सष्ठासंग अन्र्तवार्ता
———————-
प्रवीण पुमाको जन्म वि.सं.२०३५ चैत ७ गते चिसापानी–७, खोटाङमा भएको हो । पुमाले पोखरा विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा एम.फिल.गरेका छन् । पुमाले सुम्निमा(अभिनय, १९८८ इ.), प्रजातन्त्र (लेखन, १९९० इ.), सुम्निमा–पारुहोङ (लेखन/निर्देशन/अभिनय,१९९२/२०१४ इ.), सुम्निमा(लेखन/निर्देशन/अभिनय, १९९३/२०१५ इ.), निनाम्मा (लेखन/निर्देशन/अभिनय, १९९४ इ.), यस्तै रहेछ जीन्दगी (लेखन/निर्देशन/अभिनय, १९९६ इ.), हेत्छाकुप्पा (लेखन/निर्देशन/अभिनय,१९९७ इ.), साकेन्वा(लेखन/निर्देशन/अभिनय, १९९८ इ.), स्यामुना (लेखन/निर्देशन/अभिनय, २००० इ.), इडिपस रेक्स (निर्देशन/अभिनय, २००१ इ.), एउटा घरको कथा होइन(अभिनय/निर्देशन, २००२ इ.), उ मरेकी छैन (अभिनय, २००३ इ.), मलामी (अभिनय, २००३ इ.), मृत्यु सम्पादन (अभिनय, २००३ इ.), यु एण्ड मी (अभिनय, २००३ इ.), ईतिहासभित्रको इतिहास (निर्देशन, २००३ इ.), वुद्ध हराएको सुचना(अभिनय, २००३ इ.), निर्वासित मनहरु (अभिनय, २००४ इ.), राइडर टु ड सी (निर्देशन, २००६ इ.), यलम्वर (निर्देशन, २००६ इ.), साया ( लेखन/निर्देशन/अभिनय, २००७ इ.), आस्थाः मुन्दुमको साया( लेखन/निर्देशन/अभिनय, २००८ इ.), राइजिङ टु द मुन(निर्देशन, २०१० इ.), हारुनको मुरली (निर्देशन, २०१० इ.) आदि नाटकहरुमा काम गरेका छन् । उत्कृष्ट नाट्यकर्मीका रुपमा परिचित प्रवीण पुमा बिभिन्न सङ्घ संस्थाबाट पुरस्कृत तथा सम्मानित भएका छन् । उनीले सुम्निमा थिएटर एकेडेमीबाट सर्वोकृष्ट अभिनेता (ई.१९९८) र सर्वोकृष्ट निर्देशक (ई.१९९९), नेपाल सरकार, साँस्कृतिक संस्थानबाट ‘उत्कृट नाट्य प्रस्तुति पुरस्कार’ (पूर्वाञ्चल नाटक प्रतियोगिता–ई.२००३), किरात राई बिद्यार्थी सङ्घ, केन्द्रीय कार्यसमितिबाट ‘उत्कृट नवप्रतिभा सम्मान’ (ई.२००३), नेपाल सरकार, नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘उत्कृट नाट्य प्रस्तुति पुरस्कार’ (राष्ट्रिय नाटक महोत्सव–ई.२००६), नेपाल सरकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानबाट ‘उत्कृट नाट्य प्रस्तुति पुरस्कार’ (राष्ट्रिय नाटक महोत्सव–ई.२००१५), भारतीय किराती खम्वू राई सङ्घ, केन्द्रीय कार्यसमितिबाट‘मुन्दुममा योगदान पु¥याएवापत सम्मान–२०१६’ (राष्ट्रिय नाटक महोत्सव–ई.२००६) आदि पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । सुम्निमा थिएटर एकेडेमीका सस्थापक अध्यक्ष, नाट्यकर्मी महासंघका उपाध्यक्ष रही काम गरेका पुमा, रङ्गमञ्च, साहित्य तथा कलासित सम्बन्धित विभिन्न संस्थामा आबद्ध छन् । यिनै प्रतिभावान् सर्जक, अध्येता तथा नाट्यकर्मी प्रवीण पुमासँग चन्द्रप्रसाद पाण्डेयले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश :
१. रङ्गमञ्चमा कसरी प्रवेश गर्नुभयो ?
–२०४५ सालमा सुम्निमा नाटकमा होङछाको अभिनय गरेको थिए । त्यस समयमा घरघरका खाट, तन्ना लिएर नाटक गथ्र्यौँ । यो नै हो, रङ्गमञ्चमा मेरो प्रवेशको ढोका ।
२. नाटक लेखनमा प्रवेश चाहिँ ?
–वि.सं. २०४९ मा नाटक लेखेको थिए । त्यो नाटक सुम्निमा पारुहाङ हो । यसपछि निरन्तर नै नाटक लेखिरहेको छु ।
३. तपाईंको नाट्य रुचि त मुन्दुमी संस्कृतिसँग बढी देखिन्छ नि ?
–म काम गर्छु, गफ होइन । तर फरक किसिमले । नेपाली नाट्य घठनामा नै । तर केही साथीहरू विदेशी संस्कृतिमा नाटक गरिरहेका छन् । त्यसले मन करक्क खान्छ । तर नेपालीले त नेपालकै कुरा लेख्नुपर्छ । अनि खोजी गरेँ, बालनको । बालन नाटक देखेँ । मुन्धुमी नाटक खोजेँ । तर भटिन । त्यसैले मुन्धुमी नाटक लेखेँ । तर, मैले समकालीन अन्य विषयमा पनि काम गरेको छु ।
४. तपाईंको नाटक लेखनको शैली कस्तो छ ?
–वृत्तकारीय शैलीको ।
५. पात्रको नाम तथा शब्दावलीहरूमा ‘ङ’ वर्णको प्रयोग बढी पाइन्छ नि ?
–सिर्जनमा जे चिज छ, त्यही लेखिनुपर्छ । विषयवस्तु तथा परिवेश आञ्चलिक भएर मेरो सृजनामा ङ मिसिने गर्छ । पात्र र विषयअनुकूलको भाषा त हुनै प¥यो नि ।
६. निर्देशन गर्दा नाटकको छनौट कसरी गर्नुहुन्छ ?
–नाटकले समाजको पहिचानलाई छुएमा नाटकको छनौट गर्छु । नाटकमा सिमान्तकृत विषयलाई बाहिर ल्याउन कोसिस गर्दछु ।
७. तपाईंलाई किराती नाटककार भने के भन्नुहुन्छ ?
–मुर्खहरुले किराती नाटककार भन्छन् । केही मुर्ख विद्धवानहरुले भनेका पनि छन् । सर्वप्रथम, म नेपाली हुँ । मसँग नेपाली नागरिकता छ । त्यसैले नेपालीमा लेखिएका नाटकहरु पनि नेपाली नाटक नै हो । अव कुरा रह्यो, किराती नाटकको । तर नेपालमा धेरै भाषा–संस्कृतिहरु छन् । त्यसमध्येको किराती भाषा–संस्कृति पनि एक हो । यो भाषा–संस्कृति नेपालको सम्पत्ति हो । तर यो सम्पती सिमान्तकृत छ । त्यसलाई नाटकमा बाहिर ल्याएको हुँ । नाटकले जीवन दिने हो । जीवनमा धेरै कुराहरू हुन्छन् । तर, नाटकमा दर्शकको चाहनालाई समेटिएको हुन्छ । मैले किराती नाटकमात्रै होइन, अरू संस्कृतिमा पनि नाटक लेखेको छु । अव सिमान्कृत विषयवस्तुलाई नाटकमा वाहिर ल्याउँदा किराती नाटककार भनियो भने घोर अपमान हुन्छ ।
८. कलाकारहरुसँगको सहकार्य कसरी गर्नुहुन्छ ?
–नाटक सामूहिक कार्य हो । यसमा सबै कलाकारको समान भूमिका गर्नुपर्छ । त्यसैले कलाकारसँग पनि सामूहिकतामा नै काम गरेको हुन्छु । तैपनि पहिला कलाकारहरूलाई पाठ पढ्न दिन्छु । आफ्नै तवरमा काम गर्न दिन्छु । ब्लकिङ्मा पनि कलाकारहरूकै कामलाई प्राथमिकता दिन्छु । अनि मात्र संयोजनको काम गर्छु । तर आफूले सोचेअनुसारको भएन भने बल्ल निर्देशनको काम गर्छु । वरिष्ठ कलाकारलाई अधिकृत तहको पारिश्रमिक दिने गर्छु । तर सिकारुहरूलाई बाटो खर्च दिन्छु ।
९. समकालीन नेपाली रङ्गमञ्च कसरी अगाडि बढेको छ ?
–नेपाली रङ्गमञ्च धेरै माथि उठेजस्तो देखिन्छ । तर माथि उठेको छैन । केही नाटकहरु काठमाडौ, पोखरा, विराटनगरमा भयो भन्दैमा राम्रो भो भन्न मिल्दैन । नाटकमा नेपाली पहिचान छ कि छैन, त्यो महत्त्वपूर्ण कुरा हो । सन् २०१२ मा सिक्किममा नेपाली नाट्य नीति सोधियो । तर रातो न पिरो भए । तैपनि नेपाली नाट्य नीतिमा नेपाली राष्टियता रहेको उत्तर दिए । तर वास्तवमा नेपाली नाट्य नीति नै छैन । भएकाहरु प्नि भद्रगोल नै छ । नाटकको नीतिको बारे सोचिएको पनि छैन । तर नाटकमा नेपाली संस्कृति आउनु पर्छ । नेपाली संस्कृतिको नाटक नै नेपाली नाटकको पहिचान हो । नेपाली नाटकमा केही राम्रा कामहरु पनि भएका छन् । तर, सन्तोष मान्नुपर्ने स्थिति पटक्कै छैन । यसले नेपाली रंगमञ्चलाई धरापमा पारेको छ ।
१०. तपाईं नाट्यकर्मी महासंघको उपाध्यक्ष पनिहुनुहुन्छ, यस महासंघको बारेमा बताइदिनुन ?
–नाट्य महासंघ २०६५ मा स्थापना भएको हो । यस संस्थाले नाट्यकर्मीहरुको हकअधिकारलाई उठाइ रहेको छ । यसले विभिन्न नाट्य समूहहरूलाई संगठित गर्ने काम गरेको छ । यसको लक्ष्य चाहिँ नेपाली रङ्गमञ्चलाई सैद्धान्तीकरण गर्दे लैजान चाहेको हो । अन्तयमा, यस महासंघमा आवद्ध हुन सवै
Please follow and like us: