भर्खरै निश्चेतनबाट ब्यूँझेर
धर्मराउ‘ंदै उठेका हामी
अर्थात् नेपाली भनाउ‘ंदा भेडाहरू
मनोमालिन्यको भूमरीमा
अझै निर्धक्क बॉंच्न सकेका छैनौ‘ं कविज्यू !
००
बेथितिको पहाडमा टुसुक्क बस्दै
शिरमा लालीगुरॉंस सिउरिने
ऑंखाभरि सगरमाथा हेर्ने
एकताको आकाशभित्र
’नयॉं नेपाल’ जन्माउने कल्पना
केवल सपनै बनेको छ हाम्रो कविज्यू !
००
अ‘ध्यारो आस्था र विश्वासमा
मगनमस्त बनेका हाम्रा ’भेडे’ मनहरू
’कालापानी’का भतभती पीडा निल्दै
आज ’सुस्ता’ धरधरी रु‘ंदा
अखण्डताको हिक्का बिर्सने भा’छौ‘ं कविज्यू !
००
शान्तिसुरक्षाका काला आवरणभित्र
खु‘ंडा, खुकुरी,तरवार
बम,बारुद र गोलीहरू अझै
जनाज्ञा सल्काउ‘ंदै नाच्न छाडेका छैनन्
नियम र कानुन ओकल्ने मूर्तिहरू
नाङ्गा भुतुङ्गा बन्दै लाजले
लुकेका छन् लाजले सि‘ंहदरबारभित्रै कविज्यू !
००
अ‘ह‘ं, सकेनौ‘ं हामीले
बन्दुकको नालमा अमृत फलाउन
सङ्घीयताको ऑंगनीमा हिमाल ठड्याउन
स्वतन्त्रताका उज्याला पुञ्जहरू
अहङ्कारको कुरुक्षेत्रमा धूमिल हु‘ंदा
सगरमाथे स्वाभिमान
पग्लदै‘ं–पग्लदै‘ं
बन्दै छ विखण्डनको तलाउ कविज्यू !
००
कुन्नि, हिजो तपाइ‘ंले नि
गुहार्नुभा’थ्यो प्रभुलाई
आफू ’भेडो’ बन्न
तर, हामी आज महाप्रभुहरूबाटै
’भेडा’ बनाइएर अन्धकारमा हि‘ंड्दै छौ‘ं
अतिक्रमणको छियाछिया मुटु बोक्दै
अब आफै भन्नुस् न !
कुन खुसीमा
खै, के कविता लेखू‘ं कविज्यू !
०००

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *