कोरोना चर
बन्दै डाइनोसर
पस्छ शहर।
माता र देश
स्वर्गभन्दा विशेष
खुदाको भेस।
कला प्रचूर
साँस्कृतिक शहर
यो भक्तपुर।
गाउँ उदास
शहरको छ बास
विषाक्त गाँस।
काढे उछित्तो
आँखाभरी मेलाम्ची
गाग्री छ रित्तो।
भिजेको चोली
पारदर्शी सम्झना
घोल्दैछ होली।
shabhar: Haikuko laitya
Please follow and like us: