By: Poet Muna Maunata
बाँझो हुनु न तिम्रो दोष न मेरो दोष
थियो त केवल समयको दोष !
तर आज यहि समयले पनि
किन बज्रपात पार्यो
मेरै अभागी पुर्पूरोमा ?
हराभरा बाली हेर्ने
तिम्रो मात्रै हैन ‚ मेरो झनै अन्तरात्माको चाहाँ थियो ।
ममताको आकाङ्छ्या थियो !
धामी वैद्य सबै चाहारें
तर अँ ह‚ तिम्रो खेतको बाली अझैं पनि बाँझैं छ ।
तिम्रा नातागोता खै किन हो ?
रुष्टैरुष्ट देख्छु मैमाथि ।
मलाई झैं बज्रपात जब त्यता पनि पर्ला
तब बल्ल
अरुको पीडा बुझ्ला !
खेती मात्र लगाउँने तिम्रो गिद्दे नजर
कैले सुध्रिएला खै ?
त्यहाँ तिम्रो समर्पण खै त ?
मलजल खै त ?
मोज र प्याँसको मात्रै भोगी
हेर ‚
सधैं अँधूरो हुन्छ जिवनमा
तर तिम्ले खै त बुझेको ?
सधैं बाँझोको उपनामले
मुटू छियाँछियाँ बनायौ ।
आफ्नालाई रुवाई ‚
दुनियाँलाई हँसायौ ।
हरे ! मेरो कर्म !
खडेरीले म झरेको पिपलपाँत झैं भएँ
तर तिम्ले रिसाएको भैंसी झैंआँखा तर्दै भन्थ्यौ
कैले बाली भित्रयाउँने ?
म लज्जावती झार झैं लुरुक्क पर्थें !
तिमीलाई कुनै प्रतिकार गर्नै सकिनँ !
र त
बारम्बार बाँझो खेतको के काम भन्दै
निमोठ्यौ ‚चिमोट्यौ
म जिउँदो लास भैरहें ।
हुन त मेरै गल्ति हो ‚
मलाई ठुङ्न आउँने
विषालु सर्पमाथि मैले पनि प्रतिकार गर्न नसक्नु !
सुन्दैछु तिम्रो अर्को खेतको बाली पनि
अझैं बाँझै छ रे !
अब तिमी नै भन पतिदेव !
आफ्नो आङ्गको बडेमान भैंसी कैले देख्छौ
र
कैलेसम्म हामीलाई
बाँझो खेतको उपनाम दिन्छौ ?
Note #Collection from her Facebook with notifying