हजुर हाम्रो जाने एकै छ बाटो सायद
आपसमा विभेदको एकै छ खाटो सायद ।

भन्नेले किन भन्छन् दुई धारका हौ‘ं हामी
मृत्युपछि बॉंचिने एकै छ माटो सायद ।

रगत नेपाली हो रोगन अनेक होला
मुटुमा छामी हेरे एकै छ तातो सायद ।

मेची र महाकाली नेपाल हो साझा हाम्रो
आ–आफ्नो पेवा भन्ने एकै छ फाटो सायद ।

फुल्छन् छत्तीस वर्ण यो धर्तीका चारैतिर
चार जात उम्रने एकै छ पाटो सायद ।
००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *