– मनोज गजुरेल

पात्रहरु – प्रधान न्यायाधीश,तत्कालीन प्रधानमन्त्री, सेना प्रमुख,
सपथ खुवाउने (राष्ट्रभाषामा)- राष्ट्रपति रामवरण जादव
सपथ खाने (पितृभाषामा)- फोरमानन्द झा

‘म’

‘मैं’

‘म’

‘मैं’

‘के बाख्राजस्तो म्याँ म्याँ गरिरहनु भएको ! म भन्नोस् न । ‘

‘मैं’

‘हरे, फेरि म्याँ म्याँ … नेपाली गाह्रो लाग्छ भने आफ्नो मातृभाषामा सपथ खानोस् । ‘

‘अरे भाइ, यह बुढापेमें कायको मातृभाषा हम तो पितृभाषामें सपथ खाऐंगे, मैं । ‘

‘म शरमानन्द झा । ‘

‘मैं फोरमानन्द झा ‘

‘ए बाबा, पार्टीको नाम हैन, आफनो ओर्जिनल नाम भन्नोस् न । ‘

‘मैं चरेसानन्द झा ‘

‘ईश्वरलाई साक्षी राखेर । ‘

‘कौन ईश्वर, पोखरेल – ‘

‘हैन,ईश्वरलाई साक्षी राखेर । ‘

‘नही, ओह पहाडियाको साक्षी नही रखेंगे । ‘

‘पहाडिया मधेसिया हैन, फगत ईश्वरलाई साक्षी राखेर ।’

‘ना बाबा ना , ईश्वरको नही, उस् स्वरको साक्षी रखकर ‘

‘उस् स्वर हैन बाबा, इश्वरलाई साक्षी राखेर । ‘

‘इस्चोरको साक्षी रखकर ‘

‘कहां राष्ट्रपतिलाई देखाउदै ‘इस् चोर’ भनेको ! भन्नोस्-भगवानलाई साक्षी राखेर । ‘

‘भगवान भण्डारी – नही, उदित लणायनको साक्षी रखकर ।’

‘यो सपथ खान्छु कि- ‘

‘एक मिनट -गोजी छामछुम पार्छ र पानको बिंडा निकाल्छ र मुखमा हाल्दै) यह सपथ खाता हुं कि – ‘

‘राष्ट्र र राष्ट्रियतालाई सधैंभरी संमान गर्नेछु । ‘

‘अन्तराष्ट्र और अन्तराष्ट्रियको सदासर्वदा संमान करुंगा ! ‘

‘अन्तराष्ट्र हैन, राष्ट्र र राट्रियतालाई संमान गर्नेछु । ‘

‘राष्ट्र और राष्ट्रियताको (पिच्च पान थुक्छ) करुंगा ‘

‘थुक्ने हैन, भन्नोस्-सम्मान गर्नेछु । ‘

‘ओही तो,(पिच्च) करुंगा’

‘मातृभूमी नेपाललाई अखण्ड राख्दै ।’

‘पत्रुभूमी नेपालको खण्ड खण्ड करते हुए ! ‘

‘गणतन्त्रलाई संस्थागत बनाउन प्रतिबद्ध रहनेछु । ‘

‘गुंगातन्त्रको संस्थागत करानेमें प्रतिवद्ध रहुंगा ! ‘

‘देश र जनताप्रति पूर्ण वफादार रहंदै ।’

‘विदेश और धन्दाके प्रति वफादार कुत्ते कि तरह ! ‘

‘सधैंभरी काम गर्नेछु ।’

‘हिसाब मिलनेतक काम करुंगा ! ‘

‘गणतन्त्र नेपालको अन्तरिम संबिधान २०६५लाई शिरोपर राख्दै ।’

‘अन्तरिम संबिधानको जिरोपर रखतेहुए ! ‘

‘मुलुक र जनताको सोझो चिताई । ‘

‘मूलुक और जनताको चिता बनाते हुए ! ‘

‘कसैको डर नमानी । ‘

किसीका डर नमानते हुए ‘

‘उच्च नैतिकताका साथ ।’

‘उच्चःअ नैतिकताके साथ ! ‘

‘पूर्ण इमान्दार हुँदै ।’

‘पूर्ण इमान्दार रहते हुए । ‘

‘काम गर्नेछु ।’

‘खाक काम करुंगा ! ! ! ‘

‘प्रचलित नियम कानुनको अधिनमा रही ।’

‘पराधिनके कानुनके अधिनमें रहते हुए ! ! ‘

‘कसैलाई पक्षपात नगरी ।’

‘किसी पक्षको भि झारपात नकरते हुए !’

‘पूर्ण रुपमा जिम्मेवार भएर काम गर्नेछु । ‘

‘पूर्ण रुपमें वारपारका काम करता रहुंगा ! ‘

‘राष्ट्रविरोधीहरुको विरोध गर्दै ।’

‘राष्ट्र विरोधीको विरोध करनेवालेंको विरोध करते हुए !’

‘मातृभूमिप्रति प्रतिबद्ध रहनेछु । ‘

‘पितृभूमिके प्रति योजनाबद्ध रहता हुँ ! ‘

‘मनमा कसैप्रति कुभलो चिताउने छैन ।’

‘चाहे मनमें जो भि हो, मुह से नही निकालुंगा । ‘

‘कसैप्रति पूर्वाग्रह नराखी कर्तब्य पालन गर्नेछु ।’

‘पूर्वाग्रह नरखते हुए सिर्फदक्षिणग्रहके कर्तब्य पालन करुंगा !’

‘अन्त्यमा, मलाई उपराष्ट्रपती बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।’

‘अन्त्यमें, चरेसको चिनी बनानेवाले तारे,माले,झाले और सालेको सुक्रिया अदा करता हुं !’

‘जय देश ।’

‘जय मधेश ! ‘

‘जय देश-जय जनता । ‘

‘जय मधेश-उत्तर प्रदेश ! ! ‘

श्रोत : साहित्य संग्रह

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20