पुजन पौडेल

हामी दुई ,
दुई विशाल समानान्तर ब्रह्माण्डको Coincident विन्दुमा
एक अर्कालाई टोलाएर हेर्दै एक अर्काभन्दा थोरै ,
अनि एकैछिनमा धेरै साबित हुने
3 X 10 ^ 6 m/s को रिलेटिभ भेलोसिटिमा सयर गर्दै छौ !
एकुन्टा अढाइ सय लाईट Year जवान हाँसहरुमा
ती हाँशहरु जस्लाई हामीले पखेटा काटेर उड्न नदिइ ,
सदाबहार जवान हुने चिप फिट गरेका थियौ ।

हाम्रो पार्श्वमा त्यही प्ल्युटो घुम्दै छ
जस्मा हामीले खस्न लागेका अनगन्ती तारालाई खस्न नदिएर
बिच आकाशमै एउटा ब्ल्याक बक्समा बन्द गरेका थियौँ
अनि ती बाकस माथी बाकसकै गगनचुम्बी लाईट हाउस बनाएर हामीले
लोकवासीलाई कवी बनाउने इन्द्रेनिलाई
त्यस्को Mid- Arc मै काटेका थियौं

बादलहरुको सङ्गलोमा एउटा ठुलो ह्यामर बजारेर
चट्याङको अजङको उर्जा हाम्ले एउटा गमलामा भरेका थियौ
अनि ओइलिनै लागेका ती गुलाबहरुलाई जोगाएर राखेका थियौँ
जस्लाई प्रेम दिवसका भोलिपल्ट
हामीले रोड्साइडबाट दर्दहीन अवस्थामा टिप्याथ्यौँ

अनि Perpetual Energy को क्षितिज मा उभिएर हामीले
फुस्रे ताराका पुच्छरमा गुलाबका माला उन्याथियौँ ,
त्यही वाच टावरको टुप्पोमा बसी फ्लेमिङ्का चङ्गा Experiment गर्दै
कतिऔँ बसन्त यसरी नै!

भर्खरै हामी युरानस को परिधिमा छिरिम ,
याद छ नि ,
हामी युरानसमा हुँदा हिरा झर्थे आकाश बाट ,
तर हामी त्यो Brilliance को Physics बुझ्थिम
चम्किला हिराको चकमन्नता देखेर
हामी कहिल्यै विचलित भैनम नि!
हामीले ती हिराको Total Internal Reflection लाई
Permutohedral Lattice ले
बिचमै एउटा Infinitely लामो डोरिले कसेर राखेका थियौँ ,
त्यही डोरी जस्मा हामीले
हाम्रा प्रेम, रहर ,पिरती का चाहनालाई
बिसाइ , तन्काइ , बिसाइ , तन्काइ
Infinite Shearing Capacity को पो बनाएका थियौ!

अनि हाम्रो २२ बर्षिय उमलिदो उमेरको भोल्क्यानोलाई
बरफ का Cocoa पाउडरले टालेका थियौ
थिग्रिएका सुक्खा लाभामा अनेक Alchemy गरी
हामी एउटा सान्सारीक जोड बिनाको हिरा माइनिङ गर्थ्यौ ।

त्यो चन्द्रमाको त्वचामा जुन क्रेटर देखिरहेकी छ्यौ नि ,
त्यो लाख करोड जोडी ढुकुरहरुको गिर्जाघर हो ,
जहाँ हामीले हामी १९ वर्ष हुँदा
पश्चिमबाट बगेर आउने जवानीको तातो हावालाई
Windmill बनाएर आफुबाट अछुतो राखेका थियौँ!
त्यो हावामा उड्न नपाएर कतिऔँ ढुकुर ढुकुर्नी मरेका थिए!

त्यो हावाको Wind Energy लाई सन्चय गरेर हाम्ले
एउटा हरित वस्ती पनि त खडा गरेका थियौ
त्यही हाम्ले हाइज्याक गरेको हावामा Anther र Stigma
मिलौँ टाढा भएर पनि मिलन गर्थे
त्यही हावामा हाम्रो सहिष्णु प्रेम को घनत्व
तारामन्डल भन्दा बढी थियो!

हाम्रो वस्ती त्यै हाइज्याक्ड Westwindमा रचनामय थियो ।
त्यो वस्तीका पानी घट्ट
हाम्ले उम्रीन नदिएका कामवासनाले घर्-घर्-घर्-घर्- घुमिरन्थे

ती पुस्तकालयमा छात्र छात्राहरु
तीनै हाइज्याक्ड हावाले घुमेको शक्तिशाली टर्बाइनले चकमक्क कोठामा डार्विन पढ्थे
त्यही भट्टिको उर्जाले हामी
हाम्रो विज्ञान प्रयोगशालामा भ्यागुतोलाई
दुइपिलेटको बिचमा वर्शौ अडाएर अचम्म मान्थ्यौ!
अनि हामीले तेइसौ सताब्दीको घनघोर खडेरीमा
Stoma कोसिकामा Light Reaction गर्दै ,
Grana कोसिकामा Dark Reaction गर्दै
एउटा कहिले नसकने Photosynthesis चक्र को रचना गरेका थियौ

तिम्ले देखिरहेकी कालो बादल ति फोसिल्स्का Carbon Dating को उत्पती हो
बेतोड तातो गर्मिको हावाहुरी आउछ ,
हामी Chromosphere लाई चिर्दै Corona तिर लम्किदै छम
एक चोटी त हामीले सुर्यलाई Compress गरेर कोइला बनाएका थियौ
ति कोइलाका टुक्रा टुक्रामा हाम्ले अपार पोलेर चर्म रोग गराउने
सुर्यका वितृश्नता दबाइदिएका थ्यौ
अनि हामी तिनै कोइलाको तापले अनकन्टार जाडो कटाउथ्यौ
लोक प्रेमले भिजेका आशुलाई रोकी अजङ्गको Reservoir मा हालेर
तिनै कोइलालाई सुस्त सुस्त बाल्दै निस्केका
Helium भन्दा पनि हलुका हावा
फेरी त्यै inshearable धागोको रबर मा भरेर
प्रेम दिवसका दिन लाखै बेलुन उडाउने गर्थ्यौ ।
हामीले त सुर्यलाई पनि काटेछौ ,
हाम्रा याद हरुलाई Timelapse गर्दै!

अगाडि त सदा समय खाइदिने Black Hole पो छ हाम्रो
हामी अझै पनि अलि कती Time Dilation मै छौ ,
तर पनि हामी धेरै समानान्तर नै छौ ।
हाम्रो Relative Velocity लाई हाम्रा याद हरुले
Disproportionate पार्दिने चेस्ठा गर्दै छन
Black Hole तिर त दुवै जादै छन।

अब हामीलाई पारी जानु छ ,
हामीले अनेकौ Light Years देखी जम्मा गरेर राखेको उर्जा खर्चेर
हाम्रो Perpetual Energy Store बाट बचेको अलिकती उर्जा टिपेर
अलिकती प्ल्युटोको Black Box बाट
अलिकती चन्द्रमाको Wind Energy बाट
अलिकती युरानशको Elastic Energy बाट
अनि अलिकती सुर्यको कोइलाका Thermal Energy बाट
हामी एउटा बिशाल गुलेलिको काखमा बस्छौ ,
Maximum Range को कोण मा प्रोजेक्टाइल बनाउदै
3X10^9 m/s को रफ्तार बाट ब्ल्याक होल पारी जादैछौ हामी
हामी प्रेम गर्न जादै छौ
बल्ल पो हामी प्रेम गर्न तयार छौ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *