– डा. रवीन्द्र समीर

‘भोलि बिहान हामी ग्रेटवाल जाने कार्यक्रम छ, ब्रेकफास्ट गरेर ८ः०० बजे तयार हुनुहोला’ स्याडीको उर्दीले मेरो मन अत्यन्तै रोमाञ्चित भयो । ‘चन्द्रमाबाट पृथ्वीमा देखिने एउटै वस्तु ग्रेटवाल हो’ मिलीको गौरवपर्ूण्ा अभिव्यक्तिले मेरो मनले भोलिको प्रतीक्षामा एक रातलाई एक वर्षतुल्यायो । गतसाल अगष्टको अन्तिम सप्ताह, होटेल हे जिङ्ग फु बेइजिङबाट बिहान ७ः३० बजे ब्रेकफास्ट लिएपछि दिउँसोको खानाको प्याकिङ, पानीका बोतलहरू, बियरका क्यानहरू र क्यामरा बोकेर म हाम्रो लागि पर्खिरहेको बसमा पुगेँ । मलाई लाग्यो, आज म ठूलो समरमा हिँडिरहेको छु, विश्वका थुप्रै आर्श्चर्यहरूमध्येको गे्रटवाललाई चुम्दैछु । ‘करिब ३ घण्टाको तूफानी बसयात्रापछि हामी ग्रेटवालको आधार शिविरमा पुग्नेछौँ, त्यसपछि ३/४ घण्टाको उकालो चढ्नुपर्नेछ ।’ कार्यक्रम संयोजक रेन चाओ याङ्गको अभिव्यक्तिले मैले रेसुङ्गाको उकालो, र्स्वर्गद्वारीको उकालो, मनकामनाको उकालो, नागार्जुनको उकालोलगायत दर्जनौँ यात्राहरूको सम्झना गरेँ र बाल्यकालमा पढेको डा. तारानाथ शर्माको घनघस्याको उकालोलाई सम्झिएँ । ‘रविन ! मलाई उकालो चढ्न साह्रै गाह्रो लाग्छ, कृपया साथ नछोड्नु है ! थाइल्याण्डकी अन्तरंग मित्र सेनीले हिमालपुत्र हुनुको जिम्मेवारीबोध गर्राई । यात्रामा हामी विभिन्न देश, विभिन्न संस्कृति र विभिन्न अनुभवको रापले पाकेका साथीहरू थियौँ । मेरो ठट्टाका हास्यपात्रहरू, जे बोले पनि ठट्टा सम्झिने श्रीलङ्काका कालीसुन्दरीहरू भन्दै थिए- ‘रविन ! उकालो चढुञ्जेल जोक गरिरहनु है ।’ संस्कृति एवं रहनसहनको सामीप्यले होला, मेरो जोकले श्रीलङ्काका साथीहरूलाई निकै मनोरञ्जन दिइरहेको थियो, बेइजिङ बसाइको अवधिमा । बेलारुसका प्राध्यापक सिभाकोभले रसियन गीत गाएर यात्रालाई तताउँदै थिए । फिलिपिन्सकी जेमा, युक्रेनकी ओल्गा र नतलिया, मङ्गोलियाकी जेना र वटेसी, इजिप्टका होडा र फामेद -जसलाई हामी जुँगेदाइ भन्थ्यौं), सुडानका सादी, भेनेजुएलाका अलेन्द्रो -जसलाई हामी बूढोबच्चो भन्थ्यौँ), क्यामरुनका सैनिक पोसाकमा सजिएका गामिनी र नागसेनी, प|mान्सेली मेलेश पालैपालो गीत गाए । बेइजिङकी ली र सिडीको अनुरोधमा मैले पनि एउटा नेपाली गीत गाएँ-बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्सधैं सधैं यी हातले नेपाल लेख्न पाइयोस्…।

प्रचण्ड गर्मीमा पनि वातानुकूलित साधनले हाम्रो यात्रालाई सहज तुल्याएको थियो । सफा एवं चौडा सडक, सडकको वरिपरि रङ्गीचङ्गी फूल फुलेका बगैंचाहरू, कलात्मक गगनचुम्बी भवनहरू, हर्ेर्दै आनन्द आउने आकाशे नागबेली पुलहरू पार गर्दै हामी ६ वटा चक्रपथका पत्रहरू पार गरी ग्रेटवालको आधारशिविर पुग्यौँ ।’नि हाओ ! -नमस्ते) ग्रेटवाल क्याप, ग्रेटवाल भेस्ट, ग्रेटवाल हाते पङ्खा, ग्रेटवाल मर्ूर्ति, ग्रेटवाल लकेट….।’ चाइनिज व्यापारीहरूले हामीलाई घेरे । सामानहरू चित्ताकर्ष थिए, किनौँ-किनौँ लागिरहेको थियो तर नाकै ठोक्किने उकालोमा शरीर त बढी भइरहेको थियो, कसरी सामान लैजाने – नजिकैको क्याफेमा गई एक कप ‘स्नेक सुप’ खाएर हामी उकालो लाग्न थाल्यौँ । वरिपरि हरियालीको बीचमा सिँढीयुक्त उकालो जति चढ्यो अर्को उकालो चुनौती बनेर उभिन्थ्यो । फिलिपिन्सकी भीमकाय शरीरकी लिन्डा उकालो चढ्न नसकेर आधारशिविर फर्किइन् । पछि थाहाभयो- उनी केवलकार चढेर हामीभन्दा छिटो ग्रेटवाल पुगिसकिछिन् । उकालोमा हाम्रो शरीरका रोमकुपहरूबाट पसिना भेल बनेर बग्यो । पाइलाहरू गतिहीन भइरहेका थिए, स्याँ ˜ स्याँ ˜˜ र फ्वाँ ˜ फ्वाँ ˜˜ गर्दै खुट्टा चालिरहृयौँ । यात्रामा जहाँ पायो त्यहीँ सुत्ने मेरो बानी त्यहाँ पनि लागू भयो । एक घण्टाको उकालो चढेपछि छेउको समथर हरियो गलैंचाजस्तो ठाउँमा म सुतेँ । सेनी, जिङमिङ, थाङ्ग चाओलगायतका साथीहरू पनि त्यही चौरमा बसेर मेरो जागरणको प्रतीक्षा गरिरहे । पाँच मिनेटमै प|mेस भएर म उठेँ र सुरुभयो- पुनः यात्रा । सेनी थाकेकीले उसले मेरो पछाडिको बेल्ट समाएर हिँड्न थाली, जिङमिङले सेनीको बेल्ट समाई । यसरी लामो स्त्रीलिङ्गी पुच्छर जोडेर म पुलिङ्गी उकालो लागिरहेँ ।

‘रविन ! आइस टि पिउने -‘ सेनीको प्रस्तावले मेरो शरीरमा प्राण भरियो । त्यसपछि त यति फर्ूर्ति आयो कि म नजिकैको रुखमा चढेँ र सेनीलाई फोटो खिच्न लगाएँ । साथीहरू पनि के कम थिए र – पालैपालो रुखमा चढेर फोटो खिचे । यसरी हामी साथीहरूलाई भेट्दै, छोड्दै, साथै हिँडाउँदै ग्रेटवालमा पुग्यौँ । करिब ३० फिट चौडा र २५ फिट उचाइ भएको ग्रेटवालको पर्खाल अभेद्य चट्टानले बनेको रहेछ । सिँढीयुक्त ग्रेटवालको करिब ५०० मिटरको प्रत्येक दूरीमा चारैतर्फझयाल भएका ‘वाच टावर’ बनाइएका छन् । ती घरजस्ता ‘वाच टावर’मा बसेर थकाइ मेट्दै पुनः यात्रा गर्दा प्रत्येक क्षण नौलो अनुभव हुन्थ्यो । ग्रेटवालको चुचुरोमा पुगेपछि मैले महसुस गरेँ- चढ्नुको अघिल्तिर शिखर स्वयं ओह्रालिएको हुँदोरहेछ । ग्रेटवाल चुमेको उत्तेजनाले हाम्रो थकान हामीबाट अलग भइसकेको थियो । सबै साथीहरूका झोलाबाट क्यामराहरू बाहिर निस्किए र सुरु भयो- फोटो खिच्ने लहर ।

‘उफ ! रविन तिमी साह्रै खतरा छौँ ।’ जेमाले कानैखाने गरी चिच्याई । म ग्रेटवालको पर्खाल चढेर टुप्पोमा बसेर फोटो खिचाउँदै थिएँ । त्यो चढ्नुको उन्माद थियो, सन्तुलन ब्रि्रेमा कहालीलाग्दो भीरले पनि काँध थाप्नेवाला थिएन, न त राम राम नै भन्थ्यो । त्यसैबेला हाम्रो सहयोगी ली आइपुगी र कनिकुथी चिनिया लवजको अङ्ग्रेजी भाषामा ‘हाउ टु से’ दोहोर्याउँदै ग्रेटवालको इतिहास बताउन थाली र्।र् इशापर्ूव तेस्रो शताब्दीमा चीनको उत्तरी सिमाना सुरक्षित गर्न ग्रेटवालको निर्माण सुरु भयो । सि हुवाङ छी -२२१-२१र्०र् इ.पु.) चीनको प्रथम राजाले यो निर्माण कार्य सुरु गरेका थिए । पछि सोह्रौँ शताब्दीमा मिङ्ग डाइनेस्टीले चाङ्गचेङ्ग -लामो पर्खाल) बनाइ मङ्गोलियालगायतका देशहरूको चुनौतीबाट बच्न २४०० कि.मी. लामो पर्खाल बनाए । मिङ्गको देहान्तपछि सिङ्ग डाइनेस्टीले पनि यो अभियानलाई अघि बढाए । उन्नाइसौँ शताब्दीमा यो पर्खाललाई ‘लामो पर्खाल’ भनिन्थ्यो । पछि पश्चिमी पर्यटकहरूले यसको भव्यतादेखि ‘ग्रेटवाल’ भन्न थाले । यसरी बीसौँ शताब्दीदेखि लामो पर्खाललाई ग्रेटवाल भन्न थालियो । यो पर्खाल पर्ूवमा वो हाइको खाडीदेखि पश्चिममा गान्सु प्रोभिएन्ससम्म फैलिएको छ । ग्रेटवालमाथि सैनिकहरू परेड खेल्ने र बीचका ‘वाच टावर’ मा बस्ने गर्दथे । माओ-त्सेतुङ्गले सांस्कृतिक क्रान्ति शुरु गरेपछि परम्परागत संस्कृति एवं संरचनालाई ध्वस्त बनाउने अभियानमा ग्रेटवालको धेरै भाग ध्वस्त भयो, बाँकी भाग रुग्ण अवस्थामा रहृयो । सांस्कृतिक क्रान्तिको राप र ताप सकिएपछि चीनमा राष्ट्रियताको लहर आयो र सन् १९९० देखि ग्रेटवालको पर्ुनर्संरचना सुरुभयो । भनिन्छ- ६ हजार कि.मी. भन्दा लामो र बज्रजस्तो बलियो ग्रेटवाल बनाउन लाखौँ चिनियाहरूका विभिन्न पुस्ताले आजीवन रगत र पसिना बगाएर इतिहासको निर्माण गरेका थिए ।

ग्रेटवालको भव्यतामा त्यहाँबाट तल तथा वरिपरि देखिने मनमोहक पहाडी शृङ्खलाहरूले सुनमा सुगन्ध दिइरहेका छन् । ठूलाठूला पहाडका खोँचमा कलात्मक बस्तुहरू देख्दा कसलाई लोभ नलाग्ला र – ‘नि हाओ ! -नमस्ते) कृपया हामीसँग फोटो खिच्नुहुन्छ -‘ एक हूल चिनियाँ षोडशीहरूले मलाई तानेर लगे । चीनको पाँचतारे रातो झण्डा बोकाएर पालैपालो उनीहरूले मसँग फोटो खिचे । कसैले अँगालो मारेर, कोही टाँसिएर, कोही मेरो काखमा बसेर, बेकार मलाई पसिना छुटाए र र्फकन थाल्यौँ । बाटोमा वाल्मिकीको तपस्या भङ्ग गर्ने खालकी युरोपियन वामलोचना ओल्गाले मलाई पर्खेर बसिरहेकी थिई । ‘रविन ! ओह्रालो मलाई गाह्रो लाग्छ, साथ देउ है -‘ ६ फुटकी अग्ली, सिनित्त परेकी, पारदर्शी एवं छोटा कपडा लगाएकी ओल्गाले चिसो हातले मेरो घाँटी बेरी । अजिङ्गरको आहारा दैवले पुर्याउँछ भनेझैँ म पनि ग्रेटवालको ओह्रालो ओल्गाद्वारा बेरिएर र्झन थालेँ, आधार शिविरतर्फ। आधार शिविरमा साथीहरू सामान किन्दै थिए । ‘नि हाओ ! ग्रेटवाल र्सर्टिफिकेट -‘ एउटा अपाङ्गले पित्तलको पत्तामा ग्रेटवाल चढेको र्सर्टिफिकेटमा नाम लेखाउन पिछा गर्यो । ‘तो साओ – -कति पर्छ -) उसले जवाफ दियो- र्सर्टर्ीीुआन -३० युआन) । उसलाई उछिन्दै अर्की थेप्ची आइपुगी । ‘ग्रेटवाल, टिर्-र्सट, फिफ्टी युआन -‘ मैले दस युआन दिने बताए । घटाउँदै १५ युआनमा उसले ग्रेटवाल टिर्-र्सट भिर्डाई । विचरा साथीहरूलाई अर्कै नेप्टीले ३० युआनमा त्यही टिर्-र्सट भिडाएर टाप कसिछे ।’क्यामेल -ऊँट) चढेको दस युआन -‘ फुच्चेले मलाई तानेरै लग्यो । दर्ुइ जुरे ऊँटको पीठमा बसेर एकछिन के घुमेको थिएँ, दस युआन सकिएछ । त्यसपछि थकित शरीरमा चीसो बियरको इन्धन भरेर हामी बस चढ्यौँ ।

‘वाह ! स्याको बगैंचा -‘ साथीहरूले चिच्याउँदै गाडीलाई रोके र हामीहरू स्याउको बगैंँचातिर लाग्यौँ । सयौँ वर्ग कि.मी. क्षेत्रमा फैलिएको उक्त बगैंचा राता स्याउहरूले ज्रि्रो मात्र होइन मनै लोभ्याउने खालको थियो । निगालोको घारोको टुप्पामा स्याउ खस्ने जालिदार झोला बाँधेको एक/एक वटा लौरा हामीहरूले पायौँ । त्यसपछि बगैंचाभित्र पसेर स्याउ झार्दै कपाकप खान थाल्यौँ । केही साथीहरू भने खान बिर्सिएर फोटो खिच्नमै मस्त भए । र्फकने बेलामा साथीहरू स्याउ टोक्दै, हातमा, झोलामा स्याउहरू लिएर गेटमा आए । ती साथीहरूको होसहवास तब उड्यो जब एउटा स्याउको ५ युआन -रु.४५।-) तिर्नुपर्दोरहेछ । मैले त ४/५ वटा स्याउ चाखेर रित्तै फर्केको थिएँ, टण्टै साफ ! स्याउको बगैंचा घुमेपछि बसमा बसेर केही साथीहरूले गीत गाएर रमाइलो गरे । म भने स्याउजस्ता राता गाला भएकी मङ्गोलियन सुन्दरीको उन्नत वक्षस्थलको खोल्सोमा टाउको राखेर मस्तले सुतेँ ।

– गुल्मी, हाल ः पो.ब.नं.१३१४२, काठमाडौँ ।
साभारः मधुपर्क

(स्रोत : Nepalisahitya.webs.com )

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *