नचाहेरनि
दोस्रो नागरिक भएर
बाच्नुको पीडा
स्वयंम उसैलाई थाहा होला
परिवर्तनशिल समय सगैं
केही पञ्चेहरुले
सान्तिको बिगुल छर्छौ भनेर
असान्तीको डाण्डब मच्याएर
दिन दहाडै निर्देश जन्ताहरुलाई
एकात्मक राज्यका भरौटेहरुले
दर्दनाक रुपमा हजारौं मान्छेलाई
जिउदो बलि चढाएर
उ अझै मौन बसिराछ !
गरिब , निमुखा , बेसाहारा , पीडित, अनाथ
अनि आवाज बिहिनहरुको
आवाज भएर आवाज उठाउदा
तिनै आज देशद्रोही भएका छन !
समयको अन्तराल सगैँ
देशले काचुली फेरिपनी
फेरिएका छैनन् ती
गरिब निमुखाका सपनाहरु
हजारौं बर्ष देखि अपहेलित भएर
बाचेँ पनि जिउँदै मरेसरी भएका छन
आफ्नै देशमा उ दोस्रो नागरिक भएर बाचेको छ
उसको अधिकार खोसिएको छ
उसको इतिहास लुटिएको छ
उसको नाम मेटिएको छ
उसको आफ्नै बोल्ने भासालाई मारिएको छ
उसको अस्तित्वलाई पटकपटक बलात्कार गरिएको छ
उसलाई जबर्जस्ती नियम कानुन लादिएको छ
उसैको अगाडि मातृभुमीको अस्मिता लुटिएको छ !
हो ……अब
उ यो जन्झिरबाट उन्मुक्ति चाहन्छ
अनि यो दलदलबाट
आफ्नो अधिकार माग्न चाहान्छ
राज्य बाट हेपिएपछी
अनि आफ्नु भासा खोसिएपछी
उ आफ्नो भासा माग्न चाहान्छ
अनि
आफ्नै रितिरिवाज सगै
उ रम्न र नाच्न चाहान्छ
आफ्नै भासामा
अनि आफ्नै सन्सारमा
अनि आफ्नै अस्तित्वमा
अनि आफ्नै पहिचानमा
खुलेर घुम्न चाहान्छ
विडम्बना उसलाई यहाँ
एकात्मक राज्यसत्ताले
देशद्रोहिको उपनाम दिन्छ
अनि उसले
अधिकार माग्नु गल्ती होर?
अनि आफ्नै पहिचानमा बाच्नु गल्ती होर उसको ?
देश ,गाउँ,समाज परिवर्तन सगै
व्याक्ती परिवर्तन हुन्छ !
राज्यबाट उ सधै
अपहेलित सगै जिउँदै मरेतुल्य भएर बाचेपछी
यश धर्तिमा धर्ती
अवस्य जन्म जन्मने छन
सि.के. जस्ता हजारौं पुत्रहरु
आफ्नो अधिकार सुनिश्चित गर्न
भासा , संस्कृति र पहिचान सुनिश्चित गर्न
आवाज उठाउनेछन
अनि पहिचान बिहानको पहिचान बनाउनेछन !
मातृभुमिको बलात्कारीहरुको नाम निसाना मेटाउनेछन !
अनि अझै धेरै सि.के.जस्ताहरुको जन्म हुनेछन !
लेखक~ सुमन सहयात्री योङहाङ
मिति ~०१ अप्रिल २०१६