बाबासँग नाना किन्न असन बजार गएँ
झिलिमली बजार हेर्दा दङ्ग पनि भएँ ।
जताततै गाडी गाडी मान्छे सडकभरि
छलिएँला भन्ने डर लाग्थ्याे घरिघरि ।
काेहि माग्ने सडकमा ,काेहि सामान बेच्दै
काेहि हुन्थे हताराेमा ,काेहि हुन्थे खाेक्दै ।
बाबासँग असन बजार भाेटाहिटी हिडे
एउटा मिडी किन्नु थियाे पसलभित्र छिरे ।
पसलेत लुगा भन्दा कुरा बेच्दाे रै छ
झिम्काउँदै अाँखा भन्थ्याे नानी राम्री रै छ ।
तारा के:सी
काभ्रे।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar