तिमी जति चाहन्छौ सोध मलाई
म जवाफ दिन तयार छु
तर नभुल्नु यो मनलाई
तिमी जति दुःख दिन्छौ मलाई
म सहन तयार छु
तर नभुल्नु यो मनलाई
तिमी जति स्वार्थ देखाउँछौ मलाई
म मान्न तयार छु
तर नभुल्नु यो मनलाई
तिमी जति छल्न चाहन्छौ मलाई
म सम्झिन तयार छु
तर नभुल्नु यो मनलाई
लेखिका – शोभि अजर
(समाप्त)
Please follow and like us: