-माेहनराज खनाल “बर्मेलीराज “

मेराे मनकाे थैलाे
हिमाल चुलीजस्ताे
शुद्ध तत्त्व विवेक
शिवपुरीजस्ताे ।
मेराे मनकाे थैलाे ।

जीवन जिउने कला
मनले खाेजी गऱ्या
सबै मेरा गुरुजन
जीवमा प्राण भर्ने
मेराे मनकाे थैलाे
हिमालचुलीजस्ताे ।

हाँगा पात विविधमा
हाँस्ने बाँच्ने अनेकता
आफ्नो घर फर्कनुमा
यहाँ वहाँ प्रसन्नता
मेराे मनकाे थैलाे
हिमालचुलीजस्ताे ।

दिव्य आसनकाे सहारामा
ज्ञान-चक्षु खाेल्ने माैका
जीव आउने जाने क्रममा
जीव ईश्वर मिलनमा
मेराे मनकाे थैलाे
हिमालचुलीजस्ताे
शुद्ध तत्त्व विवेक
शिवपुरीजस्ताे ।

आत्म-विश्वास महान्
जीवन आफ्नै समान
एउटै आत्मा दुगुर्ने
आत्म-विज्ञान महान्।
मेराे मनकाे थैलाे
हिमालचुलीजस्ताे ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *