सिंगो नेपाल मातृभूमी टुक्रा पार्दै छन् है ।
विश्वसामु भ्रष्टाचारमा अघि सार्दै छन् है

जनतालाई ठगी गर्ने दलाल नेताहरु ।
विकास गर्नु सट्टा उल्टै तल झार्दै छन् है

उन्नती र प्रगतिको नारा लिँदै भोट मागे ।
माथि पुगी आफू खाई जनतालाई मार्दै छन् है

विकास गर्छु शान्ति छर्छु भन्दै शपथ खाएका थे ।
खोइ ? त भनी प्रश्न गर्दा कुरा टार्दै छन् है ।।

By: संगीत पोख्रेल ।

मोबाइल नम्बर ९८४९३९०९७४

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *