–किराती शोभा सुनुवार “जुलियट”
म
छेपारो सुताई
बसेँ प्लेक्तेक्का घाम तापेर ।
दिनभरि पर्खेँ तिमीलाई
रातभरि सोचेँ तिम्रो वारेमा
यताउता आँखा घुमाएँ, छामे आपैंmलाई
तिमीलाई आँगालो मारेर के के मनको वात गर्छु भनेर
तिको तिको गरेर प्लेक्का टाँसेर बसेँ पहराका कापहरुमा
कल्पना गर्दै तिमी मभरि सिञ्चित भयौ ।
जा है, रिङने दा
के पो सोँचे तिमीलाई मन मनमा
च्याप्पा समातेर म्वाई खाँदै आनन्दको स्वास फेरुँ
मग्मगाइरहेको मीठो सुगन्ध सुँगेर आनन्द लिन
तिम्रो पाखुरा समाएर मनभरि मायाको विस्कुन सुकाउन
शक्ति सञ्चय गरेर लाःमो जिब्रो निकाल्दै
तिमीलाई आँगालोमा धित्मरुञ्जेली बाँधौं भन्दाभन्दै
मध्यान्नको तातोमा तातिएर पहराको च्यापमा च्यापिँदा
त्यसको मोरो पर्ने चनाखो बन्दा बन्दै, जोगिँदा जोगिँदै
अच्चे, अचम्म
मलाई नै पो नाङ्गेझार बनायौं
क्लाङ–लाला पउत्तानो पा¥यौ
आदिवासी जनजाति कोइँच हुँ भन्दा त
आइय्यौ,
दिनदहाडै हेर्दा हेर्दै तिम्रो सामु
म त शिशिर यामको छेपारो पो बनिसके छु ।