बुढी:– ” डार्लिङ् म कपाल काटौं ।”
बुढा:– ” काट “
बुढी:– “कति मुस्किलले लामो बनाएकी थिएँ…..”
बुढा:– ” त्यसो भए नकाट “
बुढी:– आजकाल छोटो कपालको फेसन छ के ?”
बुढा:– “त्यसो भए काट “
बुढी:– ” तर छोटो कपालको चुल्ठी बनाउन मिल्दैन
बुढा:– ” त्यसो भए नकाट “
बुढी:– ” सोच्दै छु कि एकपटक काटेर त हेरौ……”
बुढा:– ” त्यसो भए काट “
बुढी :– ” फेरी पुरै बिग्रिने पो हो कि ……..??””
बुढा:– ” त्यसो भए नकाट ”
बुढी:– ” जे पर्ला पर्ला एकपटक त काटेरै हेर्छु…..”
बुढा:– ” त्यसो भए काट ”
बुढी; फेरी कपाल पलाउन धेरै समय लाग्ने हो कि ?
बुढा :– ” त्यसो भए नकाट “
बुढी:– साथीले पनि भनेकी मेरो अनुहारलाई छोटो
कपाल सुहाउछ रे……..”
बुढा:– ” त्यसो भए काट “
बुढी:– ” यदी राम्रो भएन भने तपाईले जवाफदारी
लिनु पर्छ नि …….? “
बुढा:– ” त्यसो भए नकाट “
बुढी:– ” …त्यसै पनि घरको काम गर्न छोटो कपाल
सम्माहाल्न सजिलो हुन्छ ।”
बुढा:– ” त्यसो भए काट “
बुढी :– भो भो अहिले काट्दैन अझैं जाडो नै छ ,
गर्मी मौसममा काट्नु पर्ला ।”
बुढा:– ” त्यसो भए नकाट “
बुढी:– ” हामी कति बेला जाने ……?? “
बुढा:– ” त्यसो भए काट “
बुढी:– ” मैले त बजार जाने कुरा गरेकी ..”
बुढा:– ” त्यसो भए नकाट “
बुढी:– ” हैन तपाई के भन्दै हुनुहुन्छ , तपाईलाई
सञ्चो छैन कि क्या हो …?? “
बुढा:– “त्यसो भए काट “
बुढी:– ” हिड्नु अस्पताल जाऊ …… तपाईलाई
देखाएर लेरआऊनु पर्यो ..के के भन्नुहुन्छ …”
बुढा:– ” त्यसो भए नकाट “
बिचारा त्यो बुढो अहिले पागलखाना मा छ , जतिबेला पनि त्यही भन्छ …
***. त्यसो भए काट ***
***. त्यसो भए नकाट. ***