गजल
म त सपना बुन्दा बुन्दै मरेछु आज
धर्ती छोडी अर्कै लोकमा सरेछु आज
पत्तो थिएन यस्तो दिन आउला भनेर
सबैको मन दुखाउने निधो गरेछु आज
कति रोय घरपरिवार कति रोय इस्टमित्र
आफन्तको नयनमा आँसु बनि झरेछु आज
कुनै सपना खरानी भए कुनै उडे धुँवा सरी
कात्रो लगाई चितामाथि परेछु आज
कति रोयौ मेरी सानु मेरो शव देखेपछि
तिमीबाट सधैँलाई म टरेछु आज
सुरज श्रेष्ठ (लल्लु)
दु.न.पा. — १४
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar