बोस्टनको “सिर्जना उत्सव”मा न्युयोर्कका “सिर्जनाका यात्राहरू”
बोस्टन/ अमेरिका
समाचार प्रतिनिधि
बोस्टनका सिर्जनशील श्रष्टाहरूको सामूहिक साहित्यिक चौतारी “ सिर्जना उत्सव” ले दुईदिने सिर्जना उत्सवको आयोजना गरेको छ / अमेरिका भ्रमणमा आएका बरिष्ट साहित्यकार मोदनाथ प्रश्रितको प्रमुख आतित्थ्यमा सम्पन्न उक्त उत्सवमा बोस्टनका साथै न्युयोर्क, न्यु ह्याम्प्शायर, भर्मन लगायतका अमेरिकी राज्यबाट आएका अतिथिले सिर्जना वाचन गरे/
कार्यक्रमको पहिलो सन्ध्या पाहुनाको सम्मानमा रात्रिभोज तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्यो भने कार्यक्रमको दोश्रो दिन कविता वाचन कार्यक्रम सम्पन गर्यो/ कार्यक्रममा न्युयोर्कको “सिर्जनाका यात्राहरू “ को प्रतिनिधत्व गर्दै आचार्य प्रभा, कमला प्रसाई, केशव आचार्य, गीता पन्थ, प्रतिमा लामिछाने, मनु लोहोरुङ राई, मणि बांग्देल, सहदेव पौडेल, सुनिता शर्मा र सीता खरेललगायतका दशजनाले दुई/ दुई ओटा सिर्जना वाचन गरे भने भर्मनबाट आएका उमेश आचार्यले कविता र गज़ल प्रस्तुत गरे/
यसैगरि न्यु ह्याम्प्शायरका शेखर ढुंगेल र मनिराज सिंह एवं बोस्टनका हरि थापा, दिनेश राजभण्डारी, गोवर्धन पूजा, महेश्वर पन्त, दीपा राई पुन, अनु शाह, पेशल रेग्मी, राकेश काफ्ले, ममता कर्माचार्य, धन लेप्चा, विष्णु देउराली, नवराज राई, सन् लिम्बु, लगायतले पनि सिर्जना प्रस्तुत गरे / कार्यक्रमका आकर्षक मोदनाथ प्रश्रितले आफ्ना कविता प्रस्तुत गर्दै आप्रवाशमा नेपाली साहित्यका बारेका प्रकाश पार्नु भएको थियो / संगीतकार जोडी सागर खतिवडा र हरिमाया खतिवडाले दुई वोटा गज़ल तथा गीत प्रस्तुत गरेको उक्त कार्यक्रममा बरिष्ट साहित्यकार कविता पौडेलले सस्वर गीत प्रस्तुत गर्नु भएको थियो/
सिर्जना उत्सवको निमन्त्रणामा ह्वाइट हिमाल टेलिभिजनको लोकप्रिय कार्यक्रम “ सम्प्रेषण”को छायांकन गर्न बोस्टन आएका कार्यक्रम निर्माता एवं प्रस्तोता शैलेश श्रेष्ठले बोस्टनको साहित्यिक गतिविधिलाई नजीकबाट हेरिरहेको बताउदै सिर्जना उत्सवलाई आफ्नो कार्यक्रममा समेटेर कार्मभूमि न्युयोर्कबाट प्रथम पटक बाहिर जान पाएकोमा खुशी व्यक्त गर्नु भयो / उहाले साहित्यिकलाई सम्प्रेषणमा समाबेश गरेपछि कार्यक्रमको प्रभावकारिता अझ बढेको बताउनु भयो / महेश्वर पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिर्जना उत्सवको सस्थापक सदस्य अनु शाहकी छोरी रिया शाहको जन्मदिन पनि मनाइएको थियो/