बिहानीकाे झिसमिसे सँगै
छरिएकाे घामकाे चुम्बन
मेराे पच्छेउरी ढिलाे पाेखियाे ।
उसकाे आँखा चिहाउँदा चिहाउदै
उकुस – सासै अडकिएला झैँ भयाे
उजाड बस्तीकाे
मरूभूमि छिचाेल्ने बाटाेमा ।
यादहरूकाे भीडले
भाेक प्यासकाे शिवर सम्म पुग्ने उकालीमा
चाैतारीकाे वर पिपलले राेक्न अाग्रह गर्छ किन ?
अभावै अभावले चर्किएकाे छाती
शून्यताले बिथाेलिएकाे बिराग
मलिन बास्तबिकहरूमा
सालिक झै ठिङ उभिएर अफैलाई नियाल्दा
न उस्ले चिन्छ न म व्याख्या गर्न सक्छु ।
भीरकै बाटाेमा
सुरक्षित अवतरण गर्न
एक अर्काकाे हात थाम्न रहर जाग्छ
अपसाेच !
ऊ त अघि ….नै आधा बाटाे काटिसकेछ
आफुलाई नियाले
म पनि आधा बाटाे काटिसके छु ।
( तारादेवी सुनुवार )
Please follow and like us: