सिमलको भुवा सरि छरिएर बसे तिमी
हावाको बहावसंगै मेरो समीप ऑउ तिमी
त्यहि कलकल बग्ने नदीलाई सोध तिमी बाटो
मलाई सिंगार्ने मेरो माया कहाँ छ भनी |

नदीले बाटो बिर्से बस तिमी त्यही बगरमा
सोध बालुवाका कणहरुलाई जो डुलेका छन् हर नगरमा
हावामा डुलेर ऑउ तिमी म पर्खिबसेको शहरमा
हुनेछ सिंगो दुनियाँ तिम्रो त्यहि, तिम्रो पर्खाइको प्रहरमा |

-बन्दना राई ( सम्भावना )

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *