म त पत्ता हुँ पत्ता वनस्पतिकै सट्टा
जेसुकैमा काम लाग्ने वनस्पतिकै सट्टा
तिखे काले गाेरे घाेप्टे नेप्टेसम्म ताक्छ
मत सत्ताहुँ सत्ता समन्वयन कै झन्डा।
(क)
जे भने’नि मान्दे’काे छु झिझाे नमानी
जे गरे’नि टाल्देकाे छु पिराे नमानी
दायाँ बायाँ अलिकता काउकुति लाग्दा
जे भने’नि जान दे’काे छु मीठाे नढाँटी।
(ख)
मान्ने गुन्ने जतिकाे टाउकाेमा के छ के छ?
हेर्नु पनि असजिलाे टाउकाेमा के छ के छ?
उही धारा धरान बनाई भत्किंदैं छ तुलफूल
जान्ने बुझ्ने जतिकाे भाउँताेमा के छ के छ?
(ग)
अलिकता ममा पनि बाउँटिने मन छ
उस्तै मान्छे जम्मा गरी घाउ दिने मन छ
जे हाेस् जाे हाेस् जाे सुकैले जे जे भनून्
अलिकता ममा पनि भाउँतिने मनछ।
(घ)
जहाँ सम्म खप्नु खपेँ दैव साथ छ भनी
सके सम्म जप्नु जपेँ मन्त्र आढ छ भनी
बिरामी मन विराग छ अन्त कतै सास चल्छ
जहाँ सम्म थप्नु थपेँ दैव हात छ भनी ।
(ङ)
Please follow and like us: