लघुकथा : चौका
तुलसी पण्डित

ब्यापारीका लागि अपवादका रुपमा मौका आउँछ । यस्तो समयलाई सदुपयोग गर्न न सक्ने व्यापारी ब्यापारी नै होइन । सेहेन्द्रले ब्यापारीको गोप्य मिटिङ्ममा यी कुरा भनि रहेका थिए ।

प्रशिक्षण दिने क्रममा उनले भन्दै गए ।देशमा जब सङ्कष्ट आउँछ तब कृतिम अभाव गराउनु पर्छ । जसबाट ग्राहक भयभित भई महङ्गीको बेवास्ता गर्दै सामान किनुन्। त्यति मात्र होर अब सामानको अभाव हुन्छ भन्ने हल्ला मच्याई दिए पछि दोकानै सुक्ने गरि सामान खरीद हुन्छ । जस्ले हाम्रो व्यापार फष्टाउँछ ।

एक ब्यापारीले महासयलाई प्रश्न तेस्राए ।
हैन सर हामीले यस्तो बेलामा कति प्रतिशत सम्म नाफा लिन ठिक होला ?
ब्यापारको सिङ हुन्न पुच्छर हुन्न । अवस्था हेरेर सकेको मूल्य लिनु पर्छ ।
अनि सर अनुगमनले कहिलेकाही दोकान बन्द गराइ दिन्छन् ?
हो यो हाम्रो लागि राम्रो अबसर हो । यता दोकान बन्द भयो भन्ने हल्ला हुन्छ ।उता बाहिरबाट सामान ल्याएर ब्रम्मलुट गर्न सकिन्छ । त्यो बेलामा सबैको ध्यान दोकानमा हुन्छ । हामी प्रति कसैले ध्यान दिदैन । त्यसपछि त झन् चाँडै मालामाल हुन सकिन्छ । अैले राम्रो अबसर आएकोले यसको फाइदा ऊठाउन सबैलाई अनुरोध गरिन्छ ।।

एक व्यापारीले खिन्न हुँदै भने ।
सर मैले न बुझेको कुरा ।
यस्तो आपदको बेलामा झन् सहयोग गर्नु पर्ने बेलामा अभाव सिर्जना गराएर महङ्गीमा बेच्न राम्रो होला ?
ल तपाईलाई थाहा नै रहेनछ । यो त हाम्रो कला हो मौकामा चौका हान्ने ।

sabhar: FB

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *