– दीपक कुमार ज्ञवाली

जब म जीवन जगतकोवारेमा मोटो तवरमा अथवा सतहीरुपमा बुझ्न थाल्ने भएको थिएँ त्यो बेला देखि मलाई लाग्नेगथ्र्यो समाज र देशमा नेतृत्वगर्ने मानिसहरु झुटा हुन्छन् र तिनीहरुले समाजमा आफु स्थापित हुनकोलागि अरु कसैको मजबुतसहारा लिईरहेकाहुन्छन् ।

भाग्यबश भनौं मैले राणाशासनको कार्यशैली र बर्बरता इतिहास पढेरमात्र थाहा पाऊने अवस्थामा थिएँ ।अर्काेतर्फ मलाई पश्चाताप पनि लाग्ने गथ्र्याे ब्यक्तीको निरंकुशता भित्र लुकेको कथित राष्ट्रवाद उपयोगको शैली प्रत्यक्ष देख्न नपाएकोमा ।

यथार्थमा मैले देखेको समाजलाई जानी नजानी कसैले एक्लै घचेटीरहेको थियो गन्तब्यमा पुर्‍याई छाड्छु भन्दै । तर राष्ट्रीय अन्तराष्ट्रिय परिवेश बदलीदै थियो । मानिसको जीवनको परिभाषामा ब्यापकता आउँदै थियो र राज्यको अथवा शासकको नागरिकप्रतिको जिम्मेवारीको वारेमा पनि थप वहस हुँदै थियो ।उसको कार्यशैलीले त्यो परिवेशलाई आत्मशात गर्न सकेन । उ एक्लै हिड्न चाह्यो । र अन्ततः पतन भयो ।

मैले बारम्वार सुन्न वाध्य हुन परेको थियो राजा र प्रजा मिलेर ल्याएको प्रजातन्त्र भनेर । मलाई अचम्म लाग्थ्यो निरंकुशताको पक्षधर कहिलै प्रजातन्त्रवादी बन्न सक्छ ? यस शब्दले मलाई बारम्वार घोचिरह्यो चिमोटी रह्यो । मेरो अन्तरमनले भन्ने गथ्र्याे प्रजातन्त्र राणाहरुले खोपिभित्र थन्क्याईएका दरवारीयाहरुको लागि ल्याईएको थियो । नेपाली जनताको राजनीति गर्छु भन्नेहरु चुकेको दिन थियो । फरक यत्ति थियो कि जनताका छोरालाई राजा र दरवारीयाहरुले आ आफ्नो हितमा काम गर्नेलाई छानीछानी मन्त्री बनाउृने परिपाटीको थालनी भएको थियो । यस शासन ब्यवस्थालाई बुझ्ने त नभनौ तर सतहीरुपमा देख्ने गरी अनुभूत गर्न पाईयो । सबभन्दा उदेक लाग्दो के थियो भने सबै राजाका अनुयाई हुनु पर्ने वाध्यता । जो कथित सर्बशक्तिमान थिए र जसलाई देश र जनताको अभिभावक भनिन्थ्यो को गुणगान गर्न लगाईन्थ्यो । मन लागोस् नलागोस् राजा र दरवारीयाप्रति भक्तिभाव होस् नहोस् तर गुणगान गर्र्नै पथ्र्याे नियम नियम नै थियो उल्लघन गर्न पाईदैन थियो । मलाई लाग्छ जुनसुकै शासकको चरित्र यस्तै हुँदो रहेछ ।

त्यहाँ पनि मलाई लाग्थ्यो मानिसहरुका झुण्ड किन ब्यक्तिको भक्तिभावमा लागेकाहोलान् पद्धतिलाई छोडेर । किनकि त्यहाँ मनमाफिक तवरले जति बेला जो सुकैलाई जे पनि हुन सक्थ्यो ।

चेतना सून्य तर भक्तिभावमा चुलुम्म डुबेका । देशमा अशिक्षा र गरिवी ब्याप्त थियो । बाटो थिएन अस्पताल थिएन जीवनयापनकोलागि आधारभूत सुबिधाको अभाब थियो यतिसम्म कि शुद्ध पिउने पानीसमेत थिएन र छैन पनि तर त्यसलाई निराकरण गर्ने उपायको खोजीमा लागेको पाईदैनथ्यो । शिक्षा भनेको टपर्‍याई गर्नको लागि हुन्थ्यो । टपर्‍याई गर्नेहरुले कर्मकाण्ड त गरिदिन्थे । तर समाजलाई उनिहरुले केहि दिन सक्दैन थे । धानका पोगटा जस्ता । देख्दा धान , तर गुदी नभएको । अरु केहि योगदान थिएन समाज र राज्य मा । तर तिनै टाठाबाठा थिए । राजा र दरवारीयाले पत्याईएका मानिसहरु तिनै हुन्थे । त्यस्तो गुदी नभएकाले समाजमा सकारात्मक प्रभाव पार्न सक्ने कुरै भएन । अहिले आएर झन् राजनीति टपर्‍याई खुबै फस्टाएको छ चलेको छ । शिक्षा र स्वास्थ्य क्षेत्र ब्यापार भएको छ नाफा कमाऊने ।

यदाकदा शासकहरुमा पनि आशाको किरण नदेखिएका होइनन् भन्ने सुनिन्थ्यो। विकाशका कुरा गर्थे राष्ट्रियतामा आँच आउने काम गदृैनन् भनिन्थ्यो र केहि विकासका संरचना तयार पारेको पनि भनिन्थ्यो । त्यस्तो कार्यले देशको पूवार्धार निर्माणमा आधारस्तम्भकारुपमा रहेको भनेर पनि परिभाषित गरेको सुनिन्थ्यो । त्यस्तो कार्यले नागरिकमा केहि सकारात्मक प्रभाव थियोे रे।

वालिक मताधिकारको अभ्यास दलीयब्यवस्थालाई दिगो बनाउन दुईतिहाईको सरकार गठनको लागि जनताले दिएको म्याण्डेट पनि अहंकार दलीय स्वार्थ र जनतालाई हेर्ने दृष्टिकोणमा भिन्नता ,समतामूलक समाज निर्माणमा भन्दा आफु अर्थात दलगतस्वार्थमा लीप्तहुँदा जनमत अपमानित भयो र राजाको प्रत्यक्ष शासन गर्ने अभिलाषाले निर्वाचीत सरकार टिक्न सकेन । केहिहदसम्म ब्यक्तिको टकराव र अन्तराष्ट्रिय परिस्थिति पनि सरकार नटिक्नुको कारक तत्व भन्नेगर्दथे। परिवर्तन विकास र जनताको जीवनस्तर उठाउनकोलागि हुनु पर्ने हो । यसकोलागि राजनीति परिवर्तन , सामाजिक परिवर्तन र आर्थिक परिवर्तन अपरिहार्य छ तर ति नारा दलीय स्वार्थमा लिप्त भै असक्षम साबित भए । यथार्थमा गरिब जनताको सहारा कोहि भएनन् त्यो बेला देखि आजपर्यन्त ।

भाग्यलाई भन्दा कर्मलाई प्रधान ठान्ने समुह राजनीतिक आवरणमा उदीयमान हुँँदै थिए । मलाई कहिलेकाही लाग्ने गथ्र्याे यथार्थमा ति मानिसहरुले नेपाली जनताका आबश्यकतालाई बुझेका होलान् । अनी सुशासन र विकासको नारालाई यथार्थमा रुपान्तरण गर्लान् । बुझेर हो वा नबुझेर उनिहरुको कार्यशैली प्रति शंका लाग्ने गर्दथ्यो । किनकि तिनीहरु गर्छु भनेको काम यथार्थमा कहिलै गरेनन् ।

सबभन्दा ठुलो भनेको राज्यको साधनश्रोतको वितरण प्रणाली हो । बितरण प्रणाली कहिले पनि न्यायोचित भएन र छैन । त्यसमा टाठाबाठा कै पहुँच रह्यो । देशको साधन श्रोतको उपयोग गर्ने जुनसुकै राजनीतिक आवरण भएतापनि सत्तासीन र तिनीहरुको चाकडी गर्ने कै सेरोफेरो मा रह्यो । देशको अर्थतन्त्रलाई तिनै समुहले कब्जा गरे र आज पर्यन्त त्यो कायम नै छ । देशमा बित्तीयश्रोतको चरम दोहन भैरह्यो र अझपनि त्यहि अवस्था छ । मलाई लाग्दथ्यो देश र जनता प्रतिको निष्ठा बिना कुनै पनि राजनीतिक सिद्धान्त, ब्यवस्था साध्य होईन । प्रतिवद्धता र क्रियाशिलताको तादाम्यता भए मात्र उद्येश्य हासिल गर्न सकिने रहेछ । करिब करिब साठी वर्षको इतिहासले प्रमाणित गरेको छ ।

जनताको काम भनेको सरकारले निर्वाचन घोषणा गरेको बेला उनिहरुलाई मत दिनु हो । नेतालाई मनलागे चुनाव गराउँथे मन नलागे बिसौंवर्षसम्म त्यत्तिकै बस्थे । मन लागे श्मशानमा गएकोलाई पनि बिऊताएर ल्याउथे । आफुले आफैलाई राजनीतिक निष्ठाप्रति समर्पित छौ भन्न नसक्दाको अवस्थामा न्यायालयबाट टप्प टिपेर ल्याएर शासन गर्न दिन्थे । तर कहिले पनि जनताको मत र चाहनाको कदर त के जनताप्रति अलिकति पनि अनुगृहीत भएनन् । मानौं उनिहरु भगवान हुन् जस्तोसुकै अवस्थामा पनि जनताले पुज्नै पर्ने नव महाराजधिराज ।

मानव संहारबाट राज्य सत्ता कब्जा गर्न सकिन्छ भन्ने अतिवादी तत्वहरु को बिगबिगी पनि नेपाली जनताले नब्यहोरेका होईनन् । त्यो समयमा देखीयो निमुखा जनताको संरक्षक कोहि नभएको । हतियारकोभरमा राज्य सत्ता कब्जा गर्न त सकेनन् तर जनताको मतबाट जनताको रगतको छिटा सहित सत्ताको भर्‍याङ चढ्न सफल भएको यथार्थ छिपेको छैन सत्ता प्राप्ति पछि तिनीहरुको कार्यशैलीमा पनि कुनै भिन्नता पाईएन । देशमा अतिवादी तत्वहरुले अस्थिरतापैदा गर्न खोजीरहेको छैन भन्न सक्ने अवस्था पनि छैन ।

जनताका समस्या झनभन्दा झन् जटील बन्दै र थाति रहँदै आएकाछन् । समग्ररुपमा त्यसको निराकरण गर्ने महापुरुषको खाचो देश र जनताले महसुस गर्न थालेकाछन् । सरकार निर्माण कुन पुस्ताको लागि । जनता को चाहना सरकार देश र जनताको विकास गर्नको लागि हो । र विकासको प्रतिफल यसै पुस्ताले पाउनु पर्छ भन्ने मान्यता हो । सरकार समाज परिवर्तन को लागि हो न कि सरकारमा रहने ब्यक्तिको निजात्मक आर्थीक प्रगतिकोलागि ।

नेपाली जनताको धैर्यताको बाँध टुट्दैछ । प्रतिक्षा गर्ने धैर्यता समाप्त हुदै छ र एउटा युग पुरुषको खोजी भै रहेको छ । जसले नेपाल चिनेको होस् । नेपाली जनताको गरिबी देखेको होस् । नेपालको अस्मिताको ख्याल गर्ने र यथार्थमा कर्ममा बिश्वास गर्ने होस् । राज्यकोषलाई पिप ठानोस् जो खान घिन लाग्छ । समग्रमा देश र जनतालाई चिनेको जानेको बुझेको होस् । त्यस्तो युग पुरुषको खाचो छ नेपाल र नेपालीलाई । अब पर्खि रहने समय छैन । केहि गर्छ कि भन्नेहरु खोटो सिक्कामा परिणत भए । अब खोटो सिक्का लिएर बसिरहन हुँदैन । खोटोसिक्का देशमा चल्दैन ।युगपुरुष निस्कने यहि देशबाट हो । नेपालीहरु मध्येबाट हो । अब निस्कनु पर्छ । समय घर्केपछि पश्चातापमात्र हात लाग्ने छ । सुशासनको भोकले सताईरहनेछ । विकासको भोकले सताई रहने छ । देशको अस्मिता लुटीईरहँदा मातसृभूमिको छाति चहराईरहने छ चहराईरहने छ । नेपाल र नेपाली एउटा महापुरुषको खोजीमा लागीरहेको छ । ता कि त्यो अनुहार हिजोको भन्दा फरक होस् ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

श्रोत : साहित्य संग्रह

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *