पुस्तकहरु विकलचन्द्र आचर्यको उपन्यास “मोह”, जया राईको निबन्ध “पार्क र पानीका थोपा”, राम चन्द्र आचार्यको निबन्ध “भावना”, विधान आचार्य र राजेन्द्र सलभ दारा संपादित “हिमालयन सोल” अंग्रेजी कविता संग्रह, प्रो सुर्य सुबेदी, हरि केसी, समाजसेवी भानुभक्त राईले संयुक्तरुपमा लोकार्पण गरियो । उक्त सबै कृतिहरु माथि अनेवाका उपाध्यक्ष्य गोपीकृष्ण प्रसाईले संक्षिप्त समालोचना गरेका थिए ।
प्रो.सुबेदी, हरि केसी, विकलचन्द्र आचार्य र भानुभक्त राईले पानसमा बत्तिबलेर सुरु गरिएको कार्यक्रममा अतिथिहरुलाई खदा ओडाएर स्वागत गरिएको थियो, भने गोपीकृषण प्रसाईले स्वागत मन्तव्य दिएका थिए ।
उपस्थित सम्पूर्ण सर्जक र साहित्य प्रेमीहरुको आपसमा परिचय गरि सुरु ग्रिएको साहित्यिक माहोलमा प्राध्यपक प्रो सुवेदिले नेपाली वांगमयको उथ्थानको खातिर आफू लागि पर्ने जनाए र साहित्यिक गतिविधहरुमा सकृय भई नेपाली साहित्य अध्ययन गर्नको आफूले जसरी भए पनि समय व्याबस्थापन गर्ने भनेर जानकारी गराए ।
त्यसै गरि विकल चन्द्र आचार्यले काडमान्डौमा गएर वागमय नक्षत्र पुरस्कार शान्ता चौधरीलालाई वितरण गरेको र डायस्पोरिक पुस्तकहरुले राजधानीमा निक्कै चर्चा पाएको कुरा अथ्र्याए । कार्यक्रममा सल्लाकार हरि केसी, विमला राई, बसुन्धरा राई, प्रमोद टन्डन र भानुभक्त राई ,जगतहाङ्ग लिम्बुले आपूmनो अवधारणा राखेको थिए । उस्थित सहभागिहरुलाई स्वागतार्थ गोपीकृष्ण प्रसाई र जया राईले भूमिका खेलेका थिए भने कार्यक्रममको संचालन सस्थाको गतिविधिहरुलाई समेत प्रकास पार्दै महासवि जया राईले गरेकी थिइन ।
दार्जिलिग इन रेस्टुरेन्ट साउथल, लन्डमा सांझ ७ देखि १० बजे सम्म चलेको कार्यक्रममा राष्ट्रको माया र भाषिक उत्थानमा सहभागि सबैले बढी जोड दिएका थिए ।
जया राई