By: Simos Koinch Shangthem
तिम्रो छपनीको पोटामा
छ जस्तो छोक्रा
त्यस्तै भएछौ !!
भो अब,
ननिचार सेजो
डबकामा ननिथार बैंस
छोड्देउ यो दोबाटोको धन्दा !!
हेरत,
सागर उर्लेर आएको
चोमोलुङ्मा पग्लेर बगेको
शाङ्गथेम मग्मगाएर सुवास छर्दै गरेको
बरु…
नफर्किने यो सम्झौताको यात्रा
कसैको पैताला भित्र भरिदिएर
यो सारा अस्तित्व अनि आस्थालाई
पिपल पाते ओठमा तिलाञ्जली दिदै
अलाप भैजाउँला आँखाको नानीमा !!
त्यहीँ बनाउँला, सुन्दर बगैंचा
त्यहीँ खिल्नेछ, प्रेमको फुल
त्यहीँ पलाउनेछ, आशाको किरण
त्यही हुर्कनेछ, जीवन एकअर्काको !!
………………………………………………
तिम्रो छपनीको पोटामा
छ जस्तो छोक्रा
त्यस्तै भएछौ !!
भो अब,
ननिचार सेजो
डबकामा ननिथार बैंस
छोड्देउ यो दोबाटोको धन्दा !!
हेरत,
सागर उर्लेर आएको
चोमोलुङ्मा पग्लेर बगेको
शाङ्गथेम मग्मगाएर सुवास छर्दै गरेको
बरु…
नफर्किने यो सम्झौताको यात्रा
कसैको पैताला भित्र भरिदिएर
यो सारा अस्तित्व अनि आस्थालाई
पिपल पाते ओठमा तिलाञ्जली दिदै
अलाप भैजाउँला आँखाको नानीमा !!
त्यहीँ बनाउँला, सुन्दर बगैंचा
त्यहीँ खिल्नेछ, प्रेमको फुल
त्यहीँ पलाउनेछ, आशाको किरण
त्यही हुर्कनेछ, जीवन एकअर्काको !!
………………………………………………
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र