सपनिमा तर्सिएर नव्युंझिएको रात छैन
उनकै यादमा नतड्पिएको गोधुली साँझ छैन ।।
संझनाको बाढी आउँदा मत बाढी पीडित भाछु
उनकै नामको बाहेक मैले नफेरेको सास छैन ।।
जिन्दगीका अनगिन्ति यादका पानाहरु
आँशु रुपी संझनाले नभिजेको रात छैन ।।
सपनीमा उनि आउँदा भुसुक्कै निदाउँछु
रहर भरी उदास बोकी नझस्किएको रात छैन ।।
संसारी यो सुख सबै कस्तो हुन्छ थाहा छैन
उनकै नामको प्रत्येक गाँस नअड्किएको छाक छैन ।।
कस्तो होला छायाँ उनको घाम सँग मागेकोछु
हाँस्न खोज्दा ओठको लाली नझरेको पल छैन ।।
तडप् तडप् तड्पिएर वाँच्नुको नि मजा रैछ
जिन्दगिको परिभाषा नलेखेको रात छैन ।
लिला बल्लभ नेपाल
महारानी झोडा-५, झापा
Please follow and like us: