१.
हाम्रो आपसी सद्भाव ढलाउन खोज्दैछौ तिमी
जानी–जानी यो देश जलाउन खोज्दैछौ तिमी
भोको पेटमा कति हिडाउछौ सोझो नेपालीलाई ?
लाग्दैछ सुतेको सिह चलाउन खोज्दैछौ तिमी ।
२.
वैरीसग नझुक न भन्दा मानेनौ तिमीले कत्ति पनि
संकटको व्यवस्थापन गर्न जानेनौ तिमीले रत्ति पनि
अभावको ढोलक बजाई खै कतिदिन नाच्नु हामीले ?
हो,जनतालाई त मान्छे नै ठानेनौ तिमीले यत्ति पनि ।
३.
अब नाका खोलिए पनि मनको घाऊ मेटिदैन हजुर
के खोज्नु मानवता ?तपाईंभित्र कतै भेटिदैन हजुर
बरु खाली पेट फुलाउदै पैदलै हिडौला हामी नेपाली
तर ज्यू मालिक भन्दै कसैसामु अहलेटिदैन हजुर ।
Please follow and like us: