यो त फूलको गल्ति हो ग्रिष्म याममा फुलिदिनु
मालीको प्रेममा परि आफुले आफैलाई भुलिदिनु
मलजल र माया पाउदा झन् आफै फक्रिदिनु
यो त फूलको गल्ति हो ग्रीष्म याममा फुलिदिनु

मालीको हातको स्पर्शलाई उसको माया सम्झिदिनु
आफ्नो सुकेको पत्र च्यात्दा एकोहोरो सहिदिनु
प्रकृतिलाई साक्षी राखी निश्वार्थ प्रेम गरिरहनु
यो त फूलको गल्ति हो ग्रीष्म याममा फुलिदिनु

-बन्दना राई ( सम्भावना )

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *