हिजो झै भोली पनि जानु छ बिनिमयको भाउ खोज्न प्रत्येक सतही काउंटरहरु खोज्दै | जहाँ एकातिर म हरु लाई राखिनछ र अर्को तिर साधान लाई | यो मेशिन आमाले सानै देखि तोरीको तेल ले थपथप पारेर बलियो बनाइदिनुभएको छ , यही मेशिन गुडाउदै आज घडीको अलार्म मा जीबनको सेटिंग मिलाएको छू | अलार्म ले उठाउछ अनि अलार्म बन्द गर्छु , अनि पुनः अलार्म नै लगाउछु , साच्चिनै बिनिमयको भाउ पनि अलार्म ले नै तोक्छ र आफै लिन्छ | अलार्म छैन त यहाँको जीबन छैन ,कोठा छैन ,भोटा छैन , रोटा छैन | त्यसैले जीबन सधै सम्झौता र बिनिमयको कार्यालय हो , जहाँ दुई बिच मरणोपरान्त नियमित कारोवार भइनैरहन्छ |
हिजो राति एक प्रहर बित्दा पनि मेरो कोल्टो फेर्ने क्रम चलिरहयो | प्राय जसो मलाई खोज्दै आउथ्यो त्यों अनि सारा कुरा छोडेर भए पनि म पल्टिन बाध्य हुन्थे तर आज मैले उसलाई जति नै प्रयत्न गर्दा पनि म उसको सामु हाजिर गराउन धौ धौ पर्यो , कोल्टो फेर्दा फेर्दै थाकेको ज्यान लाई कति खेर आएर अठ्ठायछ यकीन राख्न सकिन | झण्डै दुई प्रहर रात त मैले त्यसै पनि बिताए होला, थाकेको ज्यान मस्त निद्रामा आफै सपना देख्न शुरू गरेछ | बिपनीमा मेसो मिलाउन गार्हो भएको मेरो समय सपनिमा मलाई थाहा नदिई नेपाल हानियछ अनि बिना टिकट र बिना खर्चमा जान पाएको मैले पनि नब्यूझे झै गरी सपनीलाई साथ दिदै गए |
यसरी सपनिमा गएको नेपालमा देशको बिम्ब स्वरुप मैले मेरो घर लाई पाए , शिक्षित युवा र कर्मठ युवा बिदेश पलायन हुने क्रम बढ्दो रहेको मेरो देशमा मेरी आमाको म हरु पनि देशकै युवा जमातको प्रतिनिधित्व गरी चार साल बिदेशी भुमिमा मेरी आमाले आफ्नो बुढ्यौलिको लागि साचेर मेरो पाखुरी भित्र राखिदिनु भएको पसिनाको पोको यतै टकटकवाएर फर्किएको थिए | लाग्थ्यो शिक्षित र कर्मठ पाखुरीले रित्तिएको मेरो देशमा राजनीति अस्थिरता र सिमा स्तम्बमा बढ्दो बिदेशी हस्तक्षेप भए झै मेरो घरमा पनि त्यस्तै पाए | बाहिर बाट हेर्दा मेरो घरको संज्ञा प्रस्ट झल्किन्थ्यो तर भित्र भित्र सिमा स्तम्बमा अतिक्रमण भए झै प्रत्येक नेपथ्य बाट माकुराले पनि आफ्नो हस्तक्षेप को शुरुवात गर्दै रहेछ |
एरपोर्टमा खुट्टा ओर्लिडै गरेको भर्यांगको अन्तिम खुड़किलोमा टेकि जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी भन्दै नेपाल आमाको एक चिम्टी धुलो ले निधार र छाती पबित्र बनाए, जब एअरपोर्ट भित्र भित्र ठिटो लम्कदै थियो नेपाल आमाको दर्शन गर्न पाउदाको हर्षित आंशु भनौ या नेपाल आमालाई छोडेर जांदा उहाँले बगाउनु भएको आँशुको प्रतिस्वरूप मेरा आँखा पनि रसाइसकेका थिए | सपनाको यात्रा ब्युझियो भने अधुरो हुन्छ कि भन्ने लागेर होला काठमाण्डौ देखि चितवन सम्मको यात्राको कुनै लेखाजोखा राख्न सकिन | सपनिमा कोल्टो फेरे झैँ लाग्थ्यो सायद यो अनुभब बस बाट झरदाको हुदो हो , बिदेश रहदा घडीको अलार्म ले मेसो मिलाइदिएर पसीना संग बिनिमय गरेका गुंटाहरु झार्दै माइक्रो लाई बिदा गरिदिए | झिस्मिस अध्यारो आगनको खुल्ला फुलबारी प्रांगण बाट झ्याइकिरी समुहको किरकिरकिर आवाजमा संगीत प्रतक्ष्य प्रसारण भइरहेको थियो | टोक्यो को चार साल बसाईमा सुनिएका र देखिएका अनेक ब्यांड समुहको भन्दा यसको रौनक नै फरक थियो , झ्याइकिरीको झ्याईझ्याई र किरकिरमा मेरो बालापन पाउथे,मेरो यथार्थ गाउँले जीबन पाउथे ,अनि मेरो सिंगो नेपालको बास्तबिकता र यथार्थता पाउथे तर टोक्योमा सुने र देखेका संगीत लहरीहरुमा बिलाषी जिबनको काल्पनिकता र मेरो संस्कृति बिपरीत ठान्दथे |
संध्याकालिन झिस्मिस अध्यारोमा वलोपल्लो घरमा आवाज मात्र सुनिन्थ्यो | लोडसेडिंगले ग्रसित मेरो घर पनि सुनसान अध्यारो थियो गुंटाहरु कोठामा बिसाउदा नेपथ्य बाट बुवाको स्वरले शुरू मैं कान पबित्र पार्दै बुवा को चरणकमलमा शास्त्ंगदण्डाबत गर्दै बुवाको आडमा बसे आमा सायद भान्सामा ,पूजा कोठा तिर कता हुनुहुदो हो देखेन छोराछोरी पनि आमा संगै पछ्यौरी र साडीको टुप्पोमा समाउदै अगिपछि गर्दै थिए होलान , यत्तिकैमा अध्यारो कोठा लाई चिरदै एउटा हातमा मैनको धिप धिप उज्यालो र अर्को हातले नातिनातिनि लाई डोर्याउदै आमाको दर्शन पाइयो | ,यो मैनको धिप धिप भित्र जहाँ आज मैले जिबनको घुम्तीमा भेट भएका टोक्यो,हांगकांग, बेइजिंग,बैंकॉक ,फुकेत र मकाउ का रातहरु भन्दा पनि झिलिमिली पाये ,टोक्यो देखि मकाउ सम्मका रातहरु जहाँ म सधै भिडमा हराउथे, जून भिडमा मेरो म भित्रको म को कुनै अस्तित्व हुदैनथ्यो, ति रातहरुमा जतिनै खोज्दा पनि मैले मेरो यथार्थ जीबन पाउन सकिन,जहाँ सबै प्राप्ति थिए तर अभावको महशुस हुने ति शहरहरुमा मैले मेरो नेपाल कहिले पाईन,बुवाआमाको दर्शन कहिले पाईन ,केवल पाए घडीको अलार्म |
आमाले मैनको थूटो बिसाउन नपाउदै मैले उहाको पाउको धुलो शिरमा चढाइसकेको थिए ,छिप्पीदै गएको रातमा पग्लिदै समाप्त हुन खोजेको मैनको तप्प तप्प संगै मेरा आँखा पनि रसाऊंन खोज्दै थिए रोक्ने प्रयास गर्दा गर्दै आमाले पनि साथ दिनु भयो अनि एकै साथ बाढ़िचुड़ी गर्यौ | आँखा लाई ताजा पार्दै छोराछोरीलाई मायालु हातले सुमसुमाउदै बाबाको भूमिका निर्बाह गर्न खोजे तर छोराछोरीले म प्रति टुलुटुलु हेर्दै थिए | यिनीहरुको हेराईमा लाग्थ्यो मलाई यतिबेला , उनीहरुको बालस्वच्छ ह्रदयमा बाबा भन्ने मान्छे यही नै होला जस्तो लाग्दै थियो होला | यत्ति नै बेला आमाले बाबालाई नमस्कार गर भनेर आदेश दिनु भयो , बामे सर्न नपाउदै बिहान ओछ्यानमा बजार गएर आउछु भन्ने झुटो आश्वासन दिदै थुंथुमायर छोडेको बाबा समुन्द्र पारीका हजारौ बजार घूमी चार बर्षमा फर्केको म हरुलाई निर्दोष बाल आत्माले प्रत्यक्ष्य रुपमा बाबाको संज्ञा दिएंन | छोराछोरीको बामे सराई र तोतेबोलीको अनुभब बाट बंचित म हरुले प्रत्येक फोनमा बाबा मम्मीको नाता जोड़न पाईनथ्यो यो नाता पनि आमाले उनीहरुलाई यिनै फोनको टिर्र टिर्र आवाज संगै सिकाउनु भयको रहेछ | जसको फलस्वरूप घरमा आएको प्रत्येक टिर्र टिर्र आवाजले उनीहरुलाई बाबा मम्मीले बोलाय झै लाग्दो हो क्या अनि रिसिभर कानमा पुग्दा नपुग्दै तिन शब्द खरर भन्दा रहेछन हेल्लो बाबा नमस्कार मम्मी नमस्कार | म हरुको प्रत्येक फोनमा आमाले उनीहरुलाई पढाई सक्नु भएको रहेछ तेरो बाबाको फोन आएको छ , तेरो मम्मीको फोन आएको छ लौं बोल नमस्कार गर्नु पर्छ बाबा मम्मिलाई , भन्दै पढेको पाठको प्रत्येक टिर्र टिर्र मा सदुपयोग गर्दा रहेछन | बालमष्तिष्कमा परेको यस छाप प्रति म हरु मा एउटा क्रतब्यहिनताको आत्मग्वालानी भईरहेको थियो | अनि लाग्थ्यो त्यों बालमस्तिष्कमा बाबा भन्ने मान्छे फोनमैं आउछ अनि फोनमैं नमस्कार गर्ने हो र फोनमैं बोल्ने हो | आमाले दिनुभएको आदेश स्वरुप बाल स्वच्छ ह्रदयले जबाफ दियो | ” फोन नै आएको छैन फोन आय पो बाबा बोल्नु हुन्छ , फोन आय पो मम्मी बोल्नु हुन्छ फोन नै आएको छैन कस्लाई नमस्कार गर्ने ? ” !!!!!!! भनी आमा माथि छोराछोरीले प्रश्न तेरसाइदिए | बालमष्तिष्कमा बाबा भन्ने शब्द फोनमा र फोनको बाबाको माया कहिलेकाही पाउने चॉकलेट र गुड़ियाँमा मात्र सिमित रहेछ | म भित्रको म हरुलाई आत्मग्वालानी र कर्तब्यहीनताको बोध महशुस हुदै जाँदा मन भित्र बाट निक्लेको मलिनताको संकेत आफ्नै अनुहारमा छरपष्ट हुन नपाउदै आफ्नो मनलाई सम्हाल्दै छोराछोरी प्रति फर्किएर भने -” हो ……त्यहि फोनमा बोल्ने बाबा नै मै हो ” !!!! भन्दै एक एक वटा चॉकलेटको पोका उनीहरु तर्फ तेरसाइदिए , चॉकलेट तिर आँखा घुमाउदै लाजले नमस्कार बाबा भन्दै चॉकलेट समाते | म भित्रको म ले ति निश्चल बाल हेराईमा क्षमा मागी रहेको थियो | त्यों लाज तिनीहरूलाई होईन मलाई लागि रहेको थियो किनकी मेरो र छोरा छोरीको नाता फोन , शब्द र चॉकलेट मा मात्र सिमित रहेछ , मैले फोनको टिर्र टिर्र संग सम्झौता गरेर बाबा भन्ने शब्द सुन्न खोजे झै लाग्यो , किनकी म शब्दमा मात्र बाबा रहेछु | बाबा भन्ने ब्यबाहारिक नाता पैसा संग बिनिमय गराएको थि |
मेरो बुवा साडे सात दशक पार गरि आठ दशक मा पुग्न जिबनको भोगाईको साथ साथमा सुस्केरा हाल्दैहुनुहुन्छ , भर्खरै साडे तिन दशक पार गरेको ठिटो म आफै लाई अशक्त र कमजोरी महशुस गर्छु |
मेरी आमा पनि बुवा कै हाराहारीमा पुग्न घडीका प्रत्येक टिकटिक संग नाता जोड्नु भएको छ | सात दशकको हाराहारीमा प्रत्येक उठबस संगै उस……नारायण प्रभु …..भन्दै सुस्केरा हाल्दै बाल्टिन लिएर ईनार र पानी लिएर भान्छामा दिन बिताई रहनु भएको छ | म हरुको खुशी जीबनलाई आफ्नो कर्तब्य र यथार्थ महशुस गर्नु हुने मेरो बुवा आमा कैयौ समस्याका पहाड़हरु छिचोलदै आज थकाई मार्ने कल्पना बुनेर बस्नु भएको थियो होला | म हरुको जन्मदाको दिन संसार जीते झै लाग्यो होला , मलाई आफु बिच राखी मेरो बुवा आमाले अनेक ख़ुशी साट्नु भयो होला , आफ्नो जिबनको डायरीमा खुशीको अनेक शब्दले रङ्गयाउनु भयो होला, आमाले आफ्नो प्रसब बेदनालाई बिर्सिएर एक पटक कोल्टो फेरी मलाई हेरी सुमसुमायुंनु भयो होला , सगर , संसार , सुमेरु ,र सगरमाथा भन्दा पनि उच्च ह्रदयका साथ स्नेह, ममता र मायाको प्रतिमूर्ति बन्दै आधा हर ओडेर भए पनि मलाई रोटी र भोटोको अभाव हुन कहिले दिनु भएन होला , समस्याका अनेक झरी संग रुझेर मलाई आफ्नो बिशाल छातिको छाता बनी ओत दिनु भयो होला , आफ्नो बिशाल ह्रदयमा खेल्न मलाई सधै खेलाडी बनाई दिनुभयो होला | आज म आमाको बिशाल ह्रदयको रंगमंच बाट छानिएको खेलाडी जीबनका हरेक समस्याका खेल संग प्रतिस्प्रधा गर्दा गर्दै प्रत्येक गोल पोस्ट मा सफलता पाउने आशमा आमाको ह्रदयको बिशाल मैदानलाई पनि सानो सम्झिएर समुन्द्र पारिका कैयौ देश पार गरि यहाँ आएको छू | आज यो मैदानमा सफलता र असफलता खातिर मैदानको हरेक कुना बाट हेर्दा जिबनमा के नमिले हो .. के नमिले जस्तो महशुस हुन थालेको छ | खेल्दा खेल्दै कतै मैले नियम बिपरीत त गईन ? जस्तो लग्न थालेको छ | बिधिले आयोजना गरेको यो खेलमा भाग लिएर मैले बिधि बिपरीत खेल खेलेर झ्याली त गरेको छैन ? जस्तो महशुस हुन थालेको छ | कतै आयोजकले मलाई दोषी ठहरायर आजीबन आत्मगव्लानिको सजाय त दिने होईन ? कुपुत्र र कुपात्र को नामको झण्डा ओडाएर जीबनका बाँकि खेल खेल्नै नसक्ने गरि आत्मबिश्स्वास त गुमाइदिने होईन ? जस्तो अनेक कुराले मनमा मुटुको चाल लाई अझै गति बढाउदै थियो यत्तिनै खेर मेरो सपनीको यात्राको पहिलो भेटघाट कोठामा झुण्डिएका बल्ब संग भयो | जस्ले आफ्नो चार घण्टे बिक्ष्राम पछि पुनः कार्य थालनी गर्दै थियो | सपनिमा भेट भएको कोठा भित्रको उझ्यालोले मलाई मेरो घरको स्थिति अझै छर्लंग पार्न खोजे झै लाग्यो | क्यारम बोर्डको चार कुनामा भएको गोल पोस्ट झै कोठाको चारै कुनामा माकुराले आफ्नो जित सम्झिएर डेरा जमाएका थिए | मेरो घरको हरेक कुनामा माकुराले आफ्नो अधिपत्य जमाएको देख्दा मैले यिनीहरु संग हारेर सजाय भोगे जस्तो लाग्थ्यो | सात दशक र आठ दशकको सेरोफेरोमा आफ्नो हरेक सुस्केरा लाई बढारने आधार नै गुमाउनु भएको मेरो बुवा आमालाई ति माकुराहरुले पनि झिस्काऊदा हुन अनि आफुलाई बलियो सम्झि आधिपत्य जमाउदा हुन | आफ्नै खुट्टा आफैलाई बोझ लागेर सधै एकै ठाउमा आराम गर्न पाए पनि हुन्थ्यो भन्ने उमेरमा दैनिक नित्यकर्म बाहेक अरु कामधंदा जिबनमा फलामे चिउरा झै लाग्ने यी दिनमा उनीहरुको बढ्दो अतिक्रमणलाई सहनुको बिकल्प अरु थिएन |
टाढा बाट देखिने हिमालको चुच्चोको सेतो हिउँ झै गाला भरी फुलेका लामा लामा सेतै दाढ़ी , कमीज माथि लगाउनु भएको कोट , कम्मरमा फनक्क बेर्नु भएको धुरमैलो र खुंचियको कछाड़ मा बेरियर बत्ती आउने प्रतीक्षा गर्दै हुनुहुथ्यो बुवा | समयको प्रतीक्षा गर्दा गर्दै बन्द भएको टी भी अगाडि हातको रिमोट तेर्साई दीदा बित्तिकै सभा हल झै गुन्झयमान भयो | टी भी को आवाजलाई टी भी भित्र नै धकेल्दीदै पुनः कुराकानी भइरहयो | बुवा संग का हरेक संबादलाई पछ्याउदै मैले बुवालाई नियाली रहेको थिए , गालाका झुसिला सेता दाढ़ी संग लड़न सकने क्षमता न्यून भए झै लाग्यो , कमिजमा, कछाड्मा देखिएका खुमच्याई र कालाकाला धब्बाले स्याहार नपाए झै लाग्यो , सिरानीमूनी राख्नु भएको ठीमरा र कैप्सूल ले तातो पानी नपाए झै लाग्यो |
हेर्दै गए सोच्दै गए घरमा सब चीज देखे धन थियो कंतूर खोलिदिने बलिया हात थिएन | मान बहादुर दाई ले पठाइदिएको अधियाको धान पनि भकारीमा टन्नै थियो , तर बोरा उचाल्ने बलियो ज्यान थिएन | बैंकमा नगद थियो तर निकालेर परिचालन गरिदिने खुट्टा थिएन | अचानक आबश्यक पर्ला भनेर सिरानी मुनि राखी राख्नु भएको पचास हजारको एउटा बिट्टो थियो तर पेट दुख्दा खुर्र दगुर्ने आँट थिएन | बैठक कोठा थियो संगै बसेर दुःख सुख र ब्यबहार का कुरा गर्ने छोरा बुहारी नाती नातिनी थिएनन | बैठक कोठाको पूर्ब तिरको कुनामा फोनको सेट थडियर बसेको थियो अचानक मा एक कल फोन गर्ने औला र आँखा थिएन | सजिएको बैठक कोठाका घर्राहरुमा एल्बमका खात थिए बात थिएन | भित्तामा सजिएका फ्रेममा टावर र सामुन्द्रिक किनारमा खिचिएका छोरा बुहारीका मुसक्क हासेका तस्बीर थिए तर खिटखितावटको गुंजन थिएन | दशौ कोठा भएको दरबार जस्तो घर थियो तर अन्त्य भएको राजसत्ता झै सुनसान नारायणहिटी मा राज गर्ने परिवार थिएन | टॉयलेटमा , भान्छामा, नुहाउने कोठामा , छतमा जताततै पाईप को सुबिधा थियो तर पाईप फुस्क़दा जोडिदिने हात थिएन | तातो लाई ग़िज़ज़र थियो चिसो लाई कुलार थियो तर ज्यानले माग्दा बिजुली र ग्यास थिएन | उपहार को थुप्रो थियो खोतलेर हेर्ने जाँगर थिएन | यथार्थ मा भन्दा दशौ जना छोराबुहारी बिदेशीयको घरमा सबै चीज थियो धन थियो , भौतिक सुःख सुबिधा थियो तर उमेर थिएन |
यस्तै यस्तै सोच्दा सोच्दै बुवाले के के भन्नु भयो सबै कुरा लाई – हजुर …ए….अनि …होईन…..हो …..होला भन्दै सुने झै गरे तर बास्तबमा बुवाको संबाद एकोहोरो जस्तै भयो | किनकी मेरो आँखा बुवाको बोलीमा थियो , ध्यान मैले उत्पन्न गराएका समस्या प्रति थियो | खासमा भन्नु पर्दा ध्यान बुवाको बोलीमा र आँखा अन्तै केन्द्रित हुनु पर्ने भए पनि जिन्दगीले नै कता कता उल्टो मोड़ लिए झै भएको छ | किनकी बुवाले सोच्नु भएको र गुरुले पढाउनु भएको क्ष्रबण कुमार हुन सकेको थिएन | निश्तब्ध भएको मेरो मनलाई माथि भान्छा बाट आमाले ल बाऊ छोरा नै खाना खान आईजाओओ ओ …. अहिले यो बत्तिको खप्पर कतिखेर जान्छ थाहै छैन , बत्ती छ भन्ने मात्र हो भन्दै चिच्याउनु भएको आवाजले हलचल गराई दियो | आमाको अनुरोधात्मक आवाज संगै बुवाले ल हिड खान भन्दै भान्छा तिर लाग्नु भयो | म पनि पछि पछि जाँदै थिए , आँखा बांकी कोठाहरुमा छिर्न थाल्यो कोठाका पलंग र सोफाहरु छरपस्ट भएका , सिलिंगमा माकुरा त भुईमा मुसाले अतिक्रमण गरि अस्तब्यस्त बनाएका , चलन चल्तीका कोठा बाहेक सबै यस्तै देखिन्थे | दोष मुसाको पनि होईन , माकुराको पनि होईन दोष मेरै हो भन्दै भान्छा कोठा तिर छिरे |
आमाले अंखरामा पानी दिदै हात धोएको छैनस भने ला त्यहा धोई भनी ठाऊ देखाईदिनु भयो | भान्छा भित्रका पानीका धारा एउटा फुटेको अर्को चुहिने भएर तप तप पानी चुहिराखेको दशौ फंका ट्यू ले ब्रेदा पनि बुवाआमाको बुढ्यौलीपन लाई जिस्काउदै आफ्नो गति छोड़न मानेको रहेनछ | भान्छा कोठामा छोरा छोरी आ -आफ्नो माग र अडान लाई सम्बोधन नभए सम्म भात नखाने शर्तमा ढोकाको दुइ छेउमा ठुस्स पर्दे अनशन बसिरहेका रहेछन | आमाले कतिखेर फकाउनु हुन्थ्यो त कतिखेर दिक्क लागेर कराउनुहुन्थ्यो | छोरी बस्ने भनेको पिर्क़ामा छोरा बसिदिएछ | यही निहुँमा एउटाले पिर्क़ा नछोड्ने अर्कालाई त्यही नभई नहुने | आखिर केटाकेटी पन यस्तै त हो केहि रिठठो बिरीन हुन्न निहुँ पाइहाल्छ्न | आमाले छोरीलाई खुसुक्क कानमा के भन्नु भएको थियो कुन्नि छोरी मुसुक्क हास्दै आफ्नो भाग हतेरिन | यो चालाको गन्ध छोराले अल्ली पाएनकि क्या ओ….. पाएको भए फेरी ए त्यसलाई त्यों …….मलाई पनि………भन्दै उफ्रीन थाल्थ्यो रे | आमाले दुबै जनालाई फकाउदै बाबू बाबाको आडमा बस्छ , नानी बा को आडमा बस्छिन भन्दै लप्पालप खानी बनाउनु भयो |
छोराछोरीको पालो पछि अब मेरो पालो आयो एक कूनोमा एक चोइलि भात , अर्को कुनामा रायोको सागमा आलू मिसाएर बनाउनु भएको तरकारी , कचौरामा जम्मूले झानेको रहरको दाल , सिलौटोमा किचकिच थिचेर मेथी पड़काएर झान्नू भएको मुलाको अचार , माली गाईको एक गिलास दूध , दूध माथि लपक्क तर लागेको दिदै बिहान पारेको नौनीको डल्लो देखाउदै यत्तिकै राखिदिउकी तताई दिउ भनी सोध्नु भयो | मैले तताउनुस्न भन्दै आमालाई आदेश दिए |आमाको यालब्याल देखेर बुवालाई झ्याऊ लागेछ क्या ओ कराउन थाल्नु भयो ,खोई मलाई दिदै गर न म खादै गर्छु , छोरो आएको मलाई त मरलक्क बिर्सी है | आमाले पनि ए मैले पनि मरलक्कै बिर्सेछु भन्दै बुवाको खाना बुवा लाई दिनु भयो | नौनी लाई तताएर भात को उपल्लो शिर बाट दुई मुठ्ठी जति घिउ सल्ल्ल मेरो थालमा बगाइदिनु भयो | यो देखेर छोराले मलाई पनि भन्यो र छोरीले मलाई त मह , घिउ खान्न भन्न लागि | आमाले ल ल मेरा ज्ञानी नानी बाबुलाई मैले दिन्छु नि भन्दै नानीलाई मह र छोरालाई घिउ के राख्नु भएको थियो छोरो फेरी भनक्क भनकेर रिसाउदै उठ्यो किन भात मा राखिदिनु भएको ? कचौरामा भनेको ……….| आमाले हत्तेरिका कति सताएको भन्दै पुनः नया भाग लगाई छुट्टै कचौरामा दिनु भयो | मैले पनि मेरो भाग हतेरदै थिए आमाले जापाना त मिठो मिठो खान्छौ होला घरा त यस्तै हो भन्दै हुनुहुन्थ्यो , मैले केहि नबोली अल्ली टाउको निहुराए, आफैमा लाज लाग्यो , चार दिनको लागि एकै चोटी बनाएर फ्रिजमा राख्दै तताउदै खाएर काममा दौडिएको याद आयो , भोलिको लागि पनि एकै चोटी हुन्छ भनी राईस कुकरमा हिजो बनाएको सुकेको भात खाएर काममा दौडेको याद आयो , कहिले खाना बनाउन अल्छी लागेर नूडल्स माथि तातो पनि हाली खाएको याद आयो , कहिले पाउरोटिमा जाम दलेर काममा छिरेको याद आयो , गास र बास नपाएर पार्क र पेटिमा पल्टेको याद आयो , गास बास नपाएर पार्क र पेटिमा पल्टदा पुलिसले लखेटेको याद आयो , बिरामी भएर बाटोमा बेहोशिएको याद आयो , नेपाली साथभाईले चन्दा संकलन गराई होश दिलाएको याद आयो | मलाई यादै यादले भुलायो बुवा केटाकेटी खाना खाई सकेर तल टि.भी कोठामा गई सक्नु भएछ आमाले भात खान्छस अझै थप दिउ भन्दा भो पुग्यो भन्दै आमाले त्यही छोड़ भन्दै हुनुहुथ्यो आफ्नो थाल कचौरा सफा गर्दै म पनि तल झरे |
बत्तीको खप्पर टि .भी .खोलेको दुई मिनट नहुँदै गायब भयो , आमाले मैनको प्रकाशमा भांडा चम्काउदै हुनुहुन्थ्यो बुवा म गफगाफ गर्दै थियौ , छोरा छोरी निदाउने प्रयास गर्दै थिए , छोराले बा सुत्न जाम सुत्न जाम भन्दै थियो छोरीले आमा निंद्रा लाग्यो ……. आमाआआ……. निंद्रा लाग्यो ……..भन्दै तल बाट माथि आमालाई चिचयाउदै थिई, आमाले लिएको मैनको दिपलाई अधेरी संग लडाउदै तल कोठामा आइपुग्नु भयो र सुत्ने बन्दोबस्त मिलाइदिनु भयो | म टि .भी कोठामै सुते छोरो बुवा सित र छोरी आमा संग भाग लगाएका रहिछन |
सपना भित्र पनि कति महासपना देखियछ यसको कुनै लेखाजोखा राख्न सकिएन , उठे पछि एक छिन त्यतिकै बसिरहे मनमा अनेक कुरा खेलाउन मन लाग्यो छोरा छोरी सुतिरहेका थिए , बुवा आमा आ-आफ्नो नित्य कर्म मा तल्लिन हुनुहुथ्यो | म पनि मुख भित्र घुसारेको ब्रश लाई रगडदै छत तिर उक्लिए | बिहानीको चिसो चिसो मौसममा चरचुरुंगीको चिचिचि को साथ मा वल्लो पल्लो घरमा टनरयांग टुँरुंग बाल्टिनको आवाज मात्र आउदै थियो | छत बाट नियालेको गाँउ घर हिजोको जस्तो देखिएको थिएन , हिजो मेरै आँगन अगाडि बाट कैयौ म हरु कुटो कोदली लिएर एका बिहानै गर्हा गर्हा चार्थे , कैयौ म हरु ठेकी भरि दूध बोकी शहर शहर धाउथे , कैयौ म हरु साग र मुलाका भारी सहित मण्डी छिरथे तर आज यो बिल्कुल शुन्य छ | यस्तै के के हेर्दै र सोच्दै थिए आमाले चिया तयार भएको संकेत दिनु भयो | म पनि आफ्नो नित्य कर्म लाई झारो टार्दे चियाको चुस्की तान्दै गोठ तिर हानिये | चार साल अगि उचालेर छोडेको माली बाच्छी बढेमानको माली गाई भइसकीछन् | बुवाले आफ्नो नित्यकर्म सिद्धये पछि यसैको स्याहारमा बिहानी संग खेल्नु हुदो रहेछ , आमाले भान्छा |
यसो चोक तिर हेरेको दुई चार जना बुढा बुवाहरु जम्मा भैसक्नु भएको रहेछ म पनि त्यतै लागे , जमात बाट एक जना बुवाले सोध्नु भयो ओ हो…… छबि कहिले आएको ? गफ गाफ चल्दै गयों , उहाँले आफ्नो समस्या मलाई बिसाउन खोज्नु भयो | बुढा बूढी नै रोगी छौ त्यहिको दबाई पसल बाट ल्याएको ठीमरा खाको खासै बीस को उन्नाइस पनि भएन | अस्पतला जाऊ एक्लै जान सक्दिन मेसोमेलो नै थाहा छैन , ल जाम त नि भनेर डोर्याएर लैजाने कोही छैनन | छोराहरु छैनन भनम छन , छन भनम, भने हाम्रो यस्तो अबस्था पनि छैनन | त्यो रमेशे लाई आईजा न बाबू एक पटक भन्छु बिदा नै छैन , छुट्टी नै छैन भन्दै ल ल ल ल……….. भन्छ कस्तो नोकरी हो कुन्नि बिदै नहुने ? , भेट भयो भने भन्देस है बाओ | मैले भने ऊ ऑस्ट्रेलिया हो बुवा म जापान मा फोन र नेटमा त भेट भै रहन्छ हुन्छ भनिदिउला , भन्दै थिए फोना त यही पनि कुरा हुन्छ के रे मैले त संगै हो कि भनेर पो , बुढा रंकिनु भयो |
जमात बाट अर्का एकजना बुवाले पुनः भन्नु भयो , ल छबि कतिको छुट्टी लेर आछस कुन्नि टयांम मिल्यो भने बुढालाई भरतपुरा भए पनि यसो देखाईदे बावो , हुन त एकपल्ट काठमांडू मै लगेर देखाउन पाए साहिलो यसो बौरिन्थ्यो कि नत्र भने खोई बूढ़ाले यही जाडो नि कटाउनन जस्तो छ |
मलाई यो कथा साच्चिनै मेरो घर कै त होईन जस्तो लाग्यो , समाजमा म हरु नहुँदा को अभाबको महशुस बढ्यो , होईन होऊ अब त नफ़र्कु कि बिदेश जस्तो लाग्यो | मेरो घरको कथा सिङ्गो गाऊ मा भेटे , सिङ्गो देशमै भेटे , छोरो हुनुको गर्ब त्यहि तुहिय जस्तो लाग्यो , कर्तब्यहिनताको बोधले टाउको निहुराय, म हरु बिदेशियर कमाएको धन भन्दा गुमाएको आफ्नो पन र कर्तब्य प्रति पश्चताप लाग्न थाल्यो | तैपनि जबाफ दिए भई हाल्छ नि , साहिला बा लाई अस्पताल लैजान्छु नआत्तीनुस |
बरु जहाजको टिकट पछि सार्न परे पनि सारौला अस्पताल लैजाने जिम्मा मेरो भयो भन्दै असल प्रतिनिधि पुत्र को नाटक प्रदशन गरे |
हुन्छ त साहिला बा न आत्तीनुस म अहिले यसो साथी भाईलाई भेट्न निस्कन्छु भन्दै त्यहा बाट छड्के लागे |
हिड्दै हिड्दै जादै थिए साथीको जमात मा भेट भयो | चार सालको अबधिमा साथीहरु संगको पहिलो भेट खूब रमाइलो लाग्यो | कोही साथी के गर्दै , कोही क़े , कोही के , सबै आ-आफ्नै ब्यबसाय र सिपमा तल्लीन थिए | मैले उनीहरु नेपाल मै ब्यबसाय मा स्थापित भएको देख्दा राम्रो लाग्यो , कता कता आफु पनि अब यतै केहि गरौ कि भन्ने सोच पनि जाग्न थाल्यो | छलफल चल्दै गयो सबै साथीको मुखबाट बिदेशै जानु पाए केहि हुन्थ्यो कि , खोई यहाँ लगानी गरेर क़े गर्ने सधै को बन्द हड़ताल , तिन दिन पसल खोल्यो चार दिन बन्द , कहिले क़े हुने हो भन्ने सधैको डर मात्र , बल्ल बल्ल दुई चार पैसा जम्मा गर्यो महँगी त्यतिकै , चन्दा मागेरै हैरान , केटकेटिलाई स्कुल पठायो भरे आउने हुन कि होइनन उतै डर , समय मा बत्ती छैन , खोई छबि नेपाल त बिजोग भएको छ बरु हामीलाई पनि त्यतै बोला यार लाएको खर्च दिन्छौ , यहाँ बस्ने त कत्ति पनि मूड छैन , हामी त तेरै भर परेर बसेका छौ
भन्दै उल्टो बिन्ति बिसाउन थाले | मैले केहि सोच्नै सकिन मन जता छोड़े पनि ख़ुशी छैन | म हरु बिदेश आएकोमा पश्चताप छ | नेपाल भएका साथी भाई हारगुहार गरि जबर्जस्ती पासपोर्ट लैजा कि लैजा भन्छन |
म हरु अलमल्ल परे , घरको स्थितिले आँगन नछोड भन्दै बिन्ति गर्छ , साथीभाईको कुराले ठिकै गरे जस्तो लाग्छ |
अर्लाम बज्यो ,सपनि अस्तित्व हिन् भयो ,
म पुनः सधै झै
हतार
हतार |
छबिलाल सापकोटा “रातामाटे “
हाल:- योकोहामा जापान
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *