किन धेरै रुन्छु म, उनैलाई सोध किन पागल हुन्छु म, उनैलाई सोध भो उजेलो चाईदैन, अधेरो नै ठिक छ किन अधेरो चुन्छु म, उनैलाई सोध उन्लाई सम्झीएर, राती एकान्तमा किन मुख थुन्छु म, उनैलाई सोध भिजेको सिरानी, आफ्नो साथी बनाई कस्को फोटो छुन्छु म, उनैलाई सोध टाढा बाट कसैले, बोलाए झै लाग्छ कस्को आवाज सुन्छु म, उनैलाई सोध किन धेरै रुन्छु म, उनैलाई सोध "एकान्त प्रेमी" यो मनको फूलवारीमा, पलाएर हेर तिमी कती उब्जाउ हुन्छ माया,फलाएर हेर तिमी तारा झार्ने जुन टीप्ने,बाचा गर्नु छैन मलाई दिन्छु ज्यान तिम्रो लागी,ढलाएर हेर तिमी हातमा तिम्रो तस्बिर बोकी,टोलाईरन्छु दिनैभरी जिऊदै छु की मरीसके,चलाएर हेर तिमी डुबी-डुबी तिम्रो यादमा,अचेत भएको छु अचेल आथ्था भन्दै उठ्छु की त, जलाएर हेर तिमी हो सास वाकी छ,यो शरीर भित्र कतै कहा अड्कीयो एकचोटी,हल्लाएर हेर तिमी "एकान्त प्रेमी" धागो बाधेर, खाम आयो फर्केर लास कसैको, गाम आयो फर्केर बिदेश गका'थे, कमाउन सायद त्यही पारीको, राम आयो फर्केर सास त्यागेर, परदेशी भुमीमा मात्र ऊसको, नाम आयो फर्केर शुरू गर्दैथ्यो, आफ्नो कथा लेख्न ऊ बनी पूर्ण,विराम आयो फर्केर रूदै थिईन, बुढी आमा लुकेर छोरा जल्यो, मलाम आयो फर्केर मात्र ऊसको, नाम आयो फर्केर "एकान्त प्रेमी" ए काल! आईज तलाई, पर्खेर बसीराछु कैले आउछस? आकाशतिर, फर्केर बसीराछु चोट दूनीयाले मलाई, यती दियो की सिङ्गो मान्छे टुक्रा टुक्रा, चर्केर बसीराछु किन यस्तो लेखीस भाग्य?, भनी रिसाएर मन्दिरको ढुङ्गा सगं, झर्केर बसीराछु जीन्दगीमा मैले पनी, गरे हुला पाप धेरै हेर न आज गंगाजल, छर्केर बसीराछु या त लैजा प्राण मेरो, या बाच्न दे मलाई जीवन-मरणको दोसाधमा, अड्केर बसीराछु ए काल! आईज तलाई, पर्खेर बसीराछु "एकान्त प्रेमी" यहा मान्छे हरचिजको , मोल लगाउछन औकात अन्सार आ-आफ्नो, बोल लगाउछन गुन गर्ने जमाना त, कहा छ र अहीले तिम्रो हरेक गुनको, तोल लगाउछन अनुहार हेरी चिन्नै गाह्रो, मान्छे की राक्षस पिचासहरू मान्छेको, खोल लगाउछन दुनीयाले लात मार्ने, भकुण्डो भो जीवन जस्को पाउ परेपनी, गोल लगाऊछन यहा मान्छे हरचिजको, मोल लगाउछन "एकान्त प्रेमी" नाम: सुरज पराजुली "एकान्त प्रेमी" जन्मः ईनरूवा,सुनसरी हालः अरब
Please follow and like us: