प्रायः रातको ९.३० बजे निद्रादेवीको काखमा परिसक्ने म त्यसदिन भने नयॉं कवितासंग्रहको पाण्डुलिपि मिलाउन ११.३० सम्म कम्प्युटरमा काम गर्दै थिए‘ं । केही नलागेपछि भोलि बिहानै पूरा गरू‘ंला भन्दै कागजातहरू लथालिङ्ग टेबुलमै छोडेर अन्ततः ओछ्यानमा पल्टिएथे‘ं ।
त्यो दिन थियो २०६६ साल कार्तिक १९ गते ।
नयॉं कृति जन्मिन लागेको खुसियालीसित खेल्दाखेल्दै कुनबेला भुसुक्क निदाए‘ं भन्ने पत्तो भएन । तर मोबाइलले घण्टी सुनाउन थालेपछि फेरि ब्यू‘ंझिएर्‘ं । रातको समय कसले सम्झियो होला भन्ने पनि लाग्यो । यसो भित्ताको घडी हेरे‘ं १ बजेको रहेछ । मनमनै अलि डर पनि लाग्यो । यति राती जो कसैले किन फोन गर्लान् र ? भन्ने सोच्दासोच्दै घण्टी बज्न बन्द भयो । मोवाइलमा यसो नम्बर हेरे‘ं । कस्को,कस्को ? थाहा भएन । पुनः बज्न थालेपछि नउठाइरहन सकिन मैले । हलो मात्र के भन्दै थिए‘ं भाइको स्वरले एक्कासी भन्यो– ‘दाइ ! मुमा त स्वर्गे भयो’ । सपना हो कि विपना मैले छुट्याउन सकिन । रक्सीको नशाले लर्वराएको बोलीलाई विश्वास गरू‘ं कि नगरू‘ं भन्ने सोच्दासोच्दै फेरि – ‘वीर हस्पिटल आइस्योस् न ! ’ भन्ने शब्द सुनेपछि म जुरुक्क उठे‘ं । मस्त निद्रामा सुतिरहेकी मेरी पत्नी ‘के भो’ भन्दै अत्तालिएर उठी । ‘मुमा स्वर्गे भयो रे !’ भन्नासाथ ऊ रू‘ंदै चिच्याउन थाली । अनि माइला भाइबुहारीलाई उठाउन बाहिर निस्की । पछि छोराछोरी पनि ब्य‘ंूतिए । म एकछिन किंकर्तव्यविमुढ बन्न पुगे‘ं । मध्यरातको समय भएकोले कसैलाई खवर गर्ने ऑंट पनि भएन । आफूस‘ंग चारपांग्रे सवारी पनि नभएको दुईपांग्रेमा सात,आठजना जाने कुरै भएन । अन्ततः जे जसरी भए पनि सामाखुसीबाट वीर अस्पतालसम्म हि‘ंडेरै पुग्ने अठोटसहित लागे‘ं म श्रीमती, भाइबुहारी र छोराछोरीहरू अघि लगाउ‘ंदै । वास्तवमा रात मात्र होइन मेरो मस्तिष्क पनि शुन्य थियो त्यसबेला । के गर्ने ? कसो गर्ने ? भन्ने कुनै सोच फक्रन सकेको थिएन । नौ महिनासम्म गर्भमा बोकेर यो धर्ती देखाइदिने, पालनपोषण मात्र होइन सधै‘ं ममताको छहारीमा हुर्काउ‘ंदै मलाई लक्का जवान बनाई दिने मेरी आमाको ‘स्वर्गारोहण भयो’ भन्ने कुरा विश्वास गर्न हम्मेहम्मे परेथ्यो । तर के गर्ने प्रारब्धका कुरा कसैले काटेर काट्न सक्ने, रोकेर रोक्न सक्ने रहेनछ । हो, भावनामा वहकिनुको सट्टा एकक्षण गम खाएर सोच्ने हो भने यो संसारमा जन्मेपछि नमर्ने न कोही छन् ,बालकबाट जवान–बृद्ध नहुने न कुनै प्राणी छन् । यस्तैयस्तै कुराहरू मनभित्र सल्बलाउन थालेपछि मैले आपूmलाई संसारिक शाश्वत चिन्तनमा भुलाउ‘ंदै आमाको मृत्यु भएको खवरलाई स्वीकारे‘ं ।
हो, संसारमा सबभन्दा मह‘ंगो व्यक्ति को ? भनेर यदि कसैले प्रश्न ग¥यो भने सायद सबैका मुखबाट निस्कन्छ –’ आमा ’ । हो, नौ‘ं महिना गर्भमा राखेर यो धर्तीमा अवतरण गराएदेखि आमाको माया र ममता सधै‘ं पाएका हुन्छन् प्रायः छोराछोरीले । हरेक पल सुदृष्टि बिछ्याउ‘ंदै आफ्ना छोराछोरीलाई हुर्काएकी हुन्छे उनले । आफ्नो सन्तानको खुट्टामा कॉंडा बिझ्दा आमाको मुटु चस्किन्छ, आफ्ना सन्ततीका पीडामा आमाको ऑंसु झर्छ अनि प्रगतिमा खुसीले छाती आकास जत्रो बन्छ । आफ्नो कोखबाट जन्मिएका छोराछोरीप्रति कुनै स्वार्थ,भेदभाव र इष्र्या हु‘ंदैन आमामा । सबैले भन्न हिच्किचाउ‘ंदैनन् पनि – आमाको माया सागरभन्दा गहिरो,नदीभन्दा सङ्लो,गङ्गाभन्दा चोखो हुन्छ भनेर ।
तर एउटा कुरा उल्लेख नगरू‘ं भन्दा पनि मनले मान्दैन । त्यो हो – जसरी मलाई जन्माएर यो धर्तीमा हुर्काइन् मेरी आमाले, त्यसरी नै मैले पनि १२÷१३ वर्षको उमेरदेखि नै उनको स्याहार–सुसार,रेखदेखलगायत पुत्रधर्म निर्वाह गरेको थिए‘ं । हो, आमाको दुधको भारा टारे‘ं भन्न त म सक्दिन तर सानै उमेरदेखि घरव्यवहार धानेर आमाको ईच्छा,आकांक्षाहरूलाई भरसक पूरा गर्न म सक्षमै थिए‘ं । यति प्यारी आमाले अनायासै एकवर्ष अगाडि मलाई चट्ट छोडेर कान्छो भाइ स‘ंग बस्न जॉंदा मेरो मन धरधरी रोएको थियो त्यसबेला । हुन त आमाबाबुका लागि सबै छोराछोरी बरावरै हुन् । तर मेरो मान्यता के छ भने आफ्ना पॉंच औंलाको मूल्याङ्कन गर्नु पर्दा समेत ठूलोलाई ठूलो, सानोलाई सानो भनेर भन्न सक्नुपर्छ जो कोहीले । अर्थात जुन छोराले जे जति संघर्ष ग¥यो त्यो कुरा आमाबाबुले थाहा नपाउनेहरूलाई भनिदिन सक्नु पर्छ । छोराहरू भन्दैमा गुहु र गोवर एकै भन्नु कदापि हु‘ंदैन । तर भनेर के गर्नु ? आमाको मन छोराछोरीको जस्तो हु‘ंदोरहेनछ सायद । उनीहरूमा ठुलो छोरा जति नै गुणी भए पनि अन्ततः कान्छो छोरालाई प्यारो ठान्ने प्रवृत्ति हावी हु‘ंदोरहेछ । त्यसैकारण मेरी आमाले हजार गुणलाई बिर्सेर मबाट एकवर्ष अघि नै टाढा हुने जमर्को गरेकी थिइन् । भला जे होस्, आमा भनेकी आमा नै हुन् । उनका बैगुनहरूभन्दा गुणहरू असंख्य हुन्छन् । आमा हु‘ंदा र नहु‘ंदाको अनुभूति लेख्न त्यति सहज हु‘ंदो रहेनछ ।
अब लागौ‘ं मूल विषयतिरै ।
सामाखुसीबाट ५÷७ जना परिवार हि‘ंडेरै वीर अस्पताल पुग्ने लक्ष्य लिएर हि‘ंडे पनि भगवानको कृपाले रातको एकबजे एउटा ट्याक्सी अचानक भेटियो । ड्राइभर महोदयलाई आफ्नो घटना सुनाउ‘ंदै अनुनय गर्दा उसले वीर अस्पताल पु¥याउन अप्ठेरो मानेन । कोचाकोच गरेर भए पनि हामीलाई पु¥यायो उसले गन्तव्यस्थल ।
ट्याक्सीबाट ओर्लेर अस्पतालको मुलढोका अगाडि पुग्दा कान्छो भाइ र उसका २÷४ जना आफन्त भनाउ‘ंदा वरिपरि बसिरहेका देखे‘ं मैले ।
‘हिजो दिउ‘ंसो नुहाएर तेल लगाइदिएको , ठीकै होइसिन्थ्यो । बेलुकी अचानक छातीमा गाह्रो भो भनिस्यो । डाक्टरको सल्लाह अनुसार अस्पताल ल्याउ‘ंदा, ल्याउ‘ंद बाटोमै स्वर्गे भयोे ।’ भन्दै
भाइले लर्बरिएको स्वरमा स्पष्टिकरण दियो ।
मलार्इृ मनमा लाग्यो, त्यैबेला खवर गरेको भए हुन्थ्यो । उसले मभन्दा नजिक अरूलाई सम्झ्न पुगेकोमा ठूलै रिष उठेथ्यो । तर त्यो पोख्न सकिन मैले । रिष पोख्दा मन हलुङ्गो हुने स्थिति थिएन त्यसबेला ।
हो, चारदिन पहिले म र मेरी श्रीमती भेट्न जॉंदा ‘निमोनियाको शंका गरेर डाक्टरले औषधी दिएको छ ।’ भन्दै केही दुखेसो पोख्नु भा’थ्यो मुमाले । मैले केहीदिन मेरो घरमा जाउ‘ं न त भनेर भन्न सकिन,न मेरी श्रीमतीले नै सकी । त्यो नै मेरो जिन्दगीमा खड्गो बन्न पुग्यो आज । हेर्दा, अनुहार चहकिलै थियो त्यसबेला । अचानक अप्रिय घटना घट्छ भन्ने कुनै आशङ्कै थिएन मभित्र । तर एउटा यथार्थ के हो भने निमोनियाको औषधी सेवन गरिरहेको व्यक्तिलाई घण्टौ‘ं लगाएर नुहाइदिनु हु‘ंदैनथ्यो । भाइभन्दा पनि शिक्षित भनाउ‘ंदी बुहारीमा त्यति चेतना हुनुपथ्र्यो नैै, तर भएन । किन भएन ? कसरी भएन ? भनेर कारणहरू कोट्याउनुको अब कुनै अर्थ छैन । जे हुनुथ्यो त्यो भयो भनेर मन बुझाउनु सिवाय ।
यति कुराकानी हु‘ंदाहु‘ंदै बहिनी र ज्वाइ‘ं पनि आइ पुगे । म सरासर इमर्जेन्सीभित्र छिरे‘ं । छेवैको सिटमा मुमाको शरीर लम्पसार थियो । चिरनिद्रामा रहेकी मेरी आमाले ’किन ढिलो आइस् छोरा ?’ भनेर भनेजस्तो लाग्यो । कपडाले छोपिएको मुहारलाई खोलेर हेरे‘ं, छामे‘ं । तातै थियो । मुहार हेर्दा मस्त निद्रामा सुतेको जस्तो देखिन्थ्यो । यसै क्रममा अचानक भक्कानो छुट्यो । एकछिन मेरो रुवाइले अस्पतालै गुञ्जाएमान बन्न पुग्यो । अन्ततः रुनु मात्र ठूलो कुरा थिएन– त्यसबेला । मैले आफ्नो मनलाई धैर्य गराउ‘ंदै सोच्न थाले‘ं – ‘ यति राती कसलाई खवर गर्ने, कसलाई नगर्ने ?’ भन्दै । मलाई पनि मध्यरातमा कसैलाई दुखः थोपरू‘ं भन्ने लागेन ।
यत्तिकैमा एकजनाले ‘ अब पशुपति लगौ‘ं दाई । यहॉं राखिरहेर केही फाइदा छैन’ भन्दै आफ्नो बौद्धिकता देखायो ।
अर्कोले भन्यो– ‘हो, किन राखिराख्नु ?’ मैले हु‘ंदैन भन्न सकिन । हु‘ंदैन भन्न मस‘ंग केही विकल्प पनि थिएन । अन्ततः आफ्ना आफन्त र शुभचिन्तकहरूका उपस्थिति बिना नै वेवारिसे लाशझै‘ं शववाहनमा कुदाएर पशुपति आर्यघाट पु¥याइयो ।
रातको झण्डै २.३० बजेको समय । बागमतीले चिसो सिरेटो हुर्काउ‘ंदैै थियो ।
मुमाको लाशलाई ब्रह्मनालमा राखेपछि शुरमा भनौ‘ं या बेशुरमा आपूmले नजिक सम्झेका केही नातेदारहरूलाई फोन लगाए‘ं । कतिले उठाए । कतिले उठाएनन् । दुःखमा कोको काम लाग्दा रहेछन् भनेर चिन्ने मौका पनि पाए‘ं । अनि पशुपति नजिक भएकोले मेरा आत्मीय मित्र एवम् वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेललाई सम्झे‘ं । उहॉं केही समयभित्रै आर्यघाट आइपुग्नु भयो । अरूबेला त्यति आत्मीयताको पोको नखोल्ने ज्ञानुजी नै सर्वप्रथम आर्यघाटमा उपस्थित भएर मलाई अचम्मको गुण लगाउनु भयो । त्यसपछि साहित्यकार तथा पत्रकार जयदेव भट्टराई, व्याकुल पाठकलाई खवर गरे‘ं । उहॉंहरूले सान्त्वना दि‘ंदै समवेदना व्यक्त गर्नुभयो । त्यसपछि कसैलाई खवर गर्न मन लागेन । अनि रातको ३.३० बजे नचाह‘ंदा नचाह‘ंदै मैले आमाको मुखमा दागबत्ति दिएपछि ६.३० मा सुन्दर त्यो भौतिक शरीर खरानीमा बदलियो । अस्तु बागमतीमा सेलाएको केही वेरपछि हामी तीन क्रियापुत्री फर्कियौ‘ं झारी बोक्दै– घरतिर । ७.३० मा घर पुगेपछि छत्रवास बस्नु पर्ने भएकोले पानी सिवाय कुनै अन्न खान नहुने नियमभित्र बॉंधियौ‘ं हामी । मानिसहरू आउने जाने क्रम शुरू भयो । त्यसबेला शिवपुरी साहित्य समाजका अध्यक्ष वियोगी बुढाथोकीलाई दुखद् समाचार फोनबाट सुनाए‘ं । उहॉंले घटना विवरण टिपेर पत्रिकाहरूमा फ्याक्स गरिदिन्छु भन्नुभयो । तर उहॉंलगायत शिवपुरी साहित्य समाजका कुनै पनि पदाधिकारीका मुख तेह्रदिनसम्म देख्न पाइन मैले । समाजको उपाध्यक्ष भएकोमा मलाई मनमनै खिन्नता पनि जाग्यो । यसै क्रममा मित्र धु्रव मधिकर्मी, छविरमण सिलवाल, अनन्त वाग्ले,प्रतिरोध कार्की, राजकुमार बानियालाई पनि सम्झन पुगे‘ं । उहॉंहरुबाट पनि मौखिक एकअञ्जुलि समवेदना बर्सियो नै ।
भोलिपल्ट अर्थात कार्तिक २१ गते गोरखापत्र र नेपाल समाचारपत्रमा ‘साहित्यकार जी.सी.लाई मातृशोक’ शीर्षक बोकेर समाचार छापियो । त्यसको ५÷७ दिनमा पूनर्जागरण अनि पालैपालो जनसत्ता साप्ताहिक, नवरस साप्ताहिक, राष्ट्रवाणी साप्ताहिक, युगसम्वाद साप्ताहिक, त्रिशुली प्रवाह साप्ताहिक, चैतन्य ज्योति र बिराटनगरबाट पूर्वाञ्चल दर्पणलगायत देशका बिभिन्न स्थानहरूबाट संचार माध्यमले मप्रति दया जगाए । वरिष्ठ पत्रकार दाजु हरि लम्साल, सोमनाथ सुवेदी, देवी पन्थी र श्रीराम श्रेष्ठज्यूले त मुमाको तस्विर मागेर अफ्ना पत्रिका र संस्थाको तर्फबाट समवेदना प्रकाशित गरिदिनु भयो । उहॉंहरूले लगाउनु भएको गुणप्रति जिवनभर शिर निहु¥याउ‘ंदै सम्मान गर्नुका विकल्प अरू छैन भन्ने लाग्छ मलाई ।
कान्तिपुरमा ‘त्यस्तो समाचार छापि‘ंदो रहेनछ दाइ !’ भनेर अनन्त वाग्लेजीले फोन गर्नुभयो । नागरिक, राजधानी र अन्नपूर्ण दैनिकले त्यसै टारिदिए । अझ भनौ‘ं त्यहॉंका पत्रकार भनाउ‘ंदा मित्रहरूले खै केको हो बदला लिए मस‘ंग । भगवानले उनीहरूलाई सधै‘ं न्याय गरून्, बस् । पत्रिकाको गरिमालाई आफ्नो मुठ्ठीभित्र कैद गर्न सक्ने केही तथाकथित पत्रकार भनाउ‘ंदाका व्यवहार देखेर थोरै दुःख पनि लाग्यो । वास्तवमा भन्नु पर्दा तीन दशकभन्दा लामो साहित्यिक यात्राको क्रममा ज्यादै नजिक देखिएकाहरूमध्ये केही दुःखका बेला एकरत्ति काम लागेनन् तर जसलाई मनबाट अलि टाढा राखेकोथे‘ं तीबाट भने भरपूर मद्धत मिल्यो । के गर्नु दैवको लीला अचम्मकै हु‘ंदोरहेछ । मलाई त्यसैबेला जो कोहीले जो कसैलाई पनि झट्ट नजिक र टाढाको ठान्नु हु‘ंदो रहेनछ भन्ने हेक्का पनि भएथ्यो ।
जे जस्तो भए पनि आमा गुमाउ‘ंदाको पीडालाई मत्थर गर्न मेरा धेरै आत्मीय मित्र ,अग्रजहरू, प्रशासन सेवाका वरिष्ठ अधिकारी, सेना, प्रहरी, मानवअधिकारकर्मी, पत्रकार ,कलाकार एवम् बालसखाहरूले ठूलो भूमिका निर्वाह गरे । तेह्रौ दिनका दिन मेरी बहिनीकी साथी मात्र नभई मलाई अति नै श्रद्धा र स्नेह गर्ने समाजसेवी बहिनी (गङ्गा शर्मा)ले त मलगायत मेरा दुई भाइ र एक बहिनीलाई ऊनको पञ्जा र सल दिएर कहिल्यै नबिर्सने गुण लगाइन् । त्यस्तै कोराभित्र बस्दा मेरा ठूलोबुवाज्यूका कान्छो छोरा अर्थात् मेरा आदरणीय दाजु राधाकृष्ण जी.सी.स‘ंग सापटी मागेको पॉंच हजार चोखिएपछि तिर्न खोज्दा दाजु र भाउज्यू रेणु जी.सी.ले लिन मान्नु भएन । मैले जवरजस्ती ’लिनै पर्छ’ भनेर कर पनि गर्न सकिन । बुबाको निधन हु‘ंदा कतिजनाले खर्च चाहिन्छ कि बाबु ? भनेर नसोधेका होइनन् मलाई तर आफ्नो गक्षनुसार टारेको थिए‘ं समस्यालाई त्यसबेला । तिर्नु नपर्ने गरी जीवनमा कसैबाट एकपैसा नलिएता पनि दाजुभाउजुबाट ममाथि देखाइएको स्नेहका सामु मैले आफ्नो स्वाभिमान झुकाए‘ं अर्थात् म सदाका लागि ऋणी बने‘ं उहॉंहरुका । यो गन्थन छोडौ‘ं अब ।
हो, आफ्ना नातेदारहरूमा माइला ससुरा दलबहादुर राउत, कान्छी सासु हिरा राउत, बिष्णुप्रसाद लामिछाने, भिनाज्यू सूर्यबहादुर बज्राचार्य, पदमसिंह कार्की, नानीकाजी थापा, रेवन्तबहादुर कु‘ंवर, ज्वाईं रोशन लामिछाने, रुपलाल अवाले, साढुदाई बिमल भट्टराई,साढुभाइ वशन्त हु‘ंमागाइ‘ं, गणेशराज कार्की, जय बर्मा,मनोज बस्नेत,तेजराज ढकाल,नविन सुवेदी,सन्तोष आचार्य, भाइ शंकर राउतलगायत मोवाइलबाट समवेदना प्रकट गर्ने अनगिन्ती शुभचिन्तकहरूमध्ये नेपाल सरकारका सचिव युवराज पाण्डे, बागलुङ्गबाट सहायक रथी बिनोज बस्न्यात, महासेनानी सुरेश राज थापा, लमजुङ्गबाट प्रमुख सेनानी गोपालबहादुर थापा, चितवनबाट धनराज गिरी, धनगढीबाट टोपेन्द्र शाह, पर्वतबाट सरस्वती शर्मा, बेलायतबाट भाञ्जी रेणु के.सी., अमेरिकाबाट भतिज आयुष जि.सी.,भाञ्जा रसिक कार्की र यहॉंकै मेरा मित्रहरू किशोर पहाडी, श्रीपुरुष ढकाल, प्रल्हाद पोखरेल, दिव्य गिरी, प्रकाश सायमी, नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, गोर्खा एफ.एम.का रञ्जित ज्ञवाली, नेपाल समाचारपत्रका सम्पादक व्याकुल पाठक, जनसत्ता साप्ताहिकका राम सञ्जेल, गोरखापत्रका जयदेव भट्टराई, पूनर्जागरण साप्ताहिकका धु्रव मधिकर्मी, त्यस्तै नुवाकोट साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष श्रीराम श्रेष्ठ, किरण गजुरेल, विष्णु सापकोटा,रामकृष्ण भट्ट, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरण सापकोटा ‘उत्सुक’, साहित्यकार श्रीहरि फु‘ंयाल, कृष्ण कुसुम, मधुसुदन पाठक, युवा समालोचक सुरेश हॉंचकाली, वरिष्ठ पत्रकार हरि लम्साल, सोमनाथ घिमिरे, वैतडीका दिपसागर प्यासी, मानव अधिकारकर्मी सुदीप पाठक,डा.नरेशप्रताप के.सी.,ई.राजुजङ्ग रायमाझी, कलाकार मोहन मिश्र, साहित्यसेवी विदुर गौतम, बालिका गिरी, रेडियो पत्रकार बिक्रम तिमिल्सिना, वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, रोचक घिमिरे, युवराज मैनाली खिमानन्द पोखरेल, प्रकाश रम्घाली, शिव आर्य, विद्याप्रसाद घिमिरे, हरिसिद्धि ईटा तथा टायल कारखानाका संचालक शाश्वत शर्मा, महाप्रबन्धक प्रकाशमान श्रेष्ठ, लेखा प्रमुख मञ्जिल ढकाल, चौधरी गु्रपका महाप्रबन्धक विश्वास राई, सि.जी. फुड्सका ईन्चार्ज सचित न्यौपानेलगायत थुप्रै–थुप्रै शुभचिन्तक,नातेदार र साथीभाइहरूका उपस्थिति अनि समवेदना र सहानुभूतिका शब्दहरूले मातृशोकमा थोरै भए पनि राहत मिल्यो नै । कसैले त पछि आएरै भए पनि ‘ओहो थाहै भएन !’ भन्दै दुःख व्यक्त गरे । यसलाई अन्यथा नलिऊ‘ं ।
हो, साथीभाइ भनाउ‘ंदा दुईचारजना बाहेक सबैबाट सान्त्वना पाए‘ंं मैले । दुःखको घडीमा काम नलाग्ने ती मनभरि स्वार्थ र इष्र्या भरेर बसेकाहरूलाई कहिलेकाही‘ं सम्झिए पनि अहिले नाम लिनुको सार्थकता केही रह‘ंदैन । बाबुआमा सबैका मर्छन् एकदिन । ढिलो र चॉंंडो मात्र हो । प्रकृतिले निर्माण गरेको यो नियम तोड्दै छोराछोरी भनाउ‘ंदा पनि बाबुआमाभन्दा अघि नजाने त होइनन् यो संसारबाट । तर उल्टो चक्र कमै घुम्ने गर्छ । वास्तवमा भन्ने हो भने जो पहिला आउ‘ंछ ऊ नै पहिला जानुपर्छ । त्यसैले मभन्दा अगाडि यो धर्तीमा पाइला टेकेकी मेरी आमाले हामी सबैलाई छक्काउ‘ंदै,रूवाउ‘ंदै भौतिक शरीर चटट् छोडेर अगाडि गइन् । तर,कहॉं गइन् त्यो भने थाहा छैन । स्वर्ग या नर्क जुन लोकमा गए पनि यो लोकमा मेरी आमा छैनन् अब । तर, मैले बुझेको यही हो कि सुख र दुःख एकदिन सबैमा आउ‘ंछ नै । हितैषीहरू यी दुबैमा साथ हुनसक्नु पर्छ । हैनभने चेतनशील मान्छे बनेर बॉंच्नुको अर्थ नै के रहन्छ र ?
आफ्नै हातले दागबत्ति दिएर खरानी बनाए पनि अझैसम्म मेरी आमा यो धर्तीमा छैनन् भन्ने लाग्दैन मलाई – फोटोहरू हेर्दा, भिडियोहरू हेर्दा । यद्यपि मैले निरीह समयसित साक्षात्कार गरिसके‘ं । यो धर्तीमा जन्मेर बालकबाट जवान हु‘ंदै प्रौढ हुने अवस्थासम्म मैले दाजु, बुबा र आमालाई पशुपति आर्यघाटमा आफ्नै हातले खरानी बनाई सके‘ं । दाजुलाई बनाउ‘ंदा बुबाआुमा सम्झेथे‘ं । बुबालाई बनाउ‘ंदा आमा सम्झेथे‘ं र अहिले आमालाई गुमाउ‘ंदा सम्झने व्यक्ति कोही छैनन् केवल ईश्वर सिवाय । दुःख पर्दा ‘आमा’ भनेर गुहार्ने व्यक्ति मेरो यो संसारमा छैन अब । अझै सम्झन्छु मैले बाल्यकालमा आमाको दुध पिएको । होे,चार,पॉंच वर्षसम्म मैले चुसेको थिए‘ं आमाको दुधका लाम्टाहरू । र कहिलेकाही‘ं सञ्चो नहु‘ंदा आमाले कपाल र गाला मुसारेपछि वा अझ भनौ‘ं आफ्नो सामुन्ने आमा भएपछि कतिपय रोगहरू स्वतः कता भाग्थे कता ? दशै‘ंमा अनेकौ‘ं आषिकसहित टीका र जमरा थापिसकेपछि उनीहरूका पाउ ढोक्दा कति गौरवान्वित भइन्थ्यो ? अबका दशै‘ंहरूमा कसले लगाउने मलाई त्यो आषिकसहितका टीका र जमरा ? अ‘ंह‘ं छैनन् मेरा आमाबाबु नै अब यस संसारमा । हरेक वर्षको टीकामा आफ्नो खाली निधार हेर्दै धुरुधुरु रुनुपर्दा पो थाहा हु‘ंदोरहेछ टुहुरो बन्नुपर्दाको पीडा !