नदेख्नु’थ्यो देख्यौँ हामीले तपाईंका ती चालाहरू
भन्न थाले धेरैले अचेल कस्ता रै’छन् सालाहरू ।

गर्दै नगरी देश र गरिबका लागि कुनै काम
जता गयो लाज छोप्दै पहिरिनु हुन्छ मालाहरू ।

सोझासाझा युवाहरू बन्दैछन् आज वेरोजगार
खोल्नु भा’छ आफ्नैलाई अवसरका ती तालाहरू ।

भो, पर्दैन अब आश्वासनका शिखरमा चढाउन
अविश्वासले भरिँ दैछन् हाम्रा डोका र डालाहरू ।

हो,उठेकोथ्यो नेपाल बोक्दै चन्द्र–सूर्य झण्डा हिजो
किन झुकाउन खोज्दैछन् आज गोरा र कालाहरू ।
०००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *