– मञ्जु काँचुली

बरफ : म आफ्नो अस्तित्वमा, आफ्नो स्थानमा विश्वको सर्वोच्च शिखर हिमालमा बसिरहेकी श्रतादेवीलाई तिमीले कि सागरको   खाडलमा पुर्र्यायौ ?

पानी : तिमीले कहिले समुद्र देखेकी थिइनौ । समुद्रमा कसरी सूर्य उदाउँछ र अस्ताउने गर्छ, त्यसको रसास्वादन गर्ने अवसर नै पाएकी थिइनौ । कमसेकम त्यो अवसर त पायौ । त्यसमा त कृतज्ञ पो हुनुपर्ने । किन ममाथि रोष प्रकट गर्दैछ्यौ ?

बरफ : बूढापाकाले भन्ने गर्थे । सङ्कत गुनाको फल पाइन्छ भनेको साँच्चीकै हो रहेछ । तिमी पानीको म अप्रत्याशित सङ्कतमा परेँ अनि भास्सिएर समुद्रको खाडलमा झर्न पुगेँ । मलाई यो समुद्रको पानी पटक्कै मन पर्दैन । योभन्दा त हिउँ नै राम्रो ।

पानी : तिम्रो आग्रहमा तिमीले बोलाएर नै म तिमीलाई तिमीभित्रको मुटुलाई पगालेर अपनाउन आएको हुँ । हामी सँगसँगै हिमनदी, जङ्कल, खोल्सा, भड्खालो, समथर एकसाथै पार गर्दा समय बितेको र बाटो काटेको पनि पत्तो हुने गर्थेन । बिर्सेकी छ्यौ ती कुरा । अप्ठ्यारा भड्खाला बाटाहरूमा कतै म तिमीलाई हात दिन्थेँ त कतै तिमीले मलाई । तिमी फरककी ढिक्का हिमालकी उपज ह्ष्टपुष्ट, तन्दुरुस्त चट्टान जस्ती थियौ । तिम्रो गठिलो तन्दुरुस्त रूपाकृतिमा मलाई कहिले बलियो सहारा भेटेको भान हुने गथ्र्यो भने कहिले तिम्रो कठोरताको पराकाष्ठाले तिमीदेखि तर्सनु पनि पथ्र्यो ।

बरफ : आखिर त तिमीले मलाई पगालेरै छाड्यौ । आफु जस्तै बनायौ र आफैँ भवसागरसम्म पुर्र्यायौ । तिमीले मेरो बरफको स्वअस्तित्वलाई विलीन बनायौ । मेरो बरफ नामको वर्चस्व गायब भयो  र मेरो पनि तिम्रै पानीको नामकरण भयो । अब मलाई सबैले पानी भन्छन् । खै, कहाँ छ मेरो बरफको अस्तित्व ?

पानी : यो आफ्नो अस्तित्व खोज्ने चेतना कहाँबाट आयो ? परिवर्तनको उपज होला । म पानीमा समाहित भएँ  त के भो ? के तिमी त्यति पनि ममा समर्पण गर्न सक्तिनौ त ? तिम्रो चेप्टेको शिर देखेर कहाँदेखि उतर्सिएर आएको थिएँ म । म समुद्रको कणकणमा विभाजित थिएँ । एउटा पग्लँदो बाफमा समाहित भएर मैले आफ्नो वासस्थान समुद्र नै छोडेर आकाशमाथि उडरदैउड्दै कति ठूला गड्याङगुडुङका आवाजले तिमीलाई बोलाएँ । तिमीले सुनिनौ वा वास्ता नै गरिनौ । त्यो त दैव नै जानून् । तिमीबाट मेरो त्यस गर्जनउपर कुनै  प्रतिक्रिया नै आएन । अनि म क्रोधित हुँदै बिजुली चम्कन थालेँ । त्यसले पृथ्वीका जीवधारीहरूमा कैयौँ दुर्घटना मात्र होइन, जीउज्यान नै लियो । त्यसपछि म चुपचाप भएँ केही छिन र अन्तिम बाटो रोजेँ । त्यो थियो म बादल पानीका कणकण आपसमा मिसिइँदै थोपाथोपा बनेर तिम्रो राज्य हिमश्रृङखलासम्म आइपुगेँ । तिमीलाई देखेँ, तिमीलाई भेटेँ, तिमीलाई स्पर्श गरेँ । तिमी तुरुन्त पग्लियौ र मेरो साथ लाग्यौ । कस्तो अचम्म ! मेरो गर्जन बोलीले, चट्याङको ध्वनिले तिमीलाई कत्ति पनि छोएन तर मेरो भौतिक स्पर्शले तिमी न्यानी भयौ र आफ्नो जम्ने कठोर बरफ बानीलाई नै त्यागेर जन्मघरलाई सजिलै छोडेर म पानीसँग साथ लाग्यौ । हिमाली भाग, पहाड र समथर भूमि हुँदै तिमी मसँगै नेटो काट्यौ । यो तिम्रो डायस्पोरा जिन्दगी हो विदेशको । तिमी जस्तै बाँच्ने यहाँ अनगिन्ती स्वास्नीमानिसहरू छन् जो सानासाना नदी, हिमालका श्रृङखला, पहाडका मालाहरू र त्यहाँ पाइने लालीगुराँस र जाईका फुलहरूलाई बाध्यतावश बिर्सिने गर्छन् र यहीँ रमाएको अभिनय गर्ने गर्छन् । त्यो केवल तिनीहरूको बहाना मात्र हो । माया त तिनीहरू आफ्नै माटोलाई गर्छन् । अनि घर फर्कने सोचमा मात्र योजना बनाउने गर्छन् ।

बरफ : बिन्ती मलाई त्यहीँ पुर्र्याइदेऊ मेरो स्वअस्तित्वको उचाइमा । हिमालमा फरकमा । म यो निसासिँदो पानीको खाडलमा बस्न सक्तिनँ । त्यो हिमालमा उदाउने सूर्य नै मलाई यहाँ यो पानीमा उदाउने सूर्यभन्दा राम्रो, स्वस्थ र फुर्तिलो लाग्छ । म यहाँ एक क्षण पनि बस्दिनँ ।

पानी :तिमी यसरी यो जलाशयको मरुभूमिमा यसरी विलीन भएकी छ्यौ, यो पानीको बस्तीमा यसरी बेपत्ता भएझैँ भएकी छ्यौ । म केवल तिम्रा चीत्कार र आर्तनादका आवाजहरू छाल र लहरहरूका झनझनाहट र सिरसिराहटमा सुन्ने गर्छु । मैले तिमीलाई कसरी सँगाल्नु र कसरी एकत्रित गरेर पहिलेको जस्तै एक ढिक्का बरफ बनाउनु ? मेरा लागि यो सारै कष्टप्रद छ । यहाँ त केवल म तिम्रा अवयवहरूलाई आक्कलझुक्कल नजानेरै स्पर्श गर्ने गर्छु । तिम्रा खुसी र दुखको ध्वनिका झङ्गारहरू पानीको आवाजसँगै सुन्ने गर्छु । म तिमीसँग त्यत्तिमै सन्तुष्ट छु । किनकि मलाई यही आभास हुने गर्छ कि म तिमीसितै छु । एकै परिवेशमा छु । एउटै पानीको सीमारेखाभित्र पर्छु । यसैमा मलाई सन्तोष छ ।

बरफ : म मेरो जन्मभूमि नै फर्केर जान चाहन्छु । मलाई त्यहाँसम्म पुर्र्याउन तिमीले नै सक्छौ । आखिर यहाँसम्म ल्याइपुर्र्याएका पनि त तिमीले नै हौ नि ।

पानी : तिमी नै भन न । म तिमीलाई कसरी फेरि हिमालको देशसम्म पुर्र्याउन सक्छु । तिमी त मसँग यहाँकी बन्न  सक्छ्यौ तर मचाहिँ त्यहाँको बन्न  सक्तिनँ । मेरो सुरक्षाको त्यहाँ त्यस्तो बलियो आधार नै छैन ।

बरफ : धन्ना नमान । त्यो पनि बन्दै छ । यहीँबाट सुन्दै छु हिमालको देशमा पनि ठूलै परिवर्तन हुँदै छ ।

पानी : तर म तिमीलाई त्यहाँसम्म कसरी पुर्र्याउन सक्छु र ?

बरफ : सक्छौ । अवश्य सक्छौ । सजिलै सक्छौ ।

पानी : तर कसरी ? तिमी आफै पनि त जान सक्छ्यौ नि !

बरफ : म एक्लै जान्न । तिमीलाई लिएरै जान्छु । तिमी सुन म भन्दै जान्छु । त्यो कसरी सम्भव हुन सक्छ । जब मध्याìमा निस्फिक्री घाम लाग्ने गर्छ । म पनि यो पानीको कुण्ड महासागरलाई छोडेर कणकणमा उडेर माथिमाथिसम्म पुग्छु र यी कण आपसमा मिलेर बादलको झुप्पा बन्नु अघि नै तिमी पनि म जस्तै पानीको कण बनेर उड्दै माथि आएर मलाई आफुमा समाहित गर । अनि मलाई तिम्रो मुटुको कुनाको एउटा भाग जुन कहिले पनि पग्लँदैन त्यहीँको  फ्रिजमा राख । त्यसपछि कमिलाले फुल बोकेर गुँडतिर लागेझैँ  मलाई बोकेर आकाशको बाटो गरी तलका समुद्र, जङ्कल, मरुभूमि, जँघार, उर्वरभूमि हुँदै ती सबैलाई पार गरेर मलाई थपक्क मेरो घर हिमालमै लगेर राखिदेऊ । अनि त्यसपछि तिमीले कहिले पनि नदेखेको चीज त्यहाँ तिमीले देख्नेछौ ।

पानी : त्यो के हो ? कस्तो आáर्यको कुरा ?

बरफ : हिमालमाथि घामको किरण !

पानी : यसको मतलब ?

बरफ : मेरो मधुर मुस्कान !

पानी : के मुस्कानले मात्र हामी बाँच्न सक्छौँ र ? जीवन निर्वाह गर्न सक्छौँ र ? जीवन निर्वाहका लागि त यस चीजको नितान्त आवश्यक पर्छ ।

बरफ : त्यसभन्दा पनि यस बढी केही गर्न सकिन्छ ।

पानी : त्यो के हो भन न ।

बरफ : हामी पानीबाट बरफका ढिक्का हुँदै हिउँ नै हिउँमा पुनः रूपान्तरण हुनेछौँ । हाम्रा पसिना र बाफहरू तल बेसीसम्म पुग्नेछन् । त्यसैले त्यहाँ हाम्रो खेतीपाती हुनेछ । फलफूल बगैँचा निर्माण हुनेछ । बारीहरू फलैफूलले ढकमक्क हुनेछन् । सहिष्णुता र भाइचाराका फलहरू फलहरू फलफूलसँगै फल्नेछन् । स्नेह र मेलमिलापका जताततै आँकुरा पलाउन थाल्नेछन् ।

पानी : त्यसो भए अहिलेसम्म हामी पाषाण युगमै छौँ । बरफका ढुङ्का र ढिक्काढिक्का भएर जमेका पानीका ढुङ्काहरू । हामी ढुङ्के युगकाहरू एकआपसमा ढुङ्का उठाउने गर्छौं, ढुङ्काकै हतियारमा धार बनाउने गर्छौं, लचकपनबिनाको ढुङ्का भएर ढुङ्काकै औँलो एकअर्कोलाई अर्घेलो बनाउन तेर्साउने गर्छौं । हामी यस सहरको जङ्कलमा ढुङ्के युगका मानिसहरू हौँ ।

बरफ : अब हामीबाटै खेतीपातीको युग सुरु हुन्छ । बरु हामी नक्सा बनाऔँ । कहाँ खेती गर्ने, कहाँ बस्तुभाउ राख्ने, कहाँ फलफूल लगाउने कहाँ तरकारी रोप्ने, कहाँ फूलबारी बनाउने, कहाँनेर बस्ने घरआँगन बनाउने !

पानी : आखिर हामी यो के गर्दै छौँ ? यतिका वर्षपछाडि पो हिँडेका रहेछौँ । बल्ल पो सही बाटो ठम्यायौँ । अब पो अगाडि हिँड्न जान्यौँ ।

बरफ : अब राम्रो गृहस्थी गर्ने भएका छौँ । घरजम गरेर बस्न सक्ने भएका छौँ ।

पानी : उसो भए यो आकाशको वायुमण्डलमा बारुदको धुवाँ हुने छैन ?

बरफ : अवश्य हुने छैन ।

पानी : यो कसरी ठोकुवा गरेर भन्न  सक्छ्यौ ?

बरफ : यसरी भन्न  सक्छु—

अब युद्ध हुने छैन, शान्ति नै शान्ति मात्र जताततै फैलनेछ ।
नदीका कलम बनेका यी औँलाहरूले
धेरै आगाका मुस्लो र धुवाँका छालहरू ओकलेका छन्,
ती केवल सम्झना  रहनेछन् ।
अब क्रान्ति हुने छैन, झैझगडा र अशान्ति हुने छैन ।
तिनै कलमका सेतो मसीले लेख्दै छन् ।
यो वायुमण्डलमा परेवाका उडानहरू या शान्तिका अक्षरहरू ।
मुस्कान र मेलमिलापका ध्वनिहरू ।
यी नै मेरा स्वप्नहरू ।
र यी नै मेरा ऐठनहरू ।
यो माटामा सङ्खर्षका चपरीहरू
हातमा कोदालीले उठाउँदै र आलीमाथि थप्दै छौँ ।
विद्रोहबाट परिवर्तनका ड्याङड्याङ हरपहरूमाथि
स्वप्नहरू रोप्दै, स्याहार्दै यहाँसम्म आइपुग्यौँ ।
बारीभरि लागेका बालो पोकेका ऐठनहरू फ्याँक्दै छौँ ।
आलीमाथि धान, गहुँ र मकैका हरिया पातहरू लटरम्म
बत्ती बलेझैँ बाल्दै छौँ ।
झिलिमिली खेतैभरि दाना र बालाहरू
बिपना भई, अब बिपनामै फलाउँदै छौँ ।
सबै मिलीजुली श्रम र उपभोग गर्नेछौँ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20